Posted by: perfectionist April 14, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
ह्यात तेरिका हर्के, कस्तो नाम सम्झायौ नि तिम्ले, सप्पै कुरो आँखा अगाडि झल्-झल्ती घुम्यो, सिनामंगल, ओह्हो त्यो ठाउँ लौ न अब खेत खन्नै नसकिने भएं म त।

बिस्टे, त्यो जुनेलीकाँ त नजानी, अस्ती त्यही आलु चिउरा चना खाको, बिछत्तै पारे नि, के भन्नु र, एता चौतारीयाँ यो बखत त्यो कुरो नगरुम, सम्झिन्दै काहाली लाग्छ बै

बरु त्यो पक्कुको रेसिपी चाँही सुनम न, घरआँ नि २ धार्नी खसी ल्याइराको, थ्याक्कै भो, म नि बनाएर टराइ मारी हेरुम, अनी जो-जो आउनी हो आए हुन्छ :)

खुशी, सप्पै ठीक थियो अघी सम्म, तर हर्केले त्यो ठाउँ सम्झाएछी चाँही खै के खै के भो

एह, अनी हिजो अस्ती मेरो शुभकामना नपाउनेहरुलाई आजै भे नि लिउम है, धेरै बाँकी छैन, लु नयाँ सालको शुभकामना, लु सक्यो, एत्ति मात्रै रेछ
Read Full Discussion Thread for this article