Posted by: crazy_love July 14, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

भाग-३


घर पुग्दा सबै आ-आफ्नै धुनमा ब्यस्त देखिन्थे। श्रेया एक्छिन आएर बसी सार्थकसङ, स्कुलमा के के भयो सबै बेलिबिस्तार लाइ। समिर पनि आयो, श्रेयाको कुराहरु सुनेर हाँस्यो, अनि आफ्नो युनिट टेस्टमा कति अंक आयो भनेर बतायो। सार्थक अलि टेन्सनमा देखेर हो कि के हो? श्रेया र समिर फेरि आफ्नै धुनमा लागे। आभा किचेनमा थी क्यारे। सार्थकले उसलाइ देखेन। रमेशले घर जाने अनुमति लियो र भोलि बिहानै ८ बजे आउने भयो।


सार्थक एक्लो हुन चाहन्थ्यो केहि बेरको लागि। उ माथि कौसिमा गयो र आरामदायी कुर्सीमा एक्छिन ढल्यो। मनमा के के कुराहरु खेल्दैथे, उसलाइ त्रिस्नाको आँखाहरुले सोध्दैथे, उ जुनालाइ खोज्दैथ्यो। जुना भागिरहेकी थी। उ जुन घरमा बास बसिरहेकोथ्यो, उ त्यहाँ थिएन, शायद  सार्थक थिएन आफैसङ। उसलाइ पनि भाग्न मन लागेकोथ्यो कसैले नदेख्ने ठाँउमा। केहि सम्झे जस्तो गरी उ उठ्यो र भित्र गएर एक पेग व्हिस्की गिलासमा लिएर आयो। व्हिस्कीको पहिलो चुस्कीमा उसले धेरै पहिले गएको बन्दिपुर सम्झ्यो, बिस्तारै बादलको बिचबाट चित्रहरु प्रस्ट हुन थाले। एउटा सानो होटेल, जहाँ उ मात्रै एउटा पर्यटक थियो। उसको खाना पकाउने एउटी साधारन केटि, सुनसान बाताबरण। प्रक्रितिको मनमोहक द्रीश्य, फाँटैभरि सुन्तलाको बंगैचा, होटेलको कौसीबाट देखिने टुँडिखेल, पर पर तर नजिकै देखिने पहाडहरु, त्यो माथिको निलो आकाश।


त्यहाँ बसेको केहि हप्तामैं जुना उसकी एउटै मात्र साथी भइ। उसको खाना पकाउने, लुगा धुने, सबै कुरामा जुना मद्दत गर्थी। शुरु शुरुमा नखुलेपनि पछि जुना उ सङ मिल्ने भइ। उनिहरु साँझमा खाना खाइसकेपछि डुल्न जान्थे, कहिले सुन्तलाको बंगैंचामा गएर सुन्तला चोर्थे, कहिले सुसेली हाल्दै गीत गाँउथे,  कहिले खुला चौरमा बसेर आकाशको तारा गन्दै निदाँउथे। उनिहरु स्वतन्त्र थिए, आदिम पुरुष र नारी जस्तै।


एक रात उनिहरु हिड्दा हिंड्दै कुनै खोलाको किनारमा पुगे, सार्थक पौडि खेल्न तयार भयो। जुना किनारमा बसेर हेर्दैथी, सार्थक खोला किनारभन्दा धेरै टाढा पौडिदैं पुग्यो। केहि बेरसम्म नफर्किएपछि जुना आतिइ। उ सेतो कुर्था सुरुवालमै खोलामा हाम्फाली। उ पौडिदै सार्थकलाइ खोज्न गइ। धेरै पर पुगिसक्दा पनि सार्थक देखिएन। उसले "सार्थक" भन्दै बोलाइ, उसको स्वर पहाडहरुमा ठोकिदै प्रतिध्वनि भएर फर्किए। तर सार्थक भेटिन, उ निराश हुँदै फेरि किनारतिर आइ सार्थक त्यहीँ थियो। उसैलाइ हेरेर सार्थक मज्जाले हाँसिरहेको थियो। जुना खोलाको किनारमा निस्की।


निथ्रुक्क भिजेको शरीरमा जुनाको लाजको गहनाहरुलाइ सेतो कुर्थाले अरु सुन्दर देखाएको थियो। कुर्ताको टुप्पाहरुलाइ जुना निचोर्दै थिइ। सार्थक एकतमासले जुनाको सुन्दर शरिरलाइ नियालीरहेको थियो। त्यसबेला जुना ग्रीककी देबि "भिनस" जस्तै अत्यन्तै सुन्दर देखिन्थी। उसको शरीरको गोलाइ हरु  सार्थकलाइ मदहोश बनाँउदै थियो। जब जुनाले पोको पारेको कपाललाइ खोलेर बिस्तारै पानी झड्कारी सार्थकलाइ लाग्यो जुना हैन, खोलाबाट कुनै जलपरी निस्किएकी थी। जुनाको कम्मरलाइ चुम्दै केशहरु उस्को सम्पुर्ण शरीरलाइ झंक्रित गर्दैथे। सार्थकको स्वाशको गति बढ्दैथ्यो। उ बिस्तारै पछाडी बाट आएर जुनालाइ आफ्नो अङालोमा बाँध्न थाल्यो, जुना झस्की र उसलाइ पर धकेली। सार्थक फेरि खोलामा खस्यो, जुनालाइ डर लाग्यो। एकछिनसम्म सार्थक पानीमाथि नदेखेपछि उ पनि हाम फाली। केहि बेरमै सार्थक फेरि किनार नजिकको होचो गहिराइ भएको पानीको सतहसाम आधा डुबेर जुनालाइ जिस्काँउदैथ्यो। जुना त्यो देखेर फेरि किनारमा निस्किन खोज्दैथी, तर सार्थकले उसको खुट्टा समाएर आफुतिर तान्यो। जुना अल्झिएर फेरि सार्थकसङै पानीमा लडी। पानीको तापक्रममा शरीरको तापक्रम संचार भैसकेको थियो। सार्थकले जुनालाइ पानीबाट उठाएर आफ्नै अङालोमा बाँधिसकेकोथ्यो। जुना डरले आँखा बन्द गरिरहेकी थिइ, सार्थक उसको अधरमा प्रेमको बर्षा गर्दैथ्यो। जुना बिस्तारै सार्थकको स्पर्शमा पग्लिदै गइ, र समर्पित भइ। जुना जुना भइन, सार्थक सार्थक रहेन। रहर र चाहनाको बाढीमा ती दुबै केबल एक पुरुष र नारी मात्र रहे। खुला आकाशमुनि, रुख, खोला र पहाडहरुको साक्षी राखेर ती दुइ प्राणीहरु एकाकार भए। चन्द्रमा लाजले भुतुक्क भइ, ताराहरु लुकि लुकि हेरे।


"बाबा! खाना खान आउनु रे।" समिरले भित्रबाटै बोलायो।


सार्थक मिठो सपनामा बाट झस्किएर ब्युँझ्यो, आँखा खोल्दा अगाडी  निष्पट अँध्यारो थियो।


क्रमश:

Last edited: 14-Jul-09 06:06 PM
Read Full Discussion Thread for this article