Posted by: chipledhunga March 20, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

पर्वत्या माड्साब, कहाँ अमेरिकी तालले खर्च गर्नु? जेको भाउ देखे पनि ५० ले गुणन गरी नेरुमा बदल्थें अनि जे पनि महँगो लाग्थ्यो। मैले फजुल खर्च गर्ने भनेको वाल्मार्टको जंक फुड र भेन्डिङ मेशिनमा दुई चार डलर थियो। आवश्यक सामान अलिअली त किन्नै पर्‍यो।  ईन्टरनेट र ईमेलको सुबिधा म गएको एक बर्ष पछि मात्रै उपलब्ध भयो। मोबाईल त धेरै पछि लिएको हो मैले। त्यो बेला एकदमै धनी केहीसँग मात्रै हुन्थ्यो, सेट पनि अहिलेका जस्ता साना हुन्नथे।   १९९५ को कुरा हो, हाम्रो मिल्ने एक साथी (सामोवा टापूकी)को नजिकैको अर्को विश्वबिद्यालयमा पढ्ने साउदी अरेबियाको केटासँग चक्कर चलेछ। उसँग सेल फोन थियो। ओहो सेल फोन बोक्ने केटासँग हिंड्छे हो यो त भनेर कुरा गर्थ्यौं हामी।

क्रेजी, मरिचमान झोल र रूट बियर चाख न, पल्किन्छ्यौ कि त्यसैमा।
ठुल्दाइ, हेर्दै गर्नुहोस् न के के आउँछ अरु।
रिट्ठे सर, थपिन्छ पक्कै चिन्ता नगरम्।
बिष्टे, एउटा गजबकै अनुभव थियो डोर्मको बसाइ पनि। मेरो कलेजका चार बर्ष डोर्ममै बिते।   

Read Full Discussion Thread for this article