Posted by: Deep January 22, 2009
Login in to Rate this Post:
0
?
निदाएका छन रे बन्धनहरु, ब्युँझेका छन रे अनि स्पन्दनहरु
भन्छन झुकेका उस्का ती परेलीहरु, अनि खुलेका ती अधरहरु
के चाहियो र अनि त? यो मेरो मन अनि यस्का बदमास रहरहरु ....
***********
स्वस्ती गरें सबैलाई। मायालुका रन्किन्दा अधरले भडकिदा रहरलाई जिस्काउदाको जस्तै मनमोहक होस साथीहरुको जीन्दगी।
अनि हर्के ब्रोलाई चैं सर्लाहीको जाडोमा ढुस्से छिचोल्दै चिहाउने त्यो पुरानो घामको सम्झना जस्तै न्यानो स्वागत।