Posted by: Birkhe_Maila January 21, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

खेद प्रकट:


हालै चौतारीमा हामिले चिहाउने मौका समेत नपाएको अवसरमा चौका हान्दै, हामि, हाम्रा जीम्माल्नीहरु र हाम्रो बारेमा अनेक प्रकारका अनर्गल प्रचारबाजीहरु भएको तर्फ हाम्रो गम्भिर ध्यानाकर्षण गएको छ। चौतारीमा प्रेषित्, संप्रेषीत, र सुचित गराइएका अनुचित तथ्यहरु नितान्त भ्रामक, अतिरंजीत, पूर्वाग्रही, ईर्श्यामूलक, गलत र झुटो भएको कुरा हामि अवगत गराऊन चाहन्छौँ। उक्त भ्रामक समाचारले हामि, हाम्रो पँहुच, तागत, बल, पराक्रम तथा बुढेसकाले जवानीमा नै प्रश्नचिन्ह लाएको कुरा जानकारी गराउँदै, सम्पूर्ण चौतारीबासीहरुमा यो अनुरोध गर्न चाहन्छौँ कि उक्त गलत समाचारमा नफँसी, हाम्रो नवौँ हैन एघारौँ विवाह हुन लागेको कुरा बुझिदिनुहुन र दर्खास्त शुल्क रु.२५ नभै रु. ५ तथा रु.१००० बराबरको मुस्कान रहेको व्यहोरा पनि उल्लेख गर्न चाहन्छौँ!


धनयवाद्


बिर्ख बहादुर बोगटी


 

Read Full Discussion Thread for this article