Posted by: chipledhunga April 16, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तिमीलाई म के भनूँ
फूल भनूँ कि जुन भनूँ
उपमा धेरै म के दिउँ
तिमीलाई मनकी मायालु भनूँ


बिहिबारे जदौ सबै कामचोरहरुलाई।


केली, छु ख? ठुल्दाइको छिमेकी नहुने जस्तो कुरा गरेको हो कि कसो? कता सर्ने भयौ? ल आज त एक लेसन नपढाइ भाग्न पाउँदैनौ है।
बिष्टे, तिम्रो रेसिपी ट्राइ मार्न पर्ला एक दिन।
रिट्ठे, बिर्खेले त जाडोमा भेट्ने कुरो गर्थ्यौ, तिमी चाँही गर्मीमै आउने कुरा गर्दै छौ। आउ न त, खसी ढालौँला। सेकुवा बनाउन पनि सजिलै छ, एक छिन् घाममा राखे पाक्छ।
ठुल्दाइ, एक घण्टा बाँकी छ जस्तो छ।  तैपनि बीच बीचमा आउँदै गर्नुहोस्, चौतारीपरायणतामा प्रश्न चिन्ह लाग्नबाट बच्नुहोस्।
बैरे, म पनि भोक लागेर कसैले लन्च ल्याएको छ कि भनेर आएको, खडेरी नै रहेछ।
हर्के रिक्साको हरन बजाएर कता लाग्या हो?
नाम छुटेका कोही अनी आउँदै गरेकालाई तारेमाम।            

Read Full Discussion Thread for this article