Posted by: chipledhunga December 18, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, पढेर केही लेखिदिनु भयो, हमारो दिल भि खुश भैइगयो।

बिष्टे, त्यति बेला म भने रमिते भएर दुइ चोटि हेर्न गएको थिएँ। पहिलो चोटि जाँदा बेलिब्रिज जडान भएको थिएन। बगाएको पहिलो पुल अर्थात् महादेवबेंशीसम्म गएँ त्यो बेला। पुलको आधा भाग बगाएर शायद २०० मिटर जति पर पुगेको थियो होला। अस्थायी घिर्लिङ (तुइन)मा उर्लंदो अनि धमिलो आगरा खोलाको पानीको सतह भन्दा मुस्किलले दुई मिटर माथि झुन्डिएर खोला पार गरिएको थियो। खोलाको बगर हेर्दा थाहा हुन्थ्यो बाढीले कति भयानक रुप लिएको थियो भनेर। वर नौबिसेमा पनि सडकमा ठूला ठूला धाँजाहरु फाटेका थिए।

बेलिब्रिज कस्तो हुन्छ हेर्न भनेर पुलहरु जडान भए लगत्तै फेरि मलेखूसम्म गएको थिएँ।     

         
Read Full Discussion Thread for this article