[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 एउटा अपुरो कथा चियापसलमा!!!!

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE: <<  1 2  
[VIEWED 17564 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-21-09 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 



उसले चिनी नभएको ब्ल्याक कफि मेरो अघि राखिदियो ।चिनी नभएको ब्ल्याक कफि मेरो स्वादको युनिकनेस हो । तर पनि मैले उसलाई सम्झाइरहनु पर्दैन मलाई के चाहिन्छ भनेर !उ आजकल मेरो आवश्यकता देखि अभ्यस्त भएको छ । पहिला पहिला मेरो ल्यापटपलाई घण्टौ सम्म नियालिरहन्थ्यो मेरा शब्दहरुबाट केहि बुझि पो हालिन्छ कि भनेर । पछि कुरा पत्ता लगाउन खोज्दा पत्ता लगाए उसले अहिले सम्म अक्षर हरु चिनेको रहेनछ । उ मात्र अराएको काम गरिदिन्थ्यो टेबल पुछ्ने ,भनेको टेबलमा चिया कफि भनेपछि पुर्याइदिने तर बिगतको एक बर्षमा म त्यो क्याफे सँग यति अभ्यस्त भएकी थिएँ की उसले नभनीकन पनि चिनी नभएको ब्ल्याक कफि मेरो अघि ल्याएर राखिदियो ।

मैले मेरै पुराना कुनै कथाहरुमा लेखेकी थिएँ ब्ल्याक कफिले मलाई कसैको वाहुपाशको सम्झना दिलाउँछ भनेर ,हुन त  ति शब्दहरु नितान्त काल्पनिक थिए ,मेरो कफिले जसको बाहुपाशको सम्झना दिलाउँथ्यो त्यो पात्र पुर्णतय काल्पनिक थियो तर त्यो मेरो कल्पनाले यथार्थ कै धरातल लिएको हुनुपर्छ , म त्यहि क्याफेकै वरपरबाट शब्दहरु बटुल्थेँ , उन्थेँ र ति राम्रा लागेपछि फलैँचामा पस्किदिन्थेँ ति शब्दहरु चलेका पनि थिए फलैँचामा,फलैँचा मेरो कर्म थलो भनौँ भख्खर खुलेको साइट भए पनि साहित्यपारखि हरुले गर्दा चल्यो त्यो !!!!,र बिस्तारै म पनि त्यसैकी हिस्सा भएँ । एउटा भित्तो तोकियो मेरो लागि सबैले पढुन भनेर सुगन्धाको भित्तो !

मेरो वास्तविक नाम सुगन्धा हैन , साधना भनेर चिन्छन् सबैले म साधारण भएर बाँच्दा तर पनि मैले लेख्न शुरु गरेँ सुगन्धा भएर । र त्यहि नाम आजकल मेरो पर्याय बनेको छ । मलाई लाग्छ म एउटा भर्च्युअल जीवन समानान्तर रुपमा बाँचेकी छु । जसमा म ल्यापटपबाट फलैँचा भित्र छिर्छु । त्यहाँ का भिन्न पात्रहरुसँग म पात्र बनेर आफूलाई रहर लागेको जीवन बाँचिदिन्छु किनकी त्यो जीवन बाँच्नलाई मैले लेखे मात्रै पुग्छ ,त्यसपछि फलैँचा मा एकछिन सुस्ताएर कथाहरुबाट बाहिर निस्किन्छु केहि मन पराइदिनेका मेलहरु सँधै फलैँचाको भित्तो मा टाँसिइरहेकै हुन्छन् त्यो सुस्त सुस्त गर्दै हेर्छु । कसै कसैलाई धन्यवाद पठाइ पनि दिन्छु । अनी फेरि आफ्नो साधनाको शरिरमा फर्किन्छु त्यतिन्जेल सम्म साँझ परिसकेको हुन्छ घरतिर फर्किन्छु । त्यो बीचमा चिनी बिनाको ब्ल्याक कफिको छ सात कप विचमा आफुले रोजेको खाजा मेरा साथीहरु बनिदिन्छन् ।

सबैभन्दा स्वादिलो कुरा मैले त्यो गरेकाले मलाई बाँच्न सजिलो पनि भइराखेको छ । मलाई फलैँचाले जीवन दिइरहेको छ ।

आज मलाई लेख्न मन लागेन । एकछिन किबोर्डमा आफ्ना औँला चलाएँ ।सोचेको
नभएजस्तो लाग्यो ।

एउटा नियमित पाठकको फेरि मेल आएछ । उसका शब्दहरुले कहिलेकाहिँ म लेखक वा उ लेखक छुट्याउन गाह्रो हुन्छ । उसका शब्द शब्दहरु मुस्कान बनेर मेरा गालामा खोपिल्टा बनेर बसिदिन्छन् ।

सुगन्धाजी फेरि तँपाइको कथा धित नमरी सिद्दियो । तँपाइ कथाका हरेक शब्दशब्दहरुमा पग्लिनु भए जस्तो लाग्छ ।अनौठो आभाष पाउँछु हरेक कथाहरुमा ।कहिले बादल हरु आफ्ना पाइला तल भएको जस्तो लाग्छ । एउटा सिरेटो ले कतै उडाएजस्तो लाग्छ जब ति शब्दहरु पढ्छु ।तँपाइ को नाम साँच्चै मलाई सार्थक लाग्छ सुगन्ध छरिदिने सुगन्धा !!! म आफू रहन्न । सोच्छु त्यो एउटा नभएको विश्वहो । म सोच्दिन त्यसको बारेमा । तर फेरि तँपाइको कथा आउँछ । म पढ्छु अनी उहि प्रकृया दोहोरिन्छ। म सक्दिन तँपाइका शब्दमा नडुबिकन बस्न मलाई लाग्छ सुगन्धाका भित्ताहरु चारैतिरबाट घेरिएर मेरो घर बनिरहेको छ ।यो कथा मन पर्यो भनेर मैले भनीरहनु पर्दैन होला !

अर्को कथाको प्रतिक्षामा !!!!!!!

       .........................

मैले मेल बन्द गरेँ ।उसको रिप्लाई आज सोचेर मात्रै लेख्नुपर्ला भनेर सोचेँ । उसका शब्दहरुले मलाई सोच्नलाई बाध्य तुल्याए । म जहिले पनि एकचोटी अडिन्छु जब जब उसका शब्दहरु देख्छु । एक चोटी उसलाई जिस्क्याएँ तिमी फलैँचामा लेख म भन्दा सफल हुन्छौ भनेर , उसले त्यो दिन मेरो मेलको उत्तर फर्काएन । मलाई त्यो दिन मैले उसका गम्भिर कुराहरुलाई हलुका बनाएर उत्तर फर्काईदिएँ जस्तो लाग्यो । थोरै आत्मग्लानी पनि भयो । अर्को कथामा फेरि प्रतिकृया आयो अनि मात्र मैले सन्तोषको सास फेरे । जीवन फेर सामान्य भयो । फलैँचा फेरि सामान्य भयो ।

थाहै नपाइ फेरि गालामा खोपिल्टे मुस्कान आइसकेछ ।

भाई ब्ल्याक कफि ! मैले फेरि त्यहि फुच्चेलाई बोलाएँ । उ किचनमा छिर्यो । मैले आज क्याफेलाइ नियालेँ ।भित्ता भरीका अमुर्त कलाहरु मलाई सोच्नलाई नयाँ नयाँ प्रेरणा दिइरहन्छन् ।करिब सत्र अठार की केटी हुनुपर्छ अघिल्लो टेबलमा रिसाइरहेकी थिई ,अनि करिब उन्नाइस बिस को केटो हुनुपर्छ मनाउन खोजीरहेको थियो । युद्द धेरै बेर नहोला पक्कै पनि शान्तिप्रकृयामा आउलान ति ।मैले अर्को टेबल तिर आँखा लगेँ । एउटा बुढो पत्रिकामा डुबिरहेको थियो । आजकल पत्रिका पनि निक्कै मसालेदार भएका छन् नेपालमा ,देश चाँडो परिवर्तन हुनु भनेको पत्रिकामा खबर थपिनु हो अनि सोच्नेको लागि पर्याप्त सोचहरु थपिनु हो ।

मेरो ब्ल्याक कफि आयो मेरो टेबलमा । मैले सुरुप्प पारेँ ।आजको अन्तिम कप यहि बनाउने निर्क्यौल गरेँ ,वरपर हेरेँ क्याफेमा भिँड पातलिँदै थियो ।ल्यापटप आफ्नो झोलामा हालेँ । अनि बाहिर निस्किएँ ,बाहिर वादल चिरेर जुन मुस्कुराउन खोज्दै थियो । बाटो शितल
प्रकाशले नुहाउँदै थियो । मेरो घर जाने बाटो मलाई सुस्त सुस्त बोलाउँदै थियो ।

क्रमश:

Last edited: 21-May-09 09:11 AM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-02-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

There must b some problem in sajha coz I  cant see the comments after the story.........anywaysपढिदिने साथिहरुलाई धन्यवाद दिँदै मेरो धेरै पछि यो कथा लाई अपुरो नछोड्ने वाचाका साथ आएको तेस्रो भाग



 



मैले राधा पढेर सिध्याइसकेकी थिएँ । एउटा अनौठो छाप छोडेर गयो राधा
मेरो मनमाँ
,पुर्णतय स्त्री चरित्रवादी र मैले सोचेको
भन्दा थोरै पृथक अन्त्य!खुशि लाग्यो आखिर केहि त नयाव खुराक पायो मेरो जीवनले , टेबलमा
बस्दा बस्दै आभाष याद आयो , याद आयो पनि किन भनौँ मैले त उसलाई बिर्सिरहेकै छैन नी
हिजोदेखि !टेबलको कुनामा बसेँ उसको लिजर टाइममा आइपुग्ला ,अफिस नजिकै छ भनेको छ
खाजा खाने ठाउँ खोज्दै आएको उ , ब्यग्रता मेरो लागि मात्रै त पक्कै पनि होइन होला ,ढोका
ढप्किँदै खुल्दै गर्यो चौतारो जस्तो क्याफेमा धेरै आउँदै सुस्ताउँदै अनि फेरि
हराउँदै गए ।



मैले बिस्तारै ब्यागबाट आफ्नो ल्यापटप खोलेँ ,हिजोको भेटले मलाई नया
कथा दिएको छ । म यहि चियापसलबाट एउटा कथाको शुरुवात गर्छु ,यहि चियापसलमा हुन
सक्ने टेबल गफहरु मात्र लाई लिएर जसमा केवल दुइ पात्र रहलान् , सानो रंगमन्च रहला
किनकी ति दुवै त्यो क्याफे बाट बाहिर निस्कनेछैनन् ।एउटा अनौठो प्रयोग गर्नेछु म
फलैँचामा ,कसो मन नपराउलान् फरक प्रकृतिका बस्तुहरुलाई धेरै मान्दछ दुनियाले , म
फलैँचामा एउटा नया आयाम थपिदिनेछु ।यो गाह्रो छ होला यदि आभाष फेरि भेटिएन भने
मेरो यो कथाको लागि मात्रै पनि आभाष फेरि भेट्टिइनु जरुरि भएको छ । उ आउँछ होला
अथवा भनौँ मेरो सात नम्बरको टेबलले उसलाई फेरि तान्नेछ । मैले माथिको तस्विरलाई
फेरि नियाले उसको पानी बोकेको यात्रा टुंगिएको थिएन।



कथा फुर्दै गयो एउटा केटा बाट शुरु गरेँ मेरो कथा मैले ,मलाई आफू केटी
नै भए पनि केटाका मनोविग्यान हरु मन पर्छन् युवकको आँखाबाट स्त्री हेरीएको कल्पना
नै मात्र पनि रहरलाग्दो हुन्छ ।छेउ छाउका चलायमान चिजहरु कथाका शब्दहरुमा उत्रिदै
गए ।मलाई मैले लेखेको कथा रमाइलो लागेको थियो ।थोरै अड्किए जस्तो भए पछि मैले फेरि
ब्ल्याक कफि मगाएँ ।त्यो यात्रामा गाडि मा प्रयोग गरिएको मबिल जस्तै हो ,ब्ल्याक
कफिको तरलताले कथालाइ चिप्ल्याउँछ यसरि बगाउँछ कि कतिखेर कथाको अन्त्य आइसकेछ
स्वयँ लेख्ने मलाई समेत थाहा हुन्न ।



सुन्दा सबैलाई हाँसो उठ्ला तर म कहिल्यै कथाको अन्त्य सोचेर लेख्दिन ।
कथाहरुले आफ्नो अन्त्य आफैँ खोज्नु पर्छ हामी त केवल साधक हुँ कथा सँग को यात्रामा
आफ्नो जीवन पनि छोडेर बगिदिने !



घडि हेरेँ । करिब दुइ बज्न आँटेको थियो । हिजो हुन त मैले घडि हेर्ने
न समय पाएँ न घडि हेर्ने रहर नै जाग्यो तर मलाई लाग्छ ।हिजो आभाष आउँदा पनि यस्तै
यस्तै समय भएको थियो । उसलाई कम्प्युटर सँग जोडिएका कुराहरु मन पर्दैनन् ।म उसबाट
सकेसम्म मेरी सुगन्धालाई लुकाउन चाहन्छु । सुगन्धा मेरो नभएकी विश्व हो , मेरो
कुनै शुभचिन्तक ले नै भने जस्तो । मैले ल्यापटप भित्र राखेँ झोलाको अनि किताव
झिकेर पढ्न बसेँ । आधा बाटो धारावासी को आफ्नै कथा रहेछ । मलाई रमाइलो लागीरहेको छ
धारावासीको किताब यात्रा ,यो भन्दा पहिले मैले ध्रुवचन्द्र गौतम रोजेकी थिएँ
।रमाइलो भइराखेको छ मेरो फलैँचाको जागिर ।किताबहरु सँग को सम्बन्ध । त्यो एउटा
पुरुष सँग बिताएको रात जस्तै मादक हुँदो रहेछ टासिइरहुँ झैँ लाग्ने ,छोड्न मन
नलाग्ने र किताब सकिएर सर्वांग उधारिएको बेला पनि पल्टाइरहुँ लाग्ने पाना पाना
खेलाईरहुँ लाग्ने ।



घडिको सुइ बिस्तारै बिस्तारै घुमिरहेको थियो । प्रतिक्षामा घडि
बिस्तारै नै घुम्छ भनेर त स्वयं आइन्स्टाइन को थियरि अफ रिलेटिभिटी ले मानेको कुरा
हो मैले नमान्ने त झन कुरा नै आएन । ढोका मा मैले हेर्ने टाइम ग्याप बिचको
फ्रिक्वेन्सी बढ्दै गयो । आभाष आज आउदैन जस्तो छ । थोरै रिस उठ्यो ,थोरै चिन्ता पनि
लाग्यो । उ सँग मैले उसको नम्बर मागिनछु ,अब आभाषलाई खोज्ने कसरी ? यो प्रश्नको
जवाफ म सँग छैन । म थोरै छटपटाएँ किताब बन्द गरेँ ,अर्को चोटि मेरो उ सँग भेट हुने
सम्भावना कत्तिको छ त ?शायद आज जस्तै काला दिनहरु भए भने त छैन नै होला । तर हैन
उसले यदि साँचो बोलेको हो भने आज नभ्याएको पनि हुन सक्छ ।म जति छटपटाईरहेको छु
पारि पट्टि पनि त त्यस्तै प्रतिकृया हुनुपर्छ । मैले सोचेँ ,ठिकै छ भोलि त अवश्य
नै आउला !



छेवैको टेबल मा केहि कुरो मिलेनछ । फुच्चे लाइ गरिरहेको गालीले म थोरै
झस्किएँ । कसैको पेन्ट मा चिया चुहिएको कथा जस्तो लाग्यो । हेरेँ उसको पेन्टमा
कुनै रचनात्मक फरक भने परेको थिएन । फुच्चे टुलुटुलु निरिह आँखाले उसको पेन्टमा
लागेको दाग कहाँ नेरि छ भनेर खोज्न ब्यस्त थियो । उ आफ्नो गल्तिलाइ उसको पेन्टमा
खोज्न खोजिरहेको थियो ।देख्ने खाले गल्ति थिएन हुन त गल्ति सुक्ष्म थियो तर उसले
देखिने खाले बृहत सजाय पायो । गालिहरु रोकिन मानिरहेकै थिएनन् । उ सँग गालिको अथाह
भण्डार छ जस्तो थियो । उ एक एक अस्त्र युद्दमा छोडेर आफ्ना प्रतिद्वन्दिलाई घायल
गर्न खोजिरहेको जस्तो थियो । धेरै बेर सुनिरहेँ शब्दहरुले मलाई नै घोचिरहेको जस्तो
लाग्यो । म केहि पनि गर्न सक्दिन , मैले केहि भने भने उ म तिरै खनिनेछ , उसका
भण्डारमा अझ पुन प्रयोग गर्न मिल्ने धेरै अस्त्र होलान जसको मलाई डर लागिरहेको छ ।
नैतिक मान्छे कायर हुन्छ ।एक छिन सम्म बिरक्त लाग्यो । मान्छे हरु किन यति निरिह
हुन्छन् , उसले आफ्नो काम छोड्न सक्दैन , अनि मान्छेहरु किन यति कुरुप हुन्छन  छेवैको टेबलको को रिस शान्त भइरहेको थिएन ।



म फेरि आफ्नो कथामा फर्के । आज केहि लेख्दिन भनेर थन्क्याएको ल्यापटप
फेरि बाहिर निकाले ।विन्डो को उहि सुनिराखेको धुन फेरि सुनियो । कथा लेख्न फेरि
शुरु गर्न खोजेँ तर अहँ शब्दहरु पटक्कै उक्किएनन् । मेरो कथा अड्किएको छ । पहिलो
भागमैँ ।हिजो देखि शुरु भएको कथा मेरो पहिलो भाग मैँ अड्कियो शायद यो कथाको अन्त्य
गर्न फेरि चियापसलमा आभाष झुल्किनुपर्छ ।



क्रमश:



 



 



 



 



           



 



 



 



 





 
Posted on 06-02-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यत्रो दिनपछि आएर त्यसरी कथा अड्काउन पाइदैन।
फुच्चे तिमी धेरै दिन गायब हुन मिल्दैन।
 
Posted on 06-02-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यत्रो दिनपछि आएर त्यसरी कथा अड्काउन पाइदैन।
फुच्चे तिमी धेरै दिन गायब हुन मिल्दैन।
 
Posted on 06-02-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<सुन्दा सबैलाई हाँसो उठ्ला तर म कहिल्यै कथाको अन्त्य सोचेर लेख्दिन ।
कथाहरुले आफ्नो अन्त्य आफैँ खोज्नु पर्छ हामी त केवल साधक हुँ कथा सँग को यात्रामा
आफ्नो जीवन पनि छोडेर बगिदिने !>>


 


क्या दरो कुरा गर्‍यो फुच्चे ले भने मन नै कुटुक्क भयो ।


हरे आज को डज बन्दा बेसी त पशुपतीको प्रशाद पनि धेरै पाहिन्छ के ग्र्या यस्तो फुच्चे ले


 
Posted on 06-05-09 6:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

finally I got all the comments viewed........
Perfectionist -यो त अचार हो नि त थोरै थोरै खाउँ रमाइलै होला हैन र !अनि कथा बिस्तारै बए पनि गुडाउँला नअड्काईकन , साझा मा नाम पाइया छ यसै ढिलो उसै ढिलो हाहाहाह
गुच्चाचोर धन्यवाद ,फलैँचा भनेको चौतारो हो ,शायद यो शब्द पुर्व तिर मात्रै प्रयोग हुन्छ होला !
नक्कली आज देखि तिम्रो नाम फुच्चि है कस्तो रमाइलो !
साहिँलि तिमी खालि म सँग गनगन मात्रै गर्छौ बिमारि छु भन्यो भने हेर्न आउँदैनौ होला अम्रिका बाट भनेर मात्रै नभनेको आफु मरी मरी लेख्यो कथा अड्कियो रे ल फुकाइदिएँ फेरि ल जा !!!
बैरे धन्यवाद प्रसाद सम्झेरै खाउँ अर्को भाग आयो अब !!!!


 
Posted on 06-05-09 6:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

planet 10 thanx ..........n other readers thanx so here goes my 4th part!!!!!!!!!!!!!



फलैँचाको अघिल्लो महिनाको इन्स्टलमेन्ट आएछ ।मेरो
एकाउण्ट चेक गर्दा थाहा पाएँ स्कुटर किनुँला भनेर सोचेकी थिएँ ।त्यति सम्म पैसा
निक्लिने भयो । मान्छे किन भौतिक हुन्छ खाली ?मलाई थाहा छ कथा मेरो जीवन हो तर
फलैँचाका इन्स्टलमेन्टहरु बिना मेरो जीवन चल्दैन । मान्छेको चाहना र वास्तविकता
पराकाष्ठा एक अर्काका कट्टर दुश्मन हुँदा रहेछन् । यो महिना न मेरो जीवनमा उतार
चढाव आइरहेको छ ,फलैँचाको इन्स्टलमेन्ट पनि घट्ने निश्चित प्राय छ। आभाष लाई
बिर्सिन कति दिन लाग्ने हो थाहा छैन एक हफ्ता देखि कथाहरु फुरिरहेका छैनन् ,मेरो
कथा रोकिएको छ । म मात्र पढिरहेको छु अरुका जीवित शब्दहरु तर जीवन चिन्नलाई आफू
पनि त जीवित हुनु पर्यो आजकल मेरा हरफहरु शितनिन्द्रा मा छन् आभाष आउँछ झस्क्याएर
बिउँझाउँछ भन्ने आशमा ।



मैले यो हफ्ता भरी मात्र बिपिका किताबहरु खोतलेँ
। धेरै रमाइला रमाइला सम्बन्धहरु भेट्टाएँ । धेरै बेर सोचेँ मायाको पराकाष्ठा के
हो त ? सामिप्यता के शरिरबिच मात्र हुन्छ र के सामिप्यताको अन्त्य हरेक पटक
बिछ्यौना नै हो ? के अन्त्य बाट अर्को नयाँ शुरुवात खोज्न सकिन्छ । किन बिपि आफ्ना
सानो हुँदा का कुरा केलाउन नसक्दाका मायाका कथा लेख्छन् ?के दिमागले माया गर्न
जान्दैन ?मान्छे ठुलो भएर बौद्दिक भएर माया गर्न सक्दैन , के माया दिमागको
,बौद्दिकताको हत्या हो त त्यसो भए ? मैले धेरै बेर कुरा हरु खेलाएँ मेरो प्रश्न को
उत्तर दिनलाई बिपि अब छैनन् । मैले आभाष र म विचको सम्बन्धलाई पनि बिभिन्न लेखकका
किताबहरु बाट हेर्न खोजेँ तर हामी आखिर कथाका पात्रै त थिएनौँ । मैले किन उ सँग
परिचय लुकाएँ ?सहि थियो गलत थियो ? केहि न केहि त पक्कै थियो आखिर ! जवाफ म सँग
नहुनु को अर्थ जवाफ नै छैन भन्ने पनि त होइन नि !



केहि मेलहरु आएछन् अहिले को कथा किन अड्किरहेको छ
भनेर , शुरुवात राम्रो छ भनेर धेरैले लेखेका थिए । केहि खड्किरहेका कुराहरु मलाइ
लागिरहेका थिए दुइ चार जनाले औल्याइदिएछन् । मलाई थाहा छ प्रशंशाका हजार मेलहरु
भन्दा ,केहि गल्तिहरु औँल्याइदिने दुइ चार मेलहरु मेरो पेशाको लागि लाभदायक हुन्छन्
।जहाँ सम्म कथाको कुरा छ त्यो मेरो वश मा कहाँ छ र ?मैले एउटा नौलो प्रयोग पो
गरेकी हुँ त आफूले आँफैलाई कोर्ने अन्तर्प्रयास । पात्र म र लेखक म को बिचको तर
मेरो नायक आभाष हराएको छ ।



टाउको दुखे जस्तो भयो ।



भाई !!



फुच्चे टाढै थियो मैले जोडले कराएँ । उसले मलाई
हात देखायो ।शायद यस्को तात्पर्य मैले तँपाई को कफिको अडर बुझिसकेको छु एक छिनमा
आएपुग्छ भन्ने नै होला ।



तिमीले ढाँटेकी रहिनछौ !



आवाज आभाषको थियो । मैले पुलुक्क हेरेँ । उ
दाह्रि किन काट्दैन । आज पनि उसको दाह्रि झुसे नै थियो । आज उसले चाहिने भन्दा
धेरै पर्फ्युम लगाएको छ ।शायद त्यो मेरै लागि थियो । मलाई पर्फ्युम को डार्क
प्रेजेन्स मन पर्दैन । उसले हेलमेट खोलेर टेबलमा राख्यो हेयर स्टाइल पनि थोरै
चेन्ज गरेको जस्तो थियो । उसलाई सुहाइरहेको थियो ।



के बारेमा ?



उ आएर मैले पाएको खुशि मैले लुकाएँ ।मैले पढेकी
छु लोग्नेमान्छेको अघि केटी जति रहस्यमयी देखिन्छन त्यति नै उनीहरु त्यसतिर
आकर्षित हुन्छन् भनेर । म उसको अघि खुल्न चाहन्न ।



तिमी सँधै यहि कुर्सिमै भेट हुन्छौ भनेर !



नौ दिन हराएको थियो उ दिन गन्ति गर्दा !



तिमी जति बिजि छैन नी म ! मैले उसमाथी कटाक्ष गरेँ ।



कसले भन्यो म बिजी थिएँ ? अफिसको टिम नै
पोखरा घुम्न गएका थियौँ !



रमाइलो भयो होला हैन !



रमाइलो त भयो तर तिमी पत्याउँदिनौँ एउटा
कुरा भने भनेँ !



के कुरा !



मलाई यो क्याफेमा बस्ने रहर थियो पोखरा
जानुभन्दा !



प्रत्येक भेट पहिलो भेट हुँदैनन् आभाष ! म मुस्कुराएँ ।



खोइ मलाई त आज पनि पहिलो भेट जत्तिकै
रमाइलो लागिरहेको छ , तिमी कहिले बिपि सँग हुन्छौ कहिले धारावासी सँग  तर मलाई त तिमी सँगै रमाइलो लाग्छ !
उसले आफ्नो कुरा एक वाक्यमा नै सिध्यायो



मैले हत्तपत्त आफ्नो हात हेरेँ , सुम्निमा अझै
मेरो हातमैँ रहेछ ।



मैले तिमी नआएका नौ दिनमा सिध्याइसकेकी
थिए ।



उसले म तिर अनौठो नजरले हेर्यो ।



तिमी धेरै कुराहरु लुकाइरहेकी छ्यौ जस्तै
लाग्छ । के हामी अझै साथि बनिसकेका छैनौँ ?



के छ र लुकाउन लायक जीवनमा ?
   मैले उसको आँखामा आँखा जुधाउन चाहिन
कहिले काहिँ आँखा लुकाएका कुराहरु बोलिदिन्छन् ।



      फुच्चे टेबल नजिकै आएर हामी दुवैलाई हेरिरहेको
थियो ।म पनि उसलाई हेरेर मुस्कुराइदिएँ । उ फेरि ङिच्च हाँस्यो । उसको गन्जि
काखिमा फाटेको छ । भोलि उसलाई एउटा गिफ्ट ल्याउनु पर्ला मैले बिहानै सोचेकि थिएँ ।
आज टेबलहरु प्राय खालि थिए । त्यसैले त उसले फुर्सद पायो हामीहरुका गफहरु सुन्ने ।
हुन त उ त्यस्ता माया प्रेम का गफ सुन्दा सुन्दा वाक्क भइसकेको होला ! क्याफेमा
दिन भरिमा धेरै जोडिहरु सँग भेट हुन्छ उसको । कोहि केटाहरु आएर उसमाथि रवाफ
देखाउँछन् प्रेमीकालाई म सर्वशक्तिमान छु भनेर जनाउन !कोहि उसमाथि सहानुभुति
दर्शाउँछन् ,आफ्नो प्रेमिकालाई म कति मायालु छू भनेर जनाउनलाई ! उ क्याफेमा
प्रेमिहरुको दर्शाउने साधन भएको छ ।



      त्यसो भए मैले नै चिन्नलाई ढिलो गरिरहेकी
हुँला !



      हामी दुवै जना सँग पर्याप्त समय छ ,एक
अर्कालाई चिन्नलाई !



      आज छैन , म यहाँ लन्च आवर भरिलाई मात्र
थिएँ ,भोलि भेटौँला !
आभाष ले बिल मगायो ।



यहाँ मेरो खाता चल्छ ,आभाष ! मैले उसलाई रोकेँ ,मलाई थाहा छ केटाहरु
बिलको कुरो आफ्नो स्वाभिमान सँग जोड्छन् तै पनि मैले उसलाई रोकेँ । उसले आफ्नो
ज्याकेट र हेल्मेट टेबल बाट उठायो अनि बाहिर निस्कियो !



क्रमश:



 



 





 
Posted on 06-05-09 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


ल फुच्चे, यो हर्लिक्स खाँदै लेख। मैले अन्लाइन फलफुल पनि पठाइदेको छु है। ल आराम गर्ने, हर्लिक्स खाने अनि कथा बढाउने।


 
Posted on 06-06-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

lau na ba ajhai malai nai fucchi re...


Avash chaina AVA  lai pathaidum ki bhanera sodhna lageko ta dhanna aja 9 din pachi jhulkecha Avash.....natra fucchu hoina hoina SADHANA hare tyo pani hoina SUGANDHA jhandai rune thi hola..bichari...SUGAHDHA WAL bhanne medicinal plant po yad ayo ta SUGANDHA le


 


Ani fucche CL le pathayeko Horlicks le pugena bhane tyo kun chain cafe ho tes ko address pam ta ma falful liyera amla ni  bhetna lai.


 
Posted on 06-10-09 5:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फुच्चे ज्यु,


मैले आफुलाई कालेदाइ भनेर नाम दिए पनि त्यती कालो चै छुइन, त्यस्तै तपाईं पनि त्यती फुच्चे चै छैन होला भन्ने आशा गर्दछु।


मान्छे फुच्चे भएर के भो त? कथा लेख्नलाई फुच्चे छैन क्यार?


मैले तपाईंको अघिल्लो कथाहरु पनि पढेको थिए। राम्रो छ, तर कमेन्ट् भने गरेको थीइन। त्यस मध्य यो भिन्दै प्रकारको कथा छ। अती राम्रो छ।    


कालेदाइ


 
Posted on 06-10-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

crazy thanx for horlicks........फलफूल नआइपुगि ठिक भइयो,"तिमीले सोध्यौ कस्तो छ भनी म सन्चो भइहालेँ !" भनेजस्तो।।।।।।कथा अड्काएको छैन है हेर !
नक्कलि आयो आयो कथा आयो
kaledai thanx for the post.........!

 
Posted on 06-10-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 



उ सँग त्यो दिन पनि मोबाइल नम्बर माग्न बिर्सिएछ
। हामी किन सँधै आवश्यकता भन्दा गहिरा कुरा गरेर आवश्यकताका कुराहरु बिर्सिदिन्छौँ
। मैले भोलिपल्टको भेटमानै उसको मोबायल नम्बर मागेँ । आभाष पहिला त खुबै हाँस्यो
पछि उसले मेरो मोबायल खोसेर आफै सेभ गरिदियो ।



आभाष आयो मेरो कथा पनि अघि बढ्यो आखिर ! उ त्यति
ज्यादा बोल्दैन ,धेरै नै कम पनि बोल्दैन म त भन्छु उ बोल्दै बोल्दैन उ आवाजले मनमा
शब्दहरु कुँदिदिन्छ उ एउटा चित्रकार हो उसका आवाजहरु चित्र बनाउँछन् मलाइ प्रकृति
चिनाउँछन् धेरै जसो उ कतै कतै हराउँछ म उसलाई फर्काउन खोज्छु फेरि उ आफ्ना
शब्दहरुबाट कहिले साउने झरि झार्छ ,कहिले झरि पछिको इन्द्रेणि देखाउँछ म मख्ख
पर्छु उसलाई नियालिरहन्छु उसले देखाएका तस्विरहरु को सानो अंशलाई म फलैँचामा
उतारिदिन्छु फलैँचाका मेरा प्रशंशक त्यहि अंशमा पनि प्रशंशाका हरफ हरु लेखिदिन्छन्
। म मख्ख पर्छु सोच्छु आजकल म फलैँचामा इम्पोर्ट ,एक्सपोर्टको ब्यापार गर्दैछु ।



अस्ति मात्रैको कुरा हो , उ त्यो दिन हतारमा आएको
थियो ।



तिमीले बदामी आँखाको बारेमा सुनेको छौ ?



अहँ कुनै विशेष प्रकारको आँखा हो ? मैले उ तिर हेर्दै अनभिग्यता दर्शाएँ ।



हो निकै नै बिशेष हो ,जब ति आँखाहरु
उठ्छन् तब झन विशेष लाग्छन् ,ति आँखा हरु ठुला हुन्छन् र जब परेलाहरु लामा हुन्छन्
ति ताल जस्तै लाग्छन् हरेकलाई डुबु डुबु लाग्छ ! मैले देखेको छु त्यस्ता आँखाहरु
तिम्रो ! तिमी कहिले काहिँ ऐना पनि हेर्ने गर ! देख्नेछौ विशेष आँखाहरु !
उसले सरल शब्दमा मेरो तारिफ गरिदियो ।
हुन त म तारिफ कि शौखिन होइन तर जब जब उ कहिले काहिँ समय निकालेर मेरो तारिफ गर्छ
। मलाई लाग्छ उ मलाई केहि उपहार दिँदैछ ,फूलका गुच्छाहरु जस्तो अथवा अझ नरम अरु
केहि !



मैले केहि पनि बोलिन ,
तर
मनमनैँ गुम्सिएका खुशिहरु दबाउन मलाई त्यो दिन अफ्ठ्यारो भयो ।



बिस्तारै बिस्तारै आभाष एउटा अनौठो शुरुवात दिँदै
छ मेरो जीवनलाई । उ बुझाउँदैछ ति कुराहरु जसलाई मैले किताबमा हालसम्म पनि भेटेको
छैन । माया गर्नलाई बुझिरहन जरुरि छैन ।उसलाई मैले उ सफ्टवेयर प्रोग्रामर हो ,एउटा
कम्प्युटर इन्जिनियर हो भन्ने बाहेक ज्यादा चिनेको छैन र उसलाइ शायद साधना सँधै
सात नम्बर टेबलमा बस्छे र उसले कफि मा चिनी नहालिकन खान्छे भन्ने बाहेक अरु कुरा थाहा
छैन होला । हामी घण्टौ समय बिताउँछौ त्यस्ता टपिक्सहरुमा जसको कुनै औचित्य र
प्राथमिकता छैन हाम्रो जीवनमा ,सँधै पानी पर्ने बेलामा देखिने कालो बादल नदेखिइकन
पानी पर्न सक्छ सक्दैन , आइसक्रिम नपगालिकन बाइकमा बानेश्वर बाट कहाँ सम्म पुग्न
सकिन्छ भन्ने कुराले कमसेकम उसको प्रोग्रामिंगमा कुनै महत्व राख्दैनन् । ति
कुराहरुले मेरो कथामा महत्व राख्न सक्छन् कसैको क्यारेक्टराइजेसनमा तर पनि !!! कथा
त जीवन बाट निक्लिनु पर्छ ,कल्पना बाट भन्दा !!!!



मलाई लाग्छ हामी जे पनि गफ गर्छौँ ति मात्र हामी
दुई बिचको समयको सिमा लम्ब्याउन लाई गर्छौ ,हामीलाई लाग्छ हामी हाम्रा बाध्यता लाई
जित्न चाहन्छौँ । तर त्यो त एउटै बाटो हुँदा मात्र न सम्भव छ । करिब एक महिना भयो म
र आभाषको भेटघाटको शुरुवात भएको , न उ मलाई कतै जाउँ भन्छ ,न मैले उ सँग कतै
हिँड्ने रहर देखाएकी छु । जीवन त्यहि क्याफेमा अड्किएको छ ।तर अड्किएको जीवन पनि रमाइलो
लागिरहेको छ ।



तर यो सम्बन्धको दोश्रो प्रहर के हो त ? उसले
मलाई कहिले भन्छ त आफ्नो मनमाँ पकाइराखेका कुराहरु ! मैले धेरै बेर सोचिरहेँ
सम्बन्धको अर्को पाइला मैले बढाउँदा के हुन्छ ?मैले उसलाई प्रस्ताव राख्दा के
हुन्छ ? मैले निर्क्योल गरेँ म नै उसलाई स्तब्ध बनाइदिनेछु । मेरो जीवनको पहिलो
प्रेम प्रस्ताव उताबाट आउने होइन म नै राखिदिनेछु ।



 



 



आज क्याफे मलाई उज्यालो लागिरहेको थियो । मैले
धेरै हिम्मत जुटाएँ यो निर्क्यौलमा पुग्नलाई । आज अरु केहि काम गर्न मन थिएन मात्र
आभाषको प्रतिक्षा ,मिठो प्रतिक्षा ,लामो प्रतिक्षा !



दिदी ब्ल्याक कफि खानु हुन्न ? मैले ल्याएको टि-शर्टले उसलाई एउटा नयाँ
सम्बन्ध स्थापित गर्न सजिलो भएछ । अस्ति भख्खरै उसको च्यातिएको टिशर्ट देखेर मैले
नयाँ किनेर भोलिपल्ट दिएकी थिएँ उसलाई । आज उसले मलाई दिदी भन्यो पहिलो पटक !



अली पछि खान्छु ल भाइ !



मैले पनि उसको सम्बोधनलाई आधिकारिकता दिएँ । उ
खुशि भयो । मान्छेले भेटेका साना साना खुशिहरुको महत्व ठूलो ठूलो हुन्छ मान्छेको
जीवनमा !



ढोका माथी राखेको घडि म बसेको टेबलबाट
स्पष्ट देखिन्छ । आज घडि साह्रै नै लोसे भएर घुमिरहेको छ । मैले त्यो घडिको
रफ्तारलाई अरु दुई तिन वटा घडी सँग चेक गरिसकेको छु । आझ सबै घडीहरु बिस्तारै
हिँडिरहेका छन् ।



 



आखिर दुई पनि बज्यो आभाष परबाट झुल्कियो
। मेरो मुटुको ढुकढुकि बिस्तारै बढे जस्तो भयो । मैले जति हिम्मतका साथ हिजो फैसला
गरेकी थिएँ म उ समक्ष प्रेम प्रस्ताव राखीदिन्छु भनेर त्यो भन्दा गाह्रो रहेछ ।
मेरो हिम्मत हार्दै गयो । उ नजिकै आयो । म मात्र मुस्कुराएँ ।



मेरो मुस्कान शायद मेरो डरको उपज थियो ।



आज नर्भस छौ नि किन ? आभाषले  मलाई प्रश्न राख्यो ।



मैले तिम्रो कारणले हो भन्न किन सकिन ,
मेरा
शब्दहरु घाँटीमै कतै अड्किए ।



छैन त ! किन म त्यस्तो देखीइरहेको छु र?



मलाई त्यस्तै लाग्यो । 
उ मेरो अघिल्तिरको कुर्सिमा बस्यो । मेरो बाहिरि विश्व छेकेर । म मात्र
उसलाई देखिरहेकी थिएँ अहिले !



तिमी सँग एउटा कुरा सोध्नु छ !



के भन न ! उसले मलाई हेर्यो । मैले उसले नदेख्ने
गरी आफ्ना औँला हरु पड्काउन खोजेँ । के मेरा हातहरु कामिरहेका छन् । आफ्ना खुट्टाहरुलाई
हेरेँ ।



तिमीलाई थाहा छ हाम्रो भेट भएको ठ्याक्क
कति दिन भयो ?



तेत्तिस दिन हुन बिस मिनट बाँकी छ ! उसले भित्ताको घडी हेर्दै जवाफ फर्कायो ।



उ मैले सोचे भन्दा दुइ कदम अघि थियो । के उसलाई थाहा थियो मैले उसलाई
यो प्रश्न राख्नेछु भनेर पक्कै पनि थिएन होला !! मैले शब्दका पुलहरु भेटिरहेको
थिइन जसलाई जोड्दै जोड्दै उसको मुटु सम्म पुगुँ ।



भाई ब्ल्याक कफी ! आखिर मैले फुच्चे सँग ब्ल्याक कफि माग्नै
पर्ने भयो !



क्रमश:



 


 
Posted on 06-10-09 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अरु भन्दा एकदम पृथक लाग्यो मलाई यो कथा, really amazing...........
 
Posted on 06-10-09 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

म नि आउँला पद्काइराथें काँ एक्कासी ब्लाक कफी मागिरा, क्या बबाल फ्लो हो यो गुरु, सल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल्ल बग्ने। रमाइलो लाग्यो, हुन त यो प्रतिकृया १००० प्रतिकृयामा बिलाउन्छ होला तर साची भन्न पर्दा सार्है राम्रो लागिराछ लेख, अली ढिलो भो आउन भन्न मात्र खोजेको। गल्ती देखाउनलाई आफुले पैले देख्न पर्‍यो नि, खै म त केइ गल्ती देख्दिन, एउटा उत्कृष्ट कथा मात्र देख्छु, जय होस् 

 
Posted on 08-02-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Frens sorry I couldnt post the story in time (As always).......Actually I was thinking is the story really looking logical or not........the point i m trying to make in this story may look bit illogical.........तर अन्त्यमा मलाई लाग्यो मैले यो अपुरो कथालाई किनारा लाउनै पर्छ । मैले फेरि यो कथा लाई गुडाएको छु,,,,,,,,,,,,,,
ek@l n perfectionist thanx for ur sweet comment ..............!





आभाष ! मैले गहिरो आवाज निकाले ,जब आवाजहरु कुनै शक्तिको
बिरुद्दमा निक्लिन्छन् तब ति गहिरो हुन्छन् ।



हजुर ! उ पनि कतै हराइरहेको थियो ।उ पनि
झस्किएको थियो ।लाग्छ हराउनु हामी दुवैको आवश्यकता हो ।म त उसमा हराइरहेको छु उ के
मा हराइरहेको छ त ?



मलाई थाहा छैन शायद म हतार गरिरहेको पनि हुन सक्छ
!
यि शब्दहरु उसले मलाई भनिदिएको भए मलाई कति खुशि लाग्ने थियो होला तर
अफसोच उसको अगाडि म फर्स्ट मुभ चलाइरहेको छु ।



उसले मेरो अनुहार नियाल्यो ,थोरै हाँस्न खोज्यो ।हाँसो
जब कृत्रिम हुन्छ त्यतिखेर पटक्कै पनि राम्रो देखिदैन ।



केहि केहि त म बुझिरहेको छु साधना ,तिमीले मलाई त्यो कुरा राख्नु
पहिले मैले शायद एउटा कुरा तिमीलाई राख्नुपर्ने हुन्छ !
आभाष यसपालि गम्भिर देखियो ।



मलाई थाहा छ हामी एक अर्कालाई एकदम कम्ति जान्दछौँ तर।।।। मैले आफ्ना शब्दहरु पुरा गर्न पाइन्न !



यसलाई समय हैन त्यो समयको गुणस्तर चाहिन्छ ,त्यो समय भित्र आत्माले
भेट्ने सन्तुष्टी चाहिन्छ तर कुरा अर्को पनि छ !



उसले
कुरा बंग्यायो । मैले कुरा बुझेँ उ मेरो प्रस्तावलाई अस्विकार गर्नुभन्दा प्रस्तावनै
नआओस् भन्ने चाहन्छ । किन उसलाई मेरो खुशिको त्यति चिन्ता त यदि उ मलाई मायै
गर्दैन भने !



डु यु ह्याभ गर्लफ्रेण्ड ? म सँग यो बाहेक प्रश्न बचेन !



थाहा छैन !



म चुप भएँ ।



थाहा छैन भन्नाले ?




थोरै अधैर्य भएँ । मलाई थाहा छ धैर्यताले त्यतिन्जेल सम्म साथ दिन्छ जबसम्म
पिडाहरु नरम बनिरहेका हुन्छन् जब पिडा शक्तिशाली हुँदै जान्छ तब धैर्यता कमजोर
हुँदै जान्छ ।मेरो धैर्यताले मेरो साथ छोड्नु कुनै अचम्म हैन ।



एक तर्फि हो अहिलेसम्म !



आभाषले
यसपालि मुख फोर्यो ।



अब
कुरा सिद्दिइसकेको थियो । म उसलाई चाहन्थेँ यो कुरा उसलाई थाहा थियो शायद र त उसले
मलाई रोकेको थियो मेरा शब्दहरु हरुलाई बाँधेको थियो । उ अरु कसैलाई चाहन्थ्यो र
उसको अरु कसैले उसलाई के गर्छे उसलाई थाहा थिएन ।



किन
सम्बन्धहरु यति जटिल हुन्छन् कहिले काहिँ । मैले बाहिर हेरेँ बाहिर अँध्यारो भएको
थियो समय त्यति धेरै भएको छैन तर आकाशभरि कालो बादल मडारिइरहेका छन् । शायद उनिहरु
सम्पुर्ण शहर नै धुन चाहन्छन् । ए आकाश सक्छस् भने यत्रो गर्जन गर जसले मेरो मन
भित्रको द्वन्द पनि डराओस् । यसरि बर्सि कि मेरो मनमा बसेको उसको तस्विर पनि
मेटाइदे !



तिमीले भनेको छौ उसलाई ?



एकछिन
को लागि अब मैले आफ्ना कुराहरु बिर्सिने प्रयास गरेँ ।



आभाषले
टाउको हल्लायो !



आभाष
यस्तै छ उ सँधै नचाहिने गफ मात्र गरिरहन्छ चाहिने कुरा भन्दैन । मलाई थोरै रिस
उठ्यो । आफू देखी पनि आभाष देखि पनि ।



कहिले भन्छौ त ?



म तिमी जतिको साहसी पनि त छैन ! उ म तिर हेरेर मुस्कुराउन खोज्यो ।




मलाई जिस्क्याइरहेको छ ,मेरा भावनाहरुलाई उ हलुका बनाउन खोज्दैछ वा आफ्नो विवशता
लुकाउन खोज्दैछ ।



यसमा साहसको कुरा कहाँ बाट आयो र ,भेट बाक्लो बनाउने भनिदिने ,तिमी
अनप्रोडक्टिभ ठाउँमा धेरै भेटघाट गर्छौ !



मैले
आफूले आफैँ माथि कटाक्ष गरेँ ।म त अब यस कथामा एउटा सहायक पात्र मात्र भएकी छु फगत
सहायक पात्र जसको कथामा खासै महत्व हुँदैन ।



तिमीलाई मैले असल साथीको रुपमा हेरेको छु ! उसलाई मैले आफैँ माथि गरेको कटाक्ष मन
परेन । उ किन म माथि निष्ठावान हुन खोज्छ सँधै । मलाई थोरै थोरै झर्को लागी पनि
रहेको थियो आखिर म पनि त सामान्य मानव नै हो ।



त्यसो भए अब आउने भेटमा भनिदेउ ,कहिले काहिँ धेरै ढिलो भइसक्छ !



मैले
कुरा टुंग्याउन खोजेँ ।उ अब मेरो हुन सक्दैन । कुराहरु लम्ब्याउन को कुनै औचित्य
छैन ।आखिर मैले पनि उसले गरेको रिजेक्सन बाट ओभरकम गर्न समय पाउनुपर्छ ।



अहिले सम्म भेट भएको छैन ! आभाष ले म तिर हेर्दै भन्यो । उसले शायद
म सँग केहि सहयोग खोज्दैछ ।



नाम थाहा छ ? मैले सबभन्दा सरल प्रश्न गरेँ ।कम्तिमा
आफ्नो मायाको नाम सम्म थाहा हुनुपर्छ । यो मायाको अक्जिअम हो ।



शायद !



मेरो
रिस मेटिँदै थियो बिस्तारै बिस्तारै । अब आभाष मलाई बिचरा लागिरहेको थियो !



शायद ,केटाको नाम जस्तो छ !



मैले
उसलाई जिस्क्याएँ !



शायद उसको नाम हैन ,मान्छेले उसलाई चिन्ने नाम मलाई थाहा छ ,त्यो उसको
वास्तविकता हो होइन मलाई थाहा छैन ,उसको र मेरो मात्र चिठ्ठीमा कुराकानी हुन्छ ,उ
असाध्यै सुन्दर छे र उसले आफ्नो राखेको नाम पनि सुगन्धा !!!!!!!!!!!!!!!!!!!!



अब
के भन्ने मलाई थाहा थिएन



क्रमश:



 





 
Posted on 08-02-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Fuchhe keto Ji,                      

                 यो कथामा कमेन्ट नलेखी रहन सकिन किन भने धेरै पछी फरक खालको कथा पढ्न पाए| जिन्दकी एस्तो भये कस्तो हुन्थ्यो होला अनी साधनाले अब कसरी सुघन्धा भनेर चीनाउने होला| अर्को भाग को पर्खाइमा ......................
 
Posted on 08-03-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Ohh hoo Fucche,


 


Ek barsa pachi jhulkiyera...yesto pani huncha? Ma ta aba yo katha pani audharai hune bhao bhanethaneko, arko euta naulo swad padhna paiiyo sajha ma.


 


Ani hoina yo katha padhera ta "GAJINI" yaad ayo hai, feri SUGHANDA=SADHANA  bhanera chinaunai napaula hai....my wild guess ni...


Kahani mei twist re k..


Nice to read u after long time fucche..nice going..


 
Posted on 08-03-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Nepali babu101 thax for the comments
Nakkali sorry first...........and ur wild guess is such a descent guess yaar........त्यस्तै बनाईदिउँ???

 
Posted on 08-03-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I am a silent reader, so never commented on any of the stories. I salute for your writing skills. I dont have words to comment but I believe it will give you more energy to write more in future. Keep it up.



 
Posted on 08-07-09 5:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

""ur wild guess is such a descent guess yaar........त्यस्तै बनाईदिउँ???""

Fucche..nai nai hunna, testo bhayo bhane ta ma pani katha adhuro nai choddinchu na padhikana la ja ta...
Tyo Gajini herda last samma pani hare tyo kt le hero bhanne manche ko ho tha payeko bhaya hunthyo ni
bhai ra thyo', tai tha paihalcha ki bhanera movie 2-3 patak here anhan tha payakai hoina...aba feri kaha yo katha pani tesai garna hunna....bichara...
tara ma writer parina, kahini mein twist ..bhandai k hune ho kunni..

lau na chito lekhnu paryo fucchu

 
Posted on 02-28-14 10:22 AM     [Snapshot: 6891]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल हेर कस्तो राम्रो बगेको कथालाइ सित्तै बाँधले थुनेर .....

ल फेरी सुरु गरेर अन्त्य गर्न पारो यो कथा पनि ये फुच्चे साथी .....

- थाहा छैन
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Why you can't trust the vaccines 100%
Divorce Law in Nepal.
भाउजु आउनु भाकी छिन रे नि !
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
~चौतारी १९९~
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Gemstones in Nepal
Nepali Billionaires & Millionaires
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
होलीको नाममा यस्तो अश्लिलता देखियो
360 Nepalese Professors in the US Colleges and Universities
Don't apply Canada Immigration through COLIN R. SINGER
हामीहरुले २० जना केटिहरुसंग सेक्स गर्नै पर्छ रे नी !
TPS to GC (PERM-I140-I485) TimeLine
TPS FEDERAL NOTICE
नेपालमा बढ्दै गरेको यौन बिकृति
Finally tps extended (18 months) ( full statement)
नफर्किने गरि नेपाल जाने सोच
Don't apply Canada Immigration through COLIN R. SINGER
Former U.S. President Bill Clinton in Nepal
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
~चौतारी १९९~
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters