भाग-५
कौसीमा पुग्दा निस्तब्ध अन्धकार थियो, जिन्दगीको लोड शेडिङमा उसलाइ उज्यालोसङ केहि लिनुदिनु छैन। सार्थकले आफैलाइ सम्झायो। अब के गर्ने होला? फेरि उसको आँखामा जुना नाच्न थाली, त्यसपछि त्रिस्ना। नागरिकता बनाँउदा पनि केहि मानिसले अबश्य थाहा पाँउछ। उसको नयाँ अलबम "प्रतिक्षा" छिट्टै आँउदैछ। यो अलबमबाट उसलाइ धेरै आशा पनि छ। गीतहरु राम्रा छन् र म्युजिक उस्तै कर्णप्रिय।भोलि गएर कसैले त्रिस्ना उसको र जुना बिचको बिहेअघिको रोमान्सको नतिजा भनेर पत्रिकामा छाप्यो भने। शत्रु हाँस्नेछ र साथै उसको गीतको बजार पनि डुब्छ। उसले जिन्दगीभरि गरेको तपस्या उसको गीत हो, उ केहि गरि पनि संगीतबिना बाँच्न सक्दैन। सामाजिक कार्यमा पनि उसको त्यतिकै संलग्नता छ। त्यसैले पनि समाजमा उ गायक मात्र होइन, स्वच्छ छबिको रुपमा चिनिन्छ। उसलाइ पैसाको चिन्ता छैन, पुर्ख्यौली सम्पति प्रशस्तै छ। समग्रमा उ खराब मानिस होइन, उ भित्रको एउटा "उ" ले अड्कल काट्यो। तर अब के गर्नु? त्रिस्नाको कारण उसको इज्जतमा प्रश्न चिन्ह लाग्नेछ।
को सङ गर्ने यस्तो कुरा? उसले सम्झिन सक्ने सबै साथी र परिवारका सदस्यहरुको तस्बिर सम्झिन खोज्यो। सबै उस्तै हुन, अगाडि "ज्यु, ज्यु" गर्छन्, पछाडी तालि बजाँउछन् यस्तो कुरामा। रिसइबि गर्ने पनि होलान नि। उसले एक चुस्कि लिएपछि अर्को गम्भिर प्रश्नले कोपर्यो उसलाइ। आभा र उ बर्सौदेखि नजिक छन्, तर पनि सङै बाँचेको जस्तो लाग्दैन उसलाइ। जो नजिक छ उ आफुसङ छैन, जो कहिले नजिक हुन सक्दैन उ आफ्नो जस्तो लाग्छ। आफ्नो मान्छेको बारेमा सोच्दा उसलाइ "लिजाको" याद आयो। लिजा उसको गीतमा मोडलिङ गर्दैछे, अहिलेको प्रख्यात मोडल, उमेरमा उ भन्दा धेरै सानी। तर पनि कुरामा उ परिपक्व देखिन्छे। सार्थकको भेट उ सङ करिब ३ महिना अघि भएको। उनिहरु साथी हुन्। तर समाजले तोकेको घेरालाइ पनि मेटाउन सक्ने साथी। लिजा जस्तो परिस्थितिलाइ पनि सरल बनाइदिन्छे। "संसार यस्तै छ" भन्छे, उ आफ्नै दुनियाँमा छे। उ चिन्ता गर्दिन, तर कहिलेकहि जिबनको बारेमा गहिरो दर्शन छाँट्छे। उ कहिलेकहिँ धेरै यथार्थबादि लाग्छे, उसको सोचाइ फराकिलो छ। लिजाले बुझ्न सक्छे उसको अहिलेको परिस्थिति, सबै कुरा भने पनि उ सार्थकलाइ कठघरामा राखेर संजाय दिनु पर्छ भन्दिन। उ अरुभन्दा बेग्ली छे। उ सार्थकलाइ राम्ररी बुझ्छे। शायद त्रिस्नाको बारेमा केहि सल्लाह पनि दिन सक्छे। अथवा अरु केहि उपायहरु देखाउन सक्छे। कसैसङ गर्न नमिल्ने कुरा उ लिजासङ गर्न सक्छ। उसले लिजालाइ भेट्नै पर्छ।
भोलिपल्ट बिहानै रमेशले उसलाइ अफिसमा पुर्यायो, जहाँ उसले केहि कामहरुको बारेमा सोधखोज गर्यो। प्राय काम उसको सहायकले पुरै हेर्थ्यो तर गीत रेकर्डिङ को डेट र स्टुडियो चाहि उ आफै नै तय गर्न मन पराउथ्यो। त्यसदिन पनि रेकर्डिङ थियो उसको। तर त्यो दिन उसलाइ गाउने मुड भएन। उसले डेट क्यान्सिल गर्यो। प्रबेशलाइ फोन गर्न खोज्यो। तर अहिले उ केहि भन्न सक्ने हालतमा थिएन। उसको अफिसमा हिजो त्रिस्ना, बलबहादुर र प्रबेश बसेको मेच र सोफाहरु यथावत ठाँउमा थिए। अरु भन्दा पनि त्रिस्नाको प्रश्नबाचक द्रीस्टीले उसलाइ पछ्याइरहे झैं लाग्यो। फेरि उसलाइ त्रिस्नालाइ उसले नागरिकता बनाइदिनु पर्छ भन्ने कुरा याद आयो। उहि तनाब, उहि एक्लोपनले सतायो। उसलाइ त्यहाँ बस्न मन लागेन।
केहि बेरमै उ लिजाको डेंरामा पुग्यो। लिजा उसलाइ देखेर छक्क परी।
"न फोन, न केहि खबर! के हो यस्तो सरप्राइज?" लिजाले भित्र बोलाइ उसलाइ।
"तिमीसङ भेट्न मन लाग्यो। तिम्रो याद आयो।" सार्थकले भएकै कुरा बतायो।
"तिमी अरु कसैसङ हुँदा पनि मलाइ मिस गर्छौ र?" लिजाले ब्यंग गर्दै सोधी।
"साँसारिक रुपमा हुनु र मानसिक रुपमा हुनु फरक छ नि। भौतिक रुपमा म जो सङ रहुँ, तिमि मेरो मष्तिस्कमा छौ सधैंभरि।" शायद सार्थक सत्य बोलिरहेको थियो वा थिएन, त्यो उसैलाइ पनि थाहा थिएन।
"यो हिरोलाइ कति कुरा आँउछ है?" लिजा मस्की अनि फेरि सोधी। "कफी बनाँउ?"
"पर्दैन।" सार्थक केहि खाने मुडमा थिएन।
"के सबै कुरा ठिकै छ?" सार्थकको अनुहारलाइ अलि गम्भिर रुपमा नियालेपछि सोधी लिजाले।
"केहि ठिक, केहि बेठिक।" सार्थक काउचमा लमतन्न पल्टियो।
"घरमा झगडा त परेन?" लिजा सार्थकको नजिक आइ र हलुका टाउको सुम्सुम्याउन थाली।
"माया भए पो झगडा हुन्छ माया नभएको ठाँउमा के को झगडा?" सार्थकले बतायो।
लिजा चुप लागि र सार्थकको अनुहार मुसार्न लागि। उसले धेरै कुरा गर्नु जरुरी ठानिन। सार्थक आँखा चिम्ल्यो र लिजाको काखमा टाउको राखेर एक्छिन निदाए जस्तो गर्यो। तर केहि सम्झे झैं गरी सोध्यो।
"यदि म सार्थक नभएको भए, म धनी नभएको भए, सबैको मन पराउने गायक नभएको भए, मेरो शरीर सुगठित नभएको भए, मात्र सामान्य मानिस भएको भए, के तिमी मलाइ यस्तै माया गर्थ्यौ?"
"यहि प्रश्न तिमीलाइ सोध्छु। यदि म टप मोडल लिजा नभएको भए नि?" लिजाले तुरुन्त प्रश्न फ्याँकी।
"यो संसार कस्तो स्वार्थी है?" सार्थक हाँस्यो।
"यहाँ यस्तै हुन्छ।" सरल बनाइ जवाफलाइ लिजाले।
"लिजा! मलाइ यसरी माया गर, जस्तो यो संसारमा म मात्र तिम्रो मायालु हुँ।" सार्थकले बिन्ति गर्यो लिजालाइ।
लिजाले सार्थकको निधारमा चुमी, आँखाहरुमा, त्यसपछि ओंठहरु। प्रतिक्रियामा सार्थक निश्चल रह्यो, निर्जिब प्राणी जस्तो। हलचल गर्नै सकेन। लिजा अचम्म भइ।
"तिमीलाइ सन्चो त छ? कि मुड छैन?" सार्थकको दाहिने हात समाउदै भनी।
"म तनाबमा छु ? जिबनको गम्भिर प्रश्नले मलाइ सताइरहेको छ लिजा।" सार्थक बिस्तारै आफ्नो टाउको लिजाको काखबाट हटायो र बस्यो काउचमा।
"कस्तो तनाब? कस्तो प्रश्न?" लिजाले सार्थकको ढाढमा सुम्सुमाउदै भनी।
सार्थकको आँखामा केहि सलबलायो, लिजाले उसलाइ अंङाली। लिजाको न्यानो अङालोमा सार्थक ज्ञानी बच्चा जस्तो एक्छिन चुपचाप बस्यो।
"लिजा, मेरी अर्की पनि छोरी छे।" सार्थकले टाउको लुकाएरै भन्यो।
"अनि?" लिजा यसरी भनिरहेकी, थी त्यो उसको लागि कुनै ठुलो कुरा हैन।
"उ मेरो नामबाट नागरिकता बनाउन चाहन्छे।" सार्थक उसको अङालोलाइ फुकाँउदै भन्यो।
"बनाइदेउ न त कत्रो ठुलो कुरा हो र?" लिजाले उसलाइ भनी।
"आभाले थाहा पाइ भने, श्रेया र समिरले थाहा पाए भने, अरु सबैले थाहा पाए भने मेरो जिबनमा के होला?" सार्थक चिन्तित देखियो।
"पहिलो कुरा त सबैलाइ भन्दै हिंड्न जरुरी छैन। दोस्रो कुरा थाहा पाए भने थाहा पाए। हामी मानब हौं, हामीबाट गल्ती हुन सक्छन्। टेक इट इजि।" लिजा बेफिक्री रही।
"तिम्रो यही बानी मन पर्छ मलाइ। तिमी हरेक कुरालाइ सरल बनाँउछौ।" सार्थक अलि हसिंलो भयो यसपटक।
"संसार यस्तै छ सार्थक।" भन्दै लिजा गइ किचेनतिर र दुइ गिलास पानी लिएर आइ। सार्थकले चिसो पानी पियो र ताजा महसुस गर्यो।
"म अब जान्छु।" जाँदा जाँदै उसले लिजाको निधारमा मिठो स्पर्श उपहारस्वरुप दिन बिर्सेन।
बाटोमा उ प्रबेशको फोन नम्बर खोजिरहेको थियो।
क्रमश: