Posted by: chipledhunga January 6, 2009
~ * चौतारी-१३७ *~ New Year Special
Login in to Rate this Post:     0       ?        

बिपना नभै बाँचिदिने म भित्रका मेरा सपना
म रोए पनि हाँसिदिने मेरा प्यारा प्यारा सपना

झमझमाउँदो मंगलबारे बिहानीको जदौ।

ठुल्दाइ, तारेमाम।   

पशुपतिनाथको हामी सबैले कल्याण गरुन ।  यो चिसो बिहानीमा चिया नास्ताको ब्यवस्था गरिदिनेको पनि हामी सबैले कल्याण गरुन।

बिष्टेले कहाँबाट हिंजो तानसेनको कुरा झिकेको रहेछ। धेरै अघि त्यता जाने मौका मिलेको थियो। असाध्यै सुन्दर ठाँउ हो त्यो, खास गरी श्रीनगरको डाँडामा त जति बसे पनि नअघाइने जस्तो। बजार क्षेत्र पनि रमाइलो थियो, ठाडा उकाला ओरालाले भरिएका साँघुरा गल्लिहरु। असन, मखन आदि जस्ता काठमाडौंका स्थानसँग नाम मिल्ने टोलहरु पनि थिए। सुन्दर दरबार पनि थियो, माओवादीले ध्वस्त पारीदिहाले।  
Read Full Discussion Thread for this article