Posted by: Birkhe_Maila April 6, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

फुटेको समाचार, स्थलगत रिपोर्ट:


 


लहरे- (टाइ मिलाउँदै, ठुस्स परेको मुख खोलेर बत्तिसि देखाउँदै क्यामेरमा हेर्दै) "दर्शकवृन्द, हामिले भर्खरै जिब्रो डामेर घाइते भएका काइते...आच्या पर्वतेको समाचार प्रकाशित गरेका थियौँ। यहि मौकामा चौका हान्न हाम्रा संवाददाता घटनास्थलमै उपस्थित हुनुहुन्छ। आउनुहोस वहाँले लिएको स्थलगत अन्तरवार्ता हेरौँ:


(टुँssss....झ्यार्र्र्र्र्रssss....टुँsss.....)


(टिभिबाट लहरेको थुतुनो गायब हुन्छ र एकैछिनको झ्यारझ्यार पछि संवाददाताको थुतुनो देखिन्छ। वरिपरी केहि मान्छेहरु हुन्छन, र कसैले ऐया आत्था गरेको र कसैले "मैले हैन मैले हैन" भनेको सुनिन्छ।)


संवाददाता- (पर्वतेतिर हेर्दै) " तपाइँको जिब्रो डाम्यो रे?? तात्तातो कुरा मुखभित्र हुल्न हुँदैन बनेर केट्केटि बेलामा बाले भनेको बिर्सेको?"


पर्वते- "कहाँ बिर्सनु नि, तर ठुल्दाईले आफ्नै मुखले "म:म जति तातो खायो त्यति मन रमायो, तारेमाम्" भनेकोले मैले पनि बाफ उड्दै गरेको म:म गनेर दुईवटा मुखमा हुलेर मुखको दुई गाला तिर लगेर चपाउन खोजेको नि!"


संवाददाता- "अनि?"


पर्वते- "अनि के नि, जिब्रो मात्र हैन मेरो तालु, गाला सबै डाम्यो नि!"


ठूल्दाई- (बिचमा कुरा काट्न खोज्दै) "असलि...."


पर्वते- " त्यसपछि एक कचौरा सुप चिसो हुन्छ कि भनेर यहि मुखमा हुलेको, राम राम राम त्यो पनि तातो रहेछ, मेरो त बर्बादै भयो नि, अब कतिदिन भात खान नहुने गरेर मुख दुख्छ!"


ठूल्दाई- (फेरि बिचमा कुरा काट्न खोज्दै) "असलि..."


संवाददाता- " भात खान नभए नि बोल्न चाहिँ म:म ले पोलेर झन सजिलो बनाइदियो जस्तो छ हेँख हेँख हेँख। (ठूल्दाई तिर फर्कँदै) " केहि भन्न खोज्दै हुनुहुनथ्यो तपाइँ?"


ठूल्दाई- " असलि म:म भनेको तातो म:म हो मात्र भनेको हो मैले, अब कसैले असलि म:म खान खोजेर सिधै भाँडोबाट मुखमा हाल्छ भने यो ठूल्दाई जवाफदेहि हुने छैन, म:म पकाएको जिम्मा सम्म लिने छैन, तारेमाम्"


संवाददाता- "तर म:म त तपाइँले नै बनाऊनु भएको रे नि त? वहाँले तपाइँलाई सु गर्नु भयो भने त तपाइँ फस्नुहुन्छ नि?"


ठूल्दाई- " हेर्नोस कसैको आन्तरिक मामलामा यो इलाहाबादि पस्दैन, नगरेको कुरामा ठुल्दाई फँस्दैन, तारेमाम्!"


संवाददाता- " हैन के कुरा गर्नु हुन्छ? म:म तपाइँले बनाऊनु भएको हैन?"


ठूल्दाई- " सत्य बोल्नु आजको खाँचो हो, ठुल्दाईले म:म बनाएको कुरा ठिक साँचो हो, तारेमाम्!"


संवाददाता- (अचम्म पर्दै) " अनि त? म:म बनाएको चाहिँ हो रे, आफू फँस्ने चाहिँ हैन रे? तपाइँ किन दुईजिब्रे?"


ठूल्दाई- (केहि रिसाउँदै) " दुई जिब्रो साँपको हुन्छ, झुठो बोल्दा कुरा पापको हुन्छ, तारेमाम्! मैले गरेको कुरा ---प्याज काटियो, आँशु झारियो, लसुन थिचियो पिठो मिचियो, हल्ला गरियो डल्ला बनाईयो, अचार पिनियो रउसि किनियो, त्यत्ति हो, तारेमाम्!"


संवाददाता- "अनि? सबै काम गर्नु भएको रहेछ नि, भनेसि तपाइँले बनाएको म:म खाँदा पर्वते घाइते भएर काइते अवश्थामा आएकोले तपाइँमाथि कानूनि कार्वाही हुन्छ नि!"


ठूल्दाई- " संवाददाताजी, तपाइँले माईक समात्न सिक्नु भन्दा पहिला कानूनको किताब घोकेको मान्छे यो यो राहुलभाई, झुठको कुरा धेरै बेस बस्दैन, यो ठुल्दाई अझ पनि फँस्दैन!"


(दुवैजनाको कुरा हुँदै जाँदा पर्वते टुलुटुलु हेर्दै थियो भने, बिस्टे बुढा चाख मानेर कुरा सुन्दै थिए)


पर्वते- " के रे? दुख मलाई भा'को छ, यसको क्षतिपूर्ती लिएर छोडिन्छ!"


ठूल्दाई- " म कानुनि मान्छे हो पर्वते मार्साप, वास्तवमा नै क्षतिपूर्ती लिनु पर्छ! मैले बनाएको म:म मैले जसरि बनाएको थिएँ त्यसैगरि खाएको भए केहि हुन्थेन, तर बिस्टेले स्टोभमा दम दिएर पानी उमालेर म:म खुब तताएर पकाएकोले यो भएको हो भन्ने थाहा पाउनुस, उनकै कठालो समाउनुस, तारेमाम्!"


संवाददाता, बिस्टे तथा पर्वते- "हँ?"


ठुल्दाई- "अँ!"


Read Full Discussion Thread for this article