Posted by: chipledhunga April 14, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

कुनै उपमा छैन तिम्रो बदलामा लिने
तिमी त्यति सुन्दर चन्द्रमा लजाउने


झन्डै ११ महिनामा घटिसकेको बर्षको पहिलो दिनको शुभकामना अनि पहिलो तारेमाम सबै गाम्लेहरुलाई।
पूरे, बिष्टे, मार्साब, र रिट्ठे शुभप्रभात।
ठुल्दाइ, बाउचाले हल्ला फिंजाए जस्तो मेरो तालु नखुइलिएको तथा डेरामा केही दिनलाई पुग्ने आलुको मौज्दात रहेको जानकारी गराउन चाहन्छु।
नयाँ बर्षको उपलक्ष्यमा यसो चिया नास्ताको ब्यवस्था गरिदिनेको पूरा बर्ष नै झक्कासको हुने भन्ने खबर एक भरपर्दो सूत्रबाट प्राप्त भएको छ।


सबैको सुस्वास्थ्य होस् अनि उत्तरोत्तर प्रगति होस्। पढ्नेको पढाई सफल होस्, बिहे भएकाको सन्तानले डाँडाकाँडा ढाकून्, नभएकाको छिट्टै बिहे होस्। जागीर हुनेको जागीर बचोस्, नहुनेको जागीर मिलोस्।
देशमा टायर होइन बिजुली बलोस्, धाराको टुटी खोल्दा पानी बगोस्। राजमार्ग बन्द नहोस् अनि डिजेल पेट्रोलको अभाव नहोस्। राजनैतीक स्थिरता होस्, भारतीय अतिक्रमण रोकियोस्। आतंकबादी थुनामा परुन्। शान्ति आओस् आशान्ती जाओस्। गरीबी घटोस् भ्रस्टाचार हटोस्। प्राकृतिक प्रकोपले देशलाई नगाँजोस्।     
चौतारीमा औतारीहरुको कहिले अभाव नहोस्, मकुन्डेहरुले कहिले प्रवेश नपाउन्। हरेक बिहानी मीठो चिया नास्ता पाइयोस् अनि हरेक साँझ गीतान्जलीमा मीठा मीठा गीतहरु बजून्।   

Read Full Discussion Thread for this article