[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सम्झौता

[Please view other pages to see the rest of the postings. Total posts: 109]
PAGE: <<  1 2 3 4 5 6  
[VIEWED 48127 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-09-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

(कथाको बिषयबस्तु कसैको जिबन सङ मेल खान गएमा त्यो केबल संयोग मात्र हुनेछ - क्रेजि)


भाग-१


सार्थक घरि घरि भित्तेघडि हेर्दै घरि फोनतिर हेर्दैथ्यो। उसलाइ भेट्न आउने भनेका मान्छे हरु अझै आइपुगेका थिएनन्। ४ बजिसकेको थ्यो, अबको ५ मिनेटमा पनि आएनन् भनि हिड्नु पर्ला भन्ने सोचिरहेकोथ्यो। एकचोटि उसले फेरि रिसेप्सनमा फोन गर्‍यो। कति बजे आँउछन भनेर सोध्यो। ४ बजे भनेर रिसेपसनिस्टले जवाफ दिइ। त्यसपछि उसले आभालाइ फोन गर्‍यो, तर लाइन लागेन। ४:३० मा बच्चाहरुलाइ स्कुलमा लिन जानु पर्ने थ्यो। उसले सोच्यो, रमेशलाइ पठाउनु पर्ला श्रेया र समिरलाइ लिन। हुन त आभालाइ उसले कुनै पनि हालतमा आफै बच्चाहरु लिन जाने कुरा गरेको थ्यो, तर आज पनि नभ्याउने जस्तो भयो। उसले रमेशलाइ बोलायो र बच्चाहरु लिन पठायो। रमेश बिस्वासिलो र भरपर्दो ड्राइवर हो। ड्राइवर भन्दा नि सार्थक रमेशलाइ भाइ जस्तै ब्यबहार गर्छ। काम परेको बेलामा रमेश घरमा पनि बराबर सहयोग गर्न आँउछ। त्यसैले उसलाइ सार्थकको परिवारले पनि मन पराँउछन्।


सार्थकको सोचाइ भङ गर्दै ढोकामा तिन जना देखिए, पहिलो ब्यक्ति एक २५-२६ बर्षको युबक सार्थकलाइ नमस्ते गर्दै भित्र पस्यो, उसको पछि एक ५०-५५ बर्श जस्तो देखि ब्यक्ति र त्यस पछि त्यस्तै १५- १६ जस्तो देखिने एक किशोरी सङै भित्र पसी। सार्थकले बस्ने अनुरोध गर्‍यो र युबक नजिकैको मेचमा बस्यो भने अर्को ब्यक्ति र किशोरी अलि पर सोफामा बसे। सार्थकले तुरुन्तै चिया मगायो। धन्यबाद दिंदै चियाको पहिलो चुस्किपछि युबकले समयमा पुग्न नसकिएको बारे माफि माग्यो। किशोरी एक्टकले भित्ताका पेन्टिङहरुलाइ नियाल्दै थी। उनको र उसङै बसेको ब्यक्तिको पहिरन हेर्दा काठ्मान्डु बाहिरबाट आएका जस्तो देखिन्थे। किशोरीले खैरो रङको कुर्था सुरुवाल र कालो प्लास्टिकको चप्पल लगाएकि थी। मुख पहेंलो देखिएको थ्यो, त्यो उजाड अनुहारमा दुइटा मौन आँखाहरु गम्भिर देखिन्थे। सार्थकलाइ त्यो आँखाहरु कता कता देखेको जस्तै लाग्यो। तर ठ्याक्कै कहाँ देखिएको भनेर सम्झिन सकेन। किशोरीसङै बसेको ब्यक्तिलाइ युबकले परिचय गराँउदै भन्यो।


"उहाँ बल बहादुर दाइ।" किशोरी नजिकै बसेको ब्यक्तिले दुइ हात जोडेर टाउको निहुर्‍याएर नमस्ते गर्‍यो। उमेरका रेखाहरु प्रशस्तै थिए उनको अनुहारमा। जिन्दगिभरि कामले नथाकेका जस्ता बल बहादुरको कपालहरु घामले खुलिएका जस्ता देखिन्थे। उनको अनुहारमा पढ्नै नसकिने भाबहरु परिबर्तन भैरहेका थिए। सार्थकले निकै गहिरिएर हेरेपछि सोच्यो। बलबहादुरका मनमा परेका गाँठाहरु धेरै छन्, तिनिहरु बलबहादुरको निधारमा बटारिएर देखा पर्छन। बलबहादुर कुरै पिछे शिर निहुराएर "ज्यु" भन्छ।


"उनि बलबहादुर दाइकि नातिनि, त्रिस्ना!" युबकले किशोरीको परिचय दियो। त्रिस्ना एकोहोरो भित्तातिर हेरिरहेकी थिए। मानौं, उसलाइ परिचयसङ केहि लिनुदिनु छैन। बलबहादुरले त्रिस्नालाइ "नमस्ते गर्" भने पछि त्रिस्नाले मसिना हातहरु जोडेर सार्थकलाइ हेरि मात्रै।


"अनि तपाइको नाम नि?" सार्थकले युबकलाइ सोध्यो।


"ए,झन्डै भन्न बिर्सेको, मेरो नाम प्रबेश हो।" प्रबेशले लास्टमा आफ्नो परिचय दियो।


एक्छिन कोठामा फेरि मौनता छायो। सार्थकलाइ अप्ठ्यारो महसुस भयो। उसैले सोध्यो। भेट्न आएकाहरु केहि कुरा गर्दैनन्, उसलाइ के सोध्ने थाहा छैन।


"यहाँहरुलाइ म के गर्न सक्छु?"


प्रबेशले बलबहादुरलाइ हेर्‍यो, बलबहादुरले प्रबेशलाइ।


"भन्नुस्न दाइ!" प्रबेशले बलबहादुरलाइ अनुरोध गर्‍यो।


"गार्हो छ सर! कसरि शुरु गर्नु?" बलबहादुर भक्कानियो, त्रिस्नाले बलबहादुरको हात समाती। बुढो मान्छे एकछिनपछि फेरि चुप भयो। प्रबेश गम्भिर देखियो, त्रिस्ना उस्तै निर्जिब जस्ती।


"मैले सकेको मद्दत गरुँला। यहाँहरु कहाँबाट आउनु भएको होला? " सार्थक उत्सुक थियो।


"सर!" बलबहादुरले एकचोटि पुलुक्क त्रिस्नालाइ हेर्‍यो अनि फेरि भन्यो।"हामी बन्दिपुरबाट नि ६ घन्टा उकालो लाग्ने "कोप्चे" भन्ने गाँउबाट आएका। हजुरको मद्दतको आशामा।" फेरि बलबहादुरले लामो स्वाश फेर्‍यो।


"बन्दिपुर? त्यो डुम्रे माथिको सहर हो?" सार्थकको आँखामा चमक देखियो।


"हो हजुर।" बलबहादुर उस्तै झुकेर बोल्यो। प्रबेश यतिखेर सार्थकलाइ हेरिरहेको थ्यो।


"त्यहाँ त म पनि गएको थिँए। तर धेरै नै पहिलाको कुरा हो, अहिले त अलि अलि सम्झना मात्रै छ। असाध्यै सुन्दर लागेको थ्यो मलाइ त्यो ठाँउ। अहिले त धेरै कुरा परिबर्तन भइसक्यो होला। अनि भन्नुस्न ! त्यस्तो के मद्दत गर्नु पर्‍यो मैले?"
सार्थकले फेरि मुख्य कुरामा जोड दियो।


"मैले सकिन। प्रबेश बाबु, तपाइ नैं भनि दिनुस्न।" बलबहादुरले प्रबेशलाइ बिन्ति गर्‍यो। त्रिस्ना खुट्टाले भुँइ कोतरिरहेकी थिए। उसको ध्यान शायद त्यो कोठामा थिएन।


"नागरिकता बनाउनु पर्‍यो भनेर।" प्रबेशले सार्थकलाइ भन्यो।


"त्यो कुरामा मैले के गर्नु पर्‍यो त? आजकाल पहिले जस्तो नियम कडा छैन। नागरिकता बनाउन गार्हो पनि छैन।" सार्थक अझै सकारात्मक देखिन्थ्यो।


"ल, बल बहादुर दाइ, अब तपाइ नैं बताउनुस।" प्रबेश अलिकति झर्कियो।


"के तपाइको नागरिकता बनेको छैन? यसो चाहिने कागजहरु छ भने त धेरै दिन लाग्दैन नि नागरिकता बनाउन। तपाइसङ गाँउको, वडाको, अरु चाहिने चिट्ठिपत्रहरु छन त बल बहादुर जी?" सार्थकले बलबहादुरलाइ हेर्दै सोध्यो।


"मलाइ त किन चाहियो र नागरिकता यो उमेरमा? मलाइ होइन सर।" बलबहादुरले "खुइssssssय" सुस्केरा तान्यो।


"कसको लागि त?" सार्थकले बुझ्नै सकेन।


"यही अभागीको लागि।" बलबहादुरले त्रिस्नालाइ देखाउदैं भन्यो। त्रिस्नाले आँखा तरी बलबहादुरलाइ। सार्थकलाइ नरमाइलो लाग्यो।


क्रमश:


 
The postings in this thread span 6 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-11-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बिचरा सार्थकले जती लुकाएर काम फत्ते गर्छु भने पनि अफ्ठ्यारो पर्ला जस्तो छ, लौ अब धेरै कुराउनु भएन छिट्टो बाउ छोरी लाई मिलाइदिउँ  त्यस्पछी सार्थक लाई जुन सुकन्या कहाँ भेटाइदिए पनि हुन्छ
 
Posted on 08-11-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो कथा सक्किसक्यो होला भनेर पढ्न थालेको त कहाँ हुनु, पर्खाइको पीडाले त मलाई पनि सताउने भयो नी त हौ गान्ठे!
जे होस् क्रेजी जी, कथा सार्है राम्रो लेख्नु भएको छ, पढ्दा अत्यन्त राम्रो लाग्यो। माया-प्रेमका भागहरु उत्श्रिन्खल लाग्दैनन्, कथासङ्गै बगेका छन्। अर्को भाग बरु झट्टै लेखिहालौ न है?
उही, कान्छी।
 
Posted on 08-11-09 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ म पनि ब्याकुल छु सार्थकले के जबाब दिन्छ , छिटो थाहा पाउन पाउ है क्रेजी आत्मा ज्यु ।
 
Posted on 08-12-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

क्रेजी जी, यसो एस्टिमेट पाउ न त, कहिले एक्सपेक्ट गर्ने अर्को भाग भनेर :)
 
Posted on 08-12-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भाग-११


एकछिनपछि सार्थक माथि कौसिमा उक्लियो, आभा पहिले नैं उसैलाइ कुरेर बसेकी थिए। साँझ त परिसकेको थियो, तर रात अझै आइसकेको थिएन। काननिरको केहि केशलाइ चोर औलाले घुमाउदै आभा केहि सोचिरहेकी थिए। सार्थक आएको पनि उसले देखिन। सार्थक आभा नजिकैको को कुर्सीमा बस्यो, आभाले उसलाइ आफै हेर्छे भनेर कुर्‍यो। तर आभा आफ्नै धुनमा सोचमग्न थिए। त्यसपछि सार्थक आफैले आफु त्यहि भएको जानकारी दिनु पर्‍यो आभालाइ।


"आभा।" आभाले पुलुक्क हेरी, चोर औंलाले बटारीरहेको केशलाइ छोडी, अनि मुस्काइ।


"अस्ति तिमी म सङ के कुरा गर्न खोज्दै थियौ? म सङ समय थिएन। तर आज म सुन्न सक्छु।" आभाले सार्थकलाइ हेर्दै भनि।


"के कुरा?" सार्थकले सम्झिने प्रयास गर्‍यो।


"खोइ के कुरा हो? तर त्यति खेर म ब्यस्त थिए प्रिजेन्टेसनको काममा। त्यसैले मैले बिचैमा छोडेर हिड्नु परेको थियो। अस्ति भर्खर त हो नि। बिर्स्यौ?" आभाले सकेसम्म सम्झाउन खोजि।


सार्थकले सम्झ्यो त्रिस्ना, शायद उस्कै बारेमा कुरा गर्न खोजेको थियो त्यो रात। तर उसले भन्नै सकेन।


"ए, त्यस्तो जरुरी कुरा हैन। मैले मेरो नयाँ अलबम को नाम मात्र के राखे उपयुक्त होला भनेर तिमिलाए सोध्ने बिचार गरेको थिए। तर अब राखिसके। त्यो कुरा सकि सक्यो।" सार्थकलाइ भन्नु उचित लागेन।


"त्यस्तो कुराको त मलाइ केहि आइडिया छैन ? तिमी आफै सोच्न सक्छौ नि।" केहि बेर रोकि अनि फेरि भनि आभाले। "आज मेरो एउटा कुरा छ तिमिसङ।"


सार्थकले सोध्न सकेन, मात्र कुरिरह्यो आभाको कुरा छातिमा उफ्रिरहेको मुटुको आवाजले कानलाइ बहिरो बनाइसकेको थियो। तैपनि नियन्त्रण गर्ने प्रयासमा थियो सार्थक।


"म एक महिनाको लागि क्यानडा जाँदैछु।" आभाको अनुहारमा खुशी थियो। सार्थकले सन्तोषको स्वाश फेर्‍यो।


"अचानक? के काम पर्‍यो त्यस्तो?" सार्थकलाइ अलि अलि डर पनि लाग्यो। आभा उ सङ टाढिन लागेको जस्तो भान भयो। हुन त नजिक कहिले थिए र उनिहरु?


"मलाइ एउटा नेत्रित्व बिकाश सम्बन्धी तालिममा क्यानडाको संस्थाले छानेको छ। त्यो कार्यक्रममा संसारका अन्य मुलुकबाट पनि म जस्तै नारीहरु आउनेछन्। हामीलाइ त्यहाँ एक महिना नेत्रित्व बिकाश सम्बन्धी तालिम दिइनेछ।" आभामा बास्तबमा अरुको मातहतमा भन्दा आफ्नै मातहतमा अरुलाइ काम लगाउन सक्ने क्षमता थियो। त्यसैले होला उ र सार्थक आ-आफ्नै ढङले परिवारिक जिम्मेदारी स्वतन्त्र रुपमा निभाउथे। उनिहरु कसैको मातहतमा थिएनन्, समानान्तर रेखाहरु जस्तो।


"यो त धेरै खुसीको कुरा हो। भन, मैले तिमीलाइ के मद्दत गर्नु पर्छ तिम्रो सफल यात्राको लागि?" सार्थक कतै खुम्चे पनि आभाको सफलतामा खुसी भयो।


"तिमी म नहुँदा श्रेया र समिरको सम्पूर्ण जिम्मेबारी लिन्छौ भन्ने आशा छ। घरको पनि।" आभाले सार्थकलाइ अनुरोध गरी।


"त्यो त तिमीले चिन्ता गर्नै पर्दैन। तिमी ढुक्क भएर जाउ, तर हामी तिमीलाइ कुरिरहेका छौ भन्ने कुरा चाहि नबिर्स। उतै पलायन हुने बिचार छ भने त्यागिदेउ।"सार्थकले आफ्नो भाबनालाइ लुकाउन सकेन। जे भए पनि आभा उसकी आफ्नै मान्छे हो, जसले उसलाइ परिबर्तन गर्ने कोशिश गरेकी छैन। उ जस्तो छ त्यस्तै स्वीकारेकी छ।


"उतै बसे पनि तिमीलाइ त केहि असर पर्दैन होला।" आभाले ब्यङ गरी उसलाइ।


"तिमी मलाइ त्यति सार्हो निष्ठुरी छौ जस्तो लाग्दैनौ। हामी एक अर्कामा जति बिपरित दिशामा जान्छौ, आकर्षण त्यति नै बढ्छ। तिमी जहाँ जान्छौ म त्यही आँउछु, साथमा श्रेया र समिर पनि।" सार्थकले आभालाइ नियाल्यो, आज आभाको अनुहारमा अर्कै कान्ति थियो। यसभन्दा अघि कहिले देखेको थिएन त्यो उज्यालो।


सार्थकको मोबाइल बज्न थाल्यो, आभा केहि भन्न खोज्दैथी, चुप लागि। सार्थकले नम्बर हेर्‍यो लिजा थिइ। उसले फोन उठाएन र आभा अलि पर कौसीतिर गइ। उ सार्थकलाइ उसको ब्यक्तिगत फोनकलको लागि प्राइबेसी दिन चाहन्थी। उ सधै यस्तै गर्थी, जब सार्थकको फोन आँउथ्यो। उसले कहिले पनि सार्थकलाइ कसले किन फोन गर्छ भन्ने चासो देखाइन। फोन बन्द भएको केहि बेरपछि आभा भएतिर सार्थक पनि गयो।
बाताबरण सहज बनाउन उसले आभालाइ सोध्यो।


"तिम्रो कार्यक्रम कहिले देखि कहिलेसम्म हुन्छ? मैले पनि त्यहि अनुसार मेरो कार्य तालिका मिलाउनु पर्‍यो।"


"अर्को महिनाको दोस्रो हप्तादेखि एक महिना सम्म हो। त्यसपछि म फर्कि हाल्छु।"


"टिकेटको लागि म प्रबन्ध गर्छु। मलाइ जाने र आउने दिनको मिति देउ।" सार्थकले आफुले सक्ने जिम्मेबारी लियो।


"उताबाटै सबै प्रबन्ध हुन्छ। तिमी ट्रावल एजेन्सिलाइ सम्पर्क गरेर मेरो आइटिनरि देउ। त्यसपछि उनिहरुले ट्रावल अजेन्सिलाइ डाइरेक्ट सम्पर्क गर्छन्, सजिलै छ। हामीले केहि गर्नु पर्दैन।" आभाले भनी।


"हुन्छ, मलाइ तिम्रो जाने र फर्किने दिनको मिति देउ।"


"एकछिन पर्ख।" भन्दै आभा मिति हेर्न भित्र गइ। सार्थकलाइ कता कता आभा कहिल्यै नफर्किने गरी गइ भने के गर्ने होला भन्ने पीर पर्‍यो। आभा बिनाको उसको जिबन अरु निरथर्क हुनेछ। उ यस्तै यस्तै सोचिरहेको थियो। फेरि फोन आयो, यसपाली प्रबेशको थियो। हत्त न पत्त फोन उठायो सार्थकले।


"प्रबेश जी, भन्नुस्!"


"बलबहदुरले अलि छिटै काम सकाँउ भन्न थाले। त्रिस्ना नि बिरामी भइ रही रे। उता गाँउमा पनि थुप्रै काम बित्यो रे। सकेसम्म भोलि नै सकाँउ भनेको छ। के गर्ने?"


"अनि त्रिस्नालाइ राम्रो निको भयो त?" सार्थकलाइ त्रिस्ना भन्दा महत्वपूर्ण बिषय अरु थिएन।


"त्यस्तो धेरै बिरामी छैन, आउन सक्छे रे त्यो अफिसमा नागरिकताको लागि। त्यसैले मैले त भोलिको लागि सबै तयारी गरे। मैले चिनेको एकजना साथी पनि छ त्यहा। धेरै समय लाग्दैन, एक घन्टामा सबै सकाइदिन्छु भन्या छ। तपाइ पनि त्यस्तै ११:३० तिर CDO अफिस आउनु होला। म बलबहादुर र त्रिस्ना लिएर आँउछु।


"किन यस्तो हतार? अघि बिहानै मात्र २-३ दिनपछि भनेको हैन?" सार्थकलाइ धेरै कुराको चिन्ता लाग्न थाल्यो अब। उसले त्रिस्नासङ कुरा पनि गर्न पाएको छैन। उ के चाहन्छे? सोध्न पाएको छैन। उसको ब्यबस्था गर्न पाएको छैन।


"मैले त भोलीको लागि बन्दोबस्त गरि सके सर! उनिहरुलाइ समय छैन भने हामीले पनि धेरै अड्काएर राख्ने कुरा भएन। तपाइ चाहिने डकुमेन्ट लिएर आउनुस्। काम सकाइदिउँ, उनिहरु जे सुकै गरुन् त्यसपछि।" प्रबेशले उताबाट "भोलि भेटौंला" भन्दै फोन राखिदियो।


सार्थकको मनको तार पनि काटियो कतैबाट, त्रिस्नासङको मन सङ  मिलाउने तार। के अब त्रिस्ना फेरि पराइ हुन्छे उसको लागि? उ र त्रिस्नाको सम्बन्धको पर्खाल अझै ठुलो बन्छ? किन सक्दैन उ त्यो पर्खाल भत्काउन?


क्रमश:


 
Posted on 08-12-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कथा राम्रो लागि रेहेको छ। अरु के के हुन्छ जान्न को लागि अर्को भाग को प्रतिक्षा मा ........... 
Crazy JI, आफ्नो त कबी, कथाकार हरु को संगत थिएएन कहिले पनि तर पनि यहाँ लाई म सानो बेलाको साथी जस्तो लागेको मा thank you, thank you
 
Posted on 08-12-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कथा ले अर्को मोड लिना ला जस्तो छ


कस्तो खाले सम्बन्ध हो यो सार्थक र आभा को - केही बुझ्न नसकिने


लोग्ने स्वास्नी हो - बच्चा हरु नि छ तर सम्झौता गर्‍या रे -


यती उनिहरु को सम्बन्ध सम्झौता मात्र हो भने सार्थक त्रिस्ना को बारे आभा लाई भन्न किन डराइरा त


डराउनु पर्ने केही कारण देख्दिन म त - उनिहरु छोराछोरी लाई असार पर्ला त्यो अर्कै कुरा भो तर


आभा लाई चाँही पक्कै पर्न नपर्नु पर्ने हो -


 


भुलचुक लिने दिने - अर्को भाग तिरुन्त टाँस्ने  


 
Posted on 08-13-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सनिरा,
राम्रो भनेकोमा धन्यबाद!


सिकुटि,


कस्तो डाढ लाग्यो यार् मलाइ। सिकुटि हुने कत्रो रहर थियो जिन्नकिमा। Just kidding!!!


प्रसंसाको लागि धन्यबाद!


यो लहरेलाइ कति हात्ती मन पर्या, हात्ती नै पठाइदिउ कि या हो कथामा पात्र बनाएर। अझ लहरेलाइ हात्तीको माउते बनाएर।


पुरेचा,


अर्को भाग मा सस्पेन्स छैन नि है? कि छ?


Stat, सार्थकको लागि भन्या कि अरु कसैको लागि सुकन्या? अलि प्रष्ट भइन म त।


कान्छि हौ!


हाम्रो ज्वाइलाइ आरामै छ त कान्छि? अनि तिमिलाइ नि? त्यत्रो लामो प्रतिक्षा गरेकोमा धन्यबाद!


हर्के ज्यु,


ब्याकुल हुनु भएछ, माफि पाँउ है ढिलो भएकोमा।


नितिसा,


कबि कथाकार हरु नभए पनि अलि खुस्केटहरुको संगत त थियो होला नि? जोक गर्या मात्रै है।


 


 
Posted on 08-14-09 6:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

क्रेजी ज्यु,


अहिले बे फुर्सदी र आउट अफ ईन्टरनेट भएकोले कहिले काही नेट सम्म आएर भने पनि तपाईंको कथा पढ्ने गरेको छु। बिजी भैइयो र कथा समयमा पढ्न पाइरहेको छुइन, कृपया माइन्ड नगर्नु होला ल, कथा एकदम राम्रो छ। लेख्ने क्रम नछुटाउनु होला।


क्रेजी ज्यु को जय होस् .............


कालेदाइ   


 
Posted on 08-14-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भाग-१२


सार्थकले नसोचेको दिन पनि आयो। सधैं झै बिहानी सुर्योदयबाटै शुरु भएको थियो। उसको वरिपरि सबै कुरा उस्तै थिए, कौसी अगाडीको अम्बाको बोट उस्तै, तल बङैचामा फुलेका गुलाफहरु उस्तै र ढोकै नजिकका धुपीको बोट पनि उस्तै। केहि फरक नैं थिएन कहिँ पनि। मात्र उसको मन अमिलो भइरहेको थियो। उसलाइ यस्तो लागिरहेको थियो, कोहि उसको मुटुलाइ चिथोर्दै छ र पीडामा उ कराउन सक्दैन। उ कसैलाइ बताउन सक्दैन उसको मनको हालत। ओइलिएको मन लिएर उ हिड्यो CDO अफिस ११ बजेतिर।


त्यहाँ पुग्दा त्रिस्ना र बलबहादुर अझै आइपुगेका थिएनन्, प्रबेशले तयारी गर्दैथ्यो। सार्थकलाइ प्रबेशले उसकै साथीको कोठामा राख्यो। प्राय सबैले चिन्ने हुनाले सार्थक त्यही कोठामा बसेर झ्याल बाहिर हेर्न थाल्यो। नभन्दै केहि बेरपछि त्रिस्ना र बलबहादुर ढोकामा देखिए। बलबहादुरले झुकेर नमस्ते गर्‍यो, त्रिस्ना उसलाइ क्वार्क्वार्ती हेर्न थाली। त्रिस्ना अस्ति भन्दा अलि दुब्ली देखिएकी थिए। कमजोर जस्तो देख्थी, उ बलबहादुरको हात समातेर एउटा कुनामा उभिएकी थिइ। सार्थक त्रिस्नासङ कुरा गर्न चाहन्थ्यो, उस्लाइ कसरी शुरुवात गर्ने भन्ने पीर परिरहेको थियो। त्रिस्ना बलबहादुरलाइ नछोडि बसेकी थिए। सबै तयारी भइसकेपछि प्रबेशको साथीले सम्पूर्ण कागजात लिएर CDOको कोठामा गयो। केहि बेरपछि फर्क्यो र अलिकति समय कुर्नु पर्ने जानकारी दियो। कुरिन्जेल खान खान जाने कुरा भयो। बलबहादुर र त्रिस्ना अघि अघि निस्के, सार्थक र प्रबेश एक्छिन पछि निस्के। रमेश आइनसकेकोले सार्थक केहिबेर मुल ढोकामा कुरिरहेको थियो। त्यतिकैमा उसको आँखामा त्यहिँ भित्रको सानो चिया पसलमा पुग्यो। बलबहादुर र त्रिस्ना चिया पिउँदै थिए। त्रिस्ना सुखा पाउरोटी चियामा चोपेर खाइरहेकी थिइ। सार्थकलाइ कस्तो कस्तो लाग्यो। उ त लन्चको लागि रेस्टुरेन्ट जादैंछ। रमेश गाडी लिएर आइपुग्यो, त्यसपछि एउटा राम्रो रेस्टुरेन्टमा गएर सार्थकले चिकेन चाउमिन अर्डर गर्‍यो, रमेशले चाहि मोमो अर्डर गर्‍यो। दुबैजनाको अर्डर वेटरले एकैछिनमा ल्याइदियो। भोक त बेस्सरी लागिरहेको थियो सार्थकलाइ, तर पहिलो चम्चा मुखमा हाल्नासाथ उसले चियामा सुखा पाउरोटी चोपलेर खाइरहेकी त्रिस्नालाइ झलझल्ती सम्झिन पुग्यो। मन फेरि कुडिंयो, उसले खानै सकेन। त्रिस्नासङ आज उ कुरा गरेरै छाड्छ, उ अब निर्णय गर्नेछ। जो सुकैले जे सुकै भनोस्, मतलब् छैन उसलाइ। त्रिस्ना उसकी छोरी हो, उ लिन्छ  जिम्मा त्रिस्नाको। उ दिन सक्छ सबै खुशी त्रिस्नालाइ। उसले अठोट गर्‍यो। आधा घन्टा पछि उनिहरु फेरि काठमान्डौ CDO अफिस पुगे।


प्रमुख जिल्ला अधिकारी (CDO) को कोठामा गएर सार्थक, त्रिस्ना उभिए, बलबहादुर ढोकैमा थियो। CDO ले सार्थकलाइ केहि प्रश्न सोध्यो, उसले त्रिस्ना उसकै छोरी हो भन्यो। अलिकति अबिस्वाश, अलिकति आश्चर्य मिसाएर CDO ले अरु केहि थप प्रश्न गर्‍यो। सार्थकले स्वाभाबिक रुपमा सबै कुरा बतायो। त्रिस्नालाइ पनि त्यस्तै गरि सोध्यो, जवाफ चाहि बलबहादुरले दियो। सार्थकले दस्तखत गर्‍यो, त्रिस्नाले गरी। नागरिकताको काम १५ मिनेटमा सकियो।बुबाको नाम सार्थक सिम्खडा लेखियो त्रिस्नाको नागरिकतामा। नागरिकता लिनासाथै बलबहादुरले "धन्यबाद, सर!" भन्यो सार्थकलाइ र CDO लाइ पनि र हत्त न पत्त फेरि त्रिस्नालाइ डोर्याएर लग्यो। सार्थक छक्क पर्‍यो, उसले कुरा गर्न बाँकि छ। उ उनिहरुको पछि पछि लाग्यो।


"बलबहादुर! एक्छिन पख्नुस्। कहाँ जान लाग्नु भएको?"


"सर, हाम्रो त आजै बेलुकीको बस छ बन्दिपुर जाने। अब धेरै समय बाँकी छैन।" बलबहादुर अझै त्रिस्नाको हात समातिरहेको थियो।


"किन आजै जानु पर्ने?" सार्थकले सोध्यो।


"यत्रो दिन यता बस्ता उता काम बिति सक्यो सर। अब यहाँ बस्ने काम पनि छैन।" बलबहादुर हतारिएकै थियो।


"सुन्नुस्! मलाइ एक्छिन त्रिस्ना सङ कुरा गर्न दिनुस्।" सार्थकले वरिपरि कसैलाइ देखेन।


"के कुरा गर्नु हुन्छ? उसले बोली फर्काउनै सक्दिन।" बलबहादुरले निधारको पसिना पुछ्दै भन्यो। त्रिस्ना कतै पर हेर्दै थिइ।


"के भन्नु भयो? त्रिस्ना बोल्न सक्दिन?"सार्थक अरु आतियो।


"उसको जन्मै त्यस्तो। बोल्न मात्र सक्दिन। अरु सबै बुझ्छे।" बलबहादुरले भन्यो।


"तपाइले यो कुरा अस्ति मलाइ किन भन्नु भएन?"सार्थकलाइ रिस पनि उठ्यो बलबहादुरदेखि।


"भनेर के हुन्थ्यो सर? उसको लेखालाइ कसैले बदल्न सक्दैन।" बलबहादुरको स्वरमा अरु तनाब थियो।


"अनि स्वास्थ्य सेबिका को काम कसरी गर्छे त?" सार्थकले थाहा नपाएको कुरा अरु पनि छन् कि भनेर सोध्यो।


"रहर गर्दैमा पुरा कहाँ हुन्छ र? अब स्वास्थ्य सेबिका नभए पनि उसको झोला सोला बोक्ने काम त गर्न सक्छे नि। चाहदैंमा सबै कुरा कहाँ पुरा हुन्छ र?" बलबहादुरमा केहि आशा केहि निराशा देखियो।


"त्रिस्नालाइ यहीँ छोड्नुस्, म उसलाइ डाक्टर देखाउछु, सकेसम्म चाहिने सबै उपचार गर्छु। उसलाइ पढाउछु र काम पनि खोजिदिन्छु। त्यो गाँउमा भन्दा यहाँ धेरै सुबिधा छ।" सार्थकले अनुरोध गर्‍यो।


"सर, तपाइको त सन्तान छन्, सुखी परिवार  छ। मेरो त संसार नैं यही त्रिस्ना हो। मेरो आँसु, हाँसो सुख, दुख, रात, दिन, यही छोरी हो।  म तपाइलाइ त्रिस्ना दिन सक्दिन।" बलबहादुरले दुइ हात जोडेर बिन्ती गर्‍यो।


"त्रिस्ना मेरी पनि छोरी हो। म उसलाइ बाबुको माया दिन चाहन्छु। त्यो तपाइ दिन सक्नु हुन्न।" सार्थकले त्यसो भन्दा वरिपरि दुइ- चार जना ब्यक्तिहरु झुम्मिन थालेका थिए।


"सर! म कति बाँचुला र? म पछिको जिम्मा तपाइ लिनु होला। तर बाँचुन्जेल मेरो संसार रित्तो नबनाइदिनु सर।" बलबहादुर रुन थाल्यो। प्रबेश र रमेश पनि आइपुग्यो। दुबैले सार्थकलाइ सम्झाउन थाले। त्रिस्ना बलबहादुर रोएको देखेर आँखा भरी आँसु पार्दै सार्थकलाइ हेर्न थाली। त्यो हेराइमा शायद तिरस्कार थियो। सार्थकको अनुहारमा ग्लानि थियो। त्रिस्ना केहि भन्न पनि सक्दिन,तर आँखाहरु बर्षिरहन्छन् लगातार। बिडम्बना सार्थक त्रिस्नालाइ फेरि गुमाउन चाहदैन।


धेरै बेर कुरा भए पछि प्रबेशले सार्थकलाइ त्रिस्नाको हालखबर बारे बन्दिपुर गए पिच्छे जानकारी दिइरहने आस्वाशन दियो। चाहेको खन्डमा सार्थकले त्रिस्नालाइ आबश्यक सामानहरु पनि पठाउन सक्ने पनि कुरा भयो। बिरामी भएमा वा बेला बेलामा सार्थक आफै बन्दिपुर गएर त्रिस्नालाइ भेट्न सक्ने अनुमति दियो बलबहादुरले। तर बलबहादुर बाँचुन्जेल त्रिस्ना उसैसङ बस्ने भइ। त्यहि भयो सम्झौता बाबु-छोरी बिचको। सार्थकको केहि लागेन। उसले त्यो दिन पैसा पनि बोकेको थिएन। बैंकको चेक पनि थिएन साथमा। उ त्रिस्नालाइ अलिकति पैसा दिन चाहन्थ्यो, तर उ सङ केहि सय मात्र थिए। त्यही भए पनि त्रिस्नाको हातमा राखि दिन चाहन्थ्यो उ। उसले वालेट छाम्न थाल्यो। २-३ सय भेटिए। पैसा निकाल्दै थियो, बलबहादुर र त्रिस्ना बिदा मागी केहि पर पुगिसकेका थिए। उ पैसा मुठिमा बन्द गरेर हेरिरह्यो दुबैलाइ।

उनिहरु मुख्य ढोकामा पुग्दा सार्थकले आफुलाइ नियन्त्रण गर्न सकेन र बोलायो "त्रिस्नाssss!"


त्रिस्नाले आँखाबाट बरर आँसु खसाल्दै एकचोटि सार्थकलाइ फर्केर हेरी, फेरि बलबहादुरको हात समाएर ढोकाबाट ओझेल भइ।

समाप्त।



 

Last edited: 16-Aug-09 09:57 AM
Last edited: 16-Aug-09 09:57 AM

 
Posted on 08-14-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

योमाSSSSSSS एक्छिन त अवाक्क पार्यौ क्रेजीचा तिम्ले, धत, कस्तो deive भन्या, कसरी यस्तो लेख्न सक्या बै तिम्ले? के खान्छौ हँ?

माने क्रेजी पर्मात्मा, माने मैले। जय हो!

त्रिस्नाको पछी के भो, अर्को भाग आउला नि है?

 
Posted on 08-14-09 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 


क्रेजी ब्रो, समाप्त त तिमीले भन्नै मिल्दैन नि त अहिले। क्यानडा को टुइस्ट त तिमीले सल्व गरेनौ। कुरै मिलेन नि हौ गाठें।


 
Posted on 08-14-09 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

launa crazy bro, k garya yesto sarai chitta bujena hai mero ta..... maan nai khinna bhayo ....  yeso kei garna mildaina .....sarai naramailo lagyo sabai patra haru ko

 
Posted on 08-14-09 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

क्रेजीको लेखाईको बयान गर्नै सकिदैन,मेरो नभाको मन पनि छोयो, हजार जिब्रा भयेका शेस नागले सक्दैनन,मैलेकेसकुला , तर सधै चुप भयेर पढथे आज अति नै भो,यसरि नि सक्दिने भन्या!!! मैले नै के के सोचेको थिय, अब बरु यस्को भाग- लेख्नु, यो   पटकै चित्त बुज्हेन भन्या, धरै पो  बाकि , क़े के हुन पर्ने, सक्यो...

Last edited: 14-Aug-09 05:53 PM

 
Posted on 08-14-09 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आत्मा क्रेजी ज्यु , सटिक एन्डिङ छ है , जे होश समाप्त गरी छोडियो कथालाई , सम्जौता राम्रो नै लाग्यो बिचरी त्रिश्ना ।


लौ मैले  नि क्रेजीले जस्तै गरे समाप्त ।


 
Posted on 08-17-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

साथीहरु ! कथाको पात्रले यस्तै अन्त्य रोजि दियो। त्यसैले कथामा अरु कुरा महत्वपुर्ण हुन पाएनन्। मैले नचाहदा नचाहदै पनि अन्त्य नैं दुखद भइदियो। यस कथाको अन्त्यले मेरो मनलाइ पनि रुवाएको छ। साथीहरुको मनमा पनि त्यस्तै असर परेमा माफि चाहन्छु।


पुरे,


मैले लेख्ने प्रयास मात्र गरेकी हुँ, बाँकि कुरा त साथीहरुको हौसलाले हो अहिलेसम्म।
त्रिस्नाको पछि के भो भन्ने कुरा मैले पनि थाहा पाउन सकेको छैन। हेर्दै जाँउ के हुन्छ?


कान्छिकान्छा ब्रो,


कथा समाप्त नभन्ने भन्दा पनि त्रिस्नाले मान्दै मानिन। त्यसैले क्यानडा नगै कन ट्विस्टको कुरा आएन ब्रो। सरी है। अर्को कथा लेख्दा चाहि यो सबै कुरा सम्झाउनु होला नि है।


थसिखेल चोक ज्यु,


हजुरको मन खिन्न भएकोमा म क्षमा चाहन्छु। मेरो पनि मन अझै दुखेको छ।


BTW, थसिखेल चोकमा हजुरको बसाइ काँ पर्‍यो, रिङरोड मै कि उता पन्चेस्वर महादेव जाने ठाउमा, कि थसिखेल चोकतिर?


saanu_fren,
अहिले त कथा यस्तै भयो, भाग-२ त लेख्ने कुरा सोचिएको छैन। हेरौ भबिष्यमा के हुन्छ? हजुरको चित्त मात्र हैन, मेरो पनि चित्त त्यस्तै भएको छ कथा पढेर। अहिलेलाइ सरी है साथी।


हर्के,


सटिक एन्डिङ भनिदिएकोमा धेरै धेरै धन्यबाद है।


 
Posted on 08-21-09 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

क्रेजी लव,


तपाईंको कथा समयमा पढ्न नपाउदाको पिडा मलाई छदै छ, तै पनि पढेर सिध्याए। कमेन्ट पनि समयमा गर्न सकिन, क्ष्यमा चाहान्छु।


कथाको बिट् मारी सक्नु भएछ। अर्को कथाको पर्खाइमा छु।


कालेदाइ


 


 
Posted on 08-21-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

क्रेजी कती सम्म निस्ठुरी भन्ने कुरा यो कथा को भाव बाटै थाहा भैहाल्यो , जताततै घुमाएर लास्टा त्यही । तर लेखाइमा कतै खोट छ कि भनेर खोज्दा खोज्दा केही भेटिएन नि । अर्को आस्लाग्दो कथा लिएर चाडै आउँ है त
 
Posted on 08-21-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कालेदाइ र stat, हौसलाको लागि धेरै धेरै धन्यबाद! फुर्सदमा फेरि अर्को कथा लेख्नेछु, नलेखीए त अब के बाँच्न सकिएला र जस्तो लाग्छ।


केहि साथीहरुले सम्झौताको सबै भागहरु एउटै ठाँउमा राख्न अनुरोध गर्नु भएकोले मैले सान ज्युलाइ उक्त आग्रह गरेकी थिँए। सानले आज ब्लगमा सबै भागहरु राखिदिनु भएको छ।


सानलाइ धन्यबाद र "सम्झौता"को सबै भाग पढ्न नभ्याउनु भएको साथीहरुलाइ ब्लगमा कथा पढ्न हुन अनुरोध गर्छु।


 
Posted on 08-21-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

blog ma bhannale? kata ho kunniii
 



PAGE: <<  1 2 3 4 5 6  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
ॐ श्री स्वस्थानी ब्रत कथा
Conservative discussions
Ushering in new era of communism ...
श्राद्द
मरिसकेको माओबादि र एमालेलाइ ब्युँताइदियो सर्बोच्चले
Visit Reeyas Kitchen for Nepali Food Recipes
Madhu Malati Ko Katha, इबुक बनाए बिक्रि होला ?
नाज ब्रो को भाउजु को फोटो अल्बुम भाग १ , जून ३ २०१६
Miss Nepal Shrinkhala Khatiwada goes to Harvard for grad school!!!
Why this Nas person is not blocked from sajha??
KP and PK
धुर्मुस भयङ्कर संकटमा ...
Sajha Poll: When should Nas come back to sajha? If he gets more than 50 votes he should come back by popular demand 🚨🚨🚨
Chances of getting TPS to GC is low?
ChatSansar.com Naya Nepal Chat
नास दाजु ...
बोलेरै प्रभाव पार्न सिक्नु छ भने ...
The Great Himalayan Cable Car
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters