Posted by: fucheketo June 5, 2009
एउटा अपुरो कथा चियापसलमा!!!!
Login in to Rate this Post:     0       ?        
planet 10 thanx ..........n other readers thanx so here goes my 4th part!!!!!!!!!!!!!



फलैँचाको अघिल्लो महिनाको इन्स्टलमेन्ट आएछ ।मेरो
एकाउण्ट चेक गर्दा थाहा पाएँ स्कुटर किनुँला भनेर सोचेकी थिएँ ।त्यति सम्म पैसा
निक्लिने भयो । मान्छे किन भौतिक हुन्छ खाली ?मलाई थाहा छ कथा मेरो जीवन हो तर
फलैँचाका इन्स्टलमेन्टहरु बिना मेरो जीवन चल्दैन । मान्छेको चाहना र वास्तविकता
पराकाष्ठा एक अर्काका कट्टर दुश्मन हुँदा रहेछन् । यो महिना न मेरो जीवनमा उतार
चढाव आइरहेको छ ,फलैँचाको इन्स्टलमेन्ट पनि घट्ने निश्चित प्राय छ। आभाष लाई
बिर्सिन कति दिन लाग्ने हो थाहा छैन एक हफ्ता देखि कथाहरु फुरिरहेका छैनन् ,मेरो
कथा रोकिएको छ । म मात्र पढिरहेको छु अरुका जीवित शब्दहरु तर जीवन चिन्नलाई आफू
पनि त जीवित हुनु पर्यो आजकल मेरा हरफहरु शितनिन्द्रा मा छन् आभाष आउँछ झस्क्याएर
बिउँझाउँछ भन्ने आशमा ।



मैले यो हफ्ता भरी मात्र बिपिका किताबहरु खोतलेँ
। धेरै रमाइला रमाइला सम्बन्धहरु भेट्टाएँ । धेरै बेर सोचेँ मायाको पराकाष्ठा के
हो त ? सामिप्यता के शरिरबिच मात्र हुन्छ र के सामिप्यताको अन्त्य हरेक पटक
बिछ्यौना नै हो ? के अन्त्य बाट अर्को नयाँ शुरुवात खोज्न सकिन्छ । किन बिपि आफ्ना
सानो हुँदा का कुरा केलाउन नसक्दाका मायाका कथा लेख्छन् ?के दिमागले माया गर्न
जान्दैन ?मान्छे ठुलो भएर बौद्दिक भएर माया गर्न सक्दैन , के माया दिमागको
,बौद्दिकताको हत्या हो त त्यसो भए ? मैले धेरै बेर कुरा हरु खेलाएँ मेरो प्रश्न को
उत्तर दिनलाई बिपि अब छैनन् । मैले आभाष र म विचको सम्बन्धलाई पनि बिभिन्न लेखकका
किताबहरु बाट हेर्न खोजेँ तर हामी आखिर कथाका पात्रै त थिएनौँ । मैले किन उ सँग
परिचय लुकाएँ ?सहि थियो गलत थियो ? केहि न केहि त पक्कै थियो आखिर ! जवाफ म सँग
नहुनु को अर्थ जवाफ नै छैन भन्ने पनि त होइन नि !



केहि मेलहरु आएछन् अहिले को कथा किन अड्किरहेको छ
भनेर , शुरुवात राम्रो छ भनेर धेरैले लेखेका थिए । केहि खड्किरहेका कुराहरु मलाइ
लागिरहेका थिए दुइ चार जनाले औल्याइदिएछन् । मलाई थाहा छ प्रशंशाका हजार मेलहरु
भन्दा ,केहि गल्तिहरु औँल्याइदिने दुइ चार मेलहरु मेरो पेशाको लागि लाभदायक हुन्छन्
।जहाँ सम्म कथाको कुरा छ त्यो मेरो वश मा कहाँ छ र ?मैले एउटा नौलो प्रयोग पो
गरेकी हुँ त आफूले आँफैलाई कोर्ने अन्तर्प्रयास । पात्र म र लेखक म को बिचको तर
मेरो नायक आभाष हराएको छ ।



टाउको दुखे जस्तो भयो ।



भाई !!



फुच्चे टाढै थियो मैले जोडले कराएँ । उसले मलाई
हात देखायो ।शायद यस्को तात्पर्य मैले तँपाई को कफिको अडर बुझिसकेको छु एक छिनमा
आएपुग्छ भन्ने नै होला ।



तिमीले ढाँटेकी रहिनछौ !



आवाज आभाषको थियो । मैले पुलुक्क हेरेँ । उ
दाह्रि किन काट्दैन । आज पनि उसको दाह्रि झुसे नै थियो । आज उसले चाहिने भन्दा
धेरै पर्फ्युम लगाएको छ ।शायद त्यो मेरै लागि थियो । मलाई पर्फ्युम को डार्क
प्रेजेन्स मन पर्दैन । उसले हेलमेट खोलेर टेबलमा राख्यो हेयर स्टाइल पनि थोरै
चेन्ज गरेको जस्तो थियो । उसलाई सुहाइरहेको थियो ।



के बारेमा ?



उ आएर मैले पाएको खुशि मैले लुकाएँ ।मैले पढेकी
छु लोग्नेमान्छेको अघि केटी जति रहस्यमयी देखिन्छन त्यति नै उनीहरु त्यसतिर
आकर्षित हुन्छन् भनेर । म उसको अघि खुल्न चाहन्न ।



तिमी सँधै यहि कुर्सिमै भेट हुन्छौ भनेर !



नौ दिन हराएको थियो उ दिन गन्ति गर्दा !



तिमी जति बिजि छैन नी म ! मैले उसमाथी कटाक्ष गरेँ ।



कसले भन्यो म बिजी थिएँ ? अफिसको टिम नै
पोखरा घुम्न गएका थियौँ !



रमाइलो भयो होला हैन !



रमाइलो त भयो तर तिमी पत्याउँदिनौँ एउटा
कुरा भने भनेँ !



के कुरा !



मलाई यो क्याफेमा बस्ने रहर थियो पोखरा
जानुभन्दा !



प्रत्येक भेट पहिलो भेट हुँदैनन् आभाष ! म मुस्कुराएँ ।



खोइ मलाई त आज पनि पहिलो भेट जत्तिकै
रमाइलो लागिरहेको छ , तिमी कहिले बिपि सँग हुन्छौ कहिले धारावासी सँग  तर मलाई त तिमी सँगै रमाइलो लाग्छ !
उसले आफ्नो कुरा एक वाक्यमा नै सिध्यायो



मैले हत्तपत्त आफ्नो हात हेरेँ , सुम्निमा अझै
मेरो हातमैँ रहेछ ।



मैले तिमी नआएका नौ दिनमा सिध्याइसकेकी
थिए ।



उसले म तिर अनौठो नजरले हेर्यो ।



तिमी धेरै कुराहरु लुकाइरहेकी छ्यौ जस्तै
लाग्छ । के हामी अझै साथि बनिसकेका छैनौँ ?



के छ र लुकाउन लायक जीवनमा ?
   मैले उसको आँखामा आँखा जुधाउन चाहिन
कहिले काहिँ आँखा लुकाएका कुराहरु बोलिदिन्छन् ।



      फुच्चे टेबल नजिकै आएर हामी दुवैलाई हेरिरहेको
थियो ।म पनि उसलाई हेरेर मुस्कुराइदिएँ । उ फेरि ङिच्च हाँस्यो । उसको गन्जि
काखिमा फाटेको छ । भोलि उसलाई एउटा गिफ्ट ल्याउनु पर्ला मैले बिहानै सोचेकि थिएँ ।
आज टेबलहरु प्राय खालि थिए । त्यसैले त उसले फुर्सद पायो हामीहरुका गफहरु सुन्ने ।
हुन त उ त्यस्ता माया प्रेम का गफ सुन्दा सुन्दा वाक्क भइसकेको होला ! क्याफेमा
दिन भरिमा धेरै जोडिहरु सँग भेट हुन्छ उसको । कोहि केटाहरु आएर उसमाथि रवाफ
देखाउँछन् प्रेमीकालाई म सर्वशक्तिमान छु भनेर जनाउन !कोहि उसमाथि सहानुभुति
दर्शाउँछन् ,आफ्नो प्रेमिकालाई म कति मायालु छू भनेर जनाउनलाई ! उ क्याफेमा
प्रेमिहरुको दर्शाउने साधन भएको छ ।



      त्यसो भए मैले नै चिन्नलाई ढिलो गरिरहेकी
हुँला !



      हामी दुवै जना सँग पर्याप्त समय छ ,एक
अर्कालाई चिन्नलाई !



      आज छैन , म यहाँ लन्च आवर भरिलाई मात्र
थिएँ ,भोलि भेटौँला !
आभाष ले बिल मगायो ।



यहाँ मेरो खाता चल्छ ,आभाष ! मैले उसलाई रोकेँ ,मलाई थाहा छ केटाहरु
बिलको कुरो आफ्नो स्वाभिमान सँग जोड्छन् तै पनि मैले उसलाई रोकेँ । उसले आफ्नो
ज्याकेट र हेल्मेट टेबल बाट उठायो अनि बाहिर निस्कियो !



क्रमश:



 



 




Read Full Discussion Thread for this article