Posted by: cheli January 16, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        
नमस्कार गरें मैले नि सबैलाई । हाम्रातिर नि हिजो त सार्है जाडो थ्यो, 34 F जति, ( त्यो नि जाडो हो भनेर गाली गर्नुहोला मलाई, अब आफूलाई त जाडो लाग्यो क्यारे  ) आज चैं राम्रै होला जस्तो छ, मौसम !!!

राम्रा मान्छेको संगत, शिक्षा पाए पछि रत्नाकर जस्ता डाकु नि बाल्मीकी ऋषि बन्थे पहिले, उहिलेमात्र त्यस्तो होला, अहिलिको कलियुगमा त वाल्मिकी बरु रत्नाकर बन्लान् जस्तो लाग्याथ्यो मलाई । तर मेरो त्यो सोचाइ गलत परिणत भयो आज, लहरेले नि यसरी चिया, खाजा बनाएर ल्याउनु भनेको नि रत्नाकर वाल्मिकी बन्नु जस्तै त हो नि!! । लु बाबु, हाम्रो संगतले सुध्रिएछौ, खुशी लाग्यो,  गुरु पूर्णिमामा उपहार टक्र्याउन चैं नबिर्सिनु है !

अनि सबैजनाको Weekend Plans के छ त, सुनम् न यस्सो !!
Read Full Discussion Thread for this article