Posted by: ritthe January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
भुलचुक केही भा' छैन पुरे ! चौतारीमा नाना थरिका १००८ अवतारीहरु आउछन ! गोडा ८-१० सँग भेट घाट भो होला ! तर १ हुल बाँकी नै छन भेट हुन ! ति मध्धे कोइ निक्कै सोझा फरासिला गुनिलो छन (जस्तै म) ! कोइ भने बुङुर को कबाब खादा खादा हाम्रा पाखुरा जत्रा तिघ्रा भाका देख्दै 'हानी पो हाल्ने हो कि प्याच्च' जस्ता छन (जस्तै: हर्के) ! तेसै गरी कोइ भने नली खुट्टो मक्केर अहिले हो कि भरै ढल्ला जस्ता छन (जस्तै: जिम्माल बा) ! कोइ बाख्राको पुच्छर खा' जस्ता फुर फुर फुर गर्दै दस गाउ डुलिबस्ने छन (जस्तै: लहरे) ! कोइ छै २४ सै घण्टा खुकुरी लिएर तोङ्बाको मात सङै 'मैच्याङ' 'मैच्याङ' गर्दै हिंड्ने पनि छन (जस्तै: च्याङ्बा) ! कोइ भने आफ्नो डिङो बजाउदै गाउटोलका ठिटी हरु लाई सुइ सुइ सिट्टी मार्दै अरुलाई झारपात भन्दै फलाक्नेहरु नि छन (जस्तै: निसे)!  हो ति तेस्ता हरुको बारेमा यसो बेली बिस्तार लगाइदिये देखी तिमारलाई केही हेक्का हुन्थ्यो भनेर नि !
Read Full Discussion Thread for this article