Posted by: serial April 6, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

फुटेको सम्चार


भर्खरै लाईभ रिपोर्टिङ सुनु अनी हेर्नु नै भयो होला। अब दोष जान्छ बिस्टु राम बिष्ट लाई। अहिले भर्खरै प्राप्त सुचना अनुहार बिस्टे गुप्ता बास को लागि गुप्त ठाउँ मा पुगेको अनी त्यो गुप्त ठाउँ नयाँ जर्सी को एउटा ठाउँ रहेको छ, पुरै ठेगाना भन्न मिलेन पछी खुसुक्क भन्ने नै छु। अब एकचोटी पीडित ब्यक्ती तर्फ ध्यान दिने हो कि


पर्वते - आयाss दुख्यो नि, आथाsss पोल्यो नि


पर्वतेनी - कत्ती कराइरा - एकछिन चुप लागेर बस्न सक्दैन - सिरियल पनि राम्ररी हेर्न दिदैन - चुप लाग एक्छिन


पर्वते - हेर एसको ताल - लोग्नेको हाल एस्तो छ, तर एसलाई भने सिरियल कै चिन्ता छ


पर्वतेनी - (वास्ता नगरि सिरियल हेरेर बस्छ)


पर्वते - होइन सुन्न छाड्यौ कि क्या हो - जा न बुढी अली आईस लिएर आउन न - पोल्यो भन्या


पर्वतेनी - हैन कोल्ले दुई दुइटा म: म: यकैचोटी मुख भित्र हुल्या त - खान नपा जस्तो - के मैले तिमीलाई बनार खान्द्या थिएन - सोमत नभएको मान्छे - अरुले के भन्यो होला - (रिस्ले चुर हुन्छ पर्वतेनी)


पर्वते - आयाsss आठआsss पोल्यो दुख्यो - निहुँ खोज्ने होइन अहिलेssssss


पर्वतेनी - के अहिलेsssssss, के चला हो तिम्रो हँ - कस्तो मान्छे तिमी न्याप्किन ले पनि तिम्रै टाउको फुट्ने, म: म: ले पनि तिम्रै मुख डाम्ने, बेल्ना मुख मा मैले हान्दा नि तिम्रै मुख कुचिने, जहाँ गए नि आँखा घुमाउनु पर्ने, बानी पनि त्यसतै


पर्वते - कती कराउन सकेको अहिलेsssss अहिलेsssss


पर्वतेनी - हैन अस्तिको पुगेन जस्तो छ तिमीलाई - आज त जिउ मालिसै गर्छु - लौ खा


पर्वते - आयाsssss हैन बुढी अब गर्दिन आयाsss




निक्कै गर्मा गर्मी चल्दैछ आज पर्वते कहाँ - अहिले को लागि यो बिज्ञापन  


सुन्दै हुनु हुन्छ फुटेको सम्चार  


बरिष्ठ चौतारी सम्वाददाता
लहरे कान्त लकौल
      चौतारी सम्चार
      

Read Full Discussion Thread for this article