Posted by: Deep December 10, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

बिस्टे,

"बैस छँदा को हस्योउली,उट्पट्याङगिलो टुक्का अनी रोमान्चक ठट्यौली ले भरिपूर्ण छ् प्रभो। "

यो बैंस भन्ने पनि जुवा जस्तै रे छ क्या रे प्रभो, जति खेल्यो उती खेलम खेलम लाग्ने। जिते पनि उठन मन नलाग्ने हारे पनि। जित्दा अरु जित्ने धुन, हार्दा साउँ उठाउँने। साउँ उठेछ कदंकदाचित भने फेरी जित्नै पर्यो। अनि उही चक्र सुरु फेरी।
बैंसको खालमा धेरै बस्न नपाईने रे छ तर। ट्याममा बस्यो भने बस्यो हैन भने गयो चानस।

serial ,

"दीप ब्रो सिरक ओरेर बस्नु है - बाकी तरुनु हरु लाई चाँही हेर्ने हामी छौ।"

ओढाईदिनेले ओढाईदेको भे त ओढिन्थ्यो पनि होला प्रभो तर टुँडीखेलमा आईहालियो फेरी --

Pretty,

 atti hasaune.

जम्मा तीन राउण्ड गा रे छ, के अत्ति भो र?

Harka_Bahadur,

"प्रभु बिहान बिहान कथा पढेर दिल खुश भो, एक छीन भएनी हासियो। "

उती बेला पढ्दा त आफ्नो नी दील खुस भा थ्यो तर खै के पढीएछ के फेल भै हालियो नी। फेल भएसी त के दील खुस हुनु? झुस जस्तो भो नी दील त --बिझाउने। कम्ता बिजाएन त बिजाउन पनि।

newlynew,

ust great.. Kya gazab cha yaar..

गज्जब छ हो र प्रभो? गज्जब थिई होला। होला होईन हो नै। नारायन। चंगा अक्कासीएको मात्रै के थियो बेपत्ता हावा लागेर चंगा त गयो गयो आफ्नो लट्टाईँ समेत कता पुग्यो कता।

jira,

"paila paila spring lagna thalesi college ka maiyaharu khutto ma paangra raakhera kattu laara ghiwu jastai tighra dekhayera pharyaakphuruk hunikinthie najikkai bata..ho ho..timi haru estarai nai dawudi raakha ...ma heri ranchu "....bhanya jastai timi lekhi raakha ma padhi ranchu bhanni bha cha malai chai......

जिरादाई,

लौ न घिउ जस्तै तिघ्रा रे मैयाहरुको? आगो जस्तो होला नी -- मन पो घिउ जस्तो भा होला त -- तै पनि नी प्रभो यसरी हाक्का हाक्की लेख्दा त अर्को चै निकले लेख्नु पर्ने -- तल माथि पर्ला र बयान दिंदैको सास्ती होला है।

त्यो गणेशथानमा प्रभोहरुले पनि धेरै पढेको रे भन्ने बुझिया थ्यो, एक दुई अध्याय यसो बाचन गरम न। १० हजार ताल तिरका कुरा पनि सुनाम न प्रभो।

nakkali keti ,

"बाहिर पानी पनि रा थ्यो यो भाग पढेर त झलमल्ल घाम लागेको जस्तै भयो।  "

त्यता घाम लाग्यो रे भन्ने सुनेर यता आफुलाई गर्मी गर्मी जस्तो पो भो फेरी --

super007 ,

"..खप्परमाँ त लेर आकै रैछ नी..."

ल्याउन चै ल्याईएछ तर अर्कैको ल्याईएछ जस्तो लाग्छ -- खाली सेन्टी हुन्छ। आफ्नो चै कस्ले लग्यो लग्यो --

*~Spring~*,

p.s- सुर्यलेपन अब समर मा लगाउने नि
विन्टर मा  नि चाहिन्छ र?

तापको रापबाट बच्न लाउने हैन र त्यो लेपन? डामे पछी त डामीहाल्यो नी --तरुनीहरुको रापलाई विन्टर न समर।

Pretty,

ni charko garmi ma chai sirak ra gham lai ke garne hola ni? 

कुरो त्यहाँ सम्म पुग्दै पुगेन --

miss_ me ,

"धन्न कुकुर मात्रै रैछ ब्रुनो भन्दा रोकियो । बारुलो नै खनिइको भए के गर्नु हुन्थ्यो कुन्नि?  "

नयनबाण खेप्नु खेपियो, मुस्कानबाण त्यत्तिकै -- बारुलोले डसे पनि बाहीरै डस्थ्यो, तरुनीहरुले त बाण मुटु भित्र धस्थे र त सहियो --

Birkhe_Maila ,

"आहा!  यो भाग साह्रै मिठो लाग्यो प्रभो! हो हो ठ्याक्कै त्यस्तै मिठो लाग्या पढेर जस्तो लास्टमा मुस्कानको वाणले प्रभोको मुटु छेड्दा लाग्या थ्यो! "

मुस्कानबाणले मुटु छेडदा त प्रभो खुत्रुक्कै भैयो नी। मल्हम लाईदेली नी त पछी भन्या त टिन्चर आईटिन पो छर्की बा!

ek@l ,

herai pachi padhiyo hai ta aaja, yestai ho k garnu, katha matra padhera bhayena ta

हो नी प्रभो, कथा मात्रै पढेर हुने भा त भैहाल्थ्यो नी -- ब्यथा पनि घोक्नु पर्ने भएर पो मार्यो त!

nakkali108 ,

"पछि लाग्या पनि कस्को भन्दा बाङ्ग्या, अनि???? "

बाङ्ग्या पछी को लाग्या थ्यो र? माथ्लो तलाँ तरुनी छे की भनेर हेर्ने भर्याङ्ग त्यति बेला त्यै बाङ्गे थ्यो अनि के त?

Trishul,

"गुरु, खोइ त अर्को भाग? पस्किउम न हो छिटो, भोक लागि सक्यो !!! "

डाडु पुनिम लिएर उ गै हाली, भात बसल्या भाँडो पनि चुहुने चैं परेछ प्रभो। के गर्नु? पस्किन त हुन्थ्यो नी-

ctal,

."..kura khai bujheko Deep le?"

त्यै कुरा नबुझ्ने भएर त यस्तो भो त प्रभो -- नत्र त अहिले मेरा पनि --

serial ,

"धेरै बाङ्गे पछी लागेछी यस्तै हुन्छ, माइनस मा गयो हैन - भात बजाको भए प्लस मा हुन्थ्यो होला.."

यो कुरा त्यै बेलाँ भन्नु पर्थ्यो नी त ब्रो -- अब यतिबेला भनेर के गर्ने? अर्कैले आएर बजाउँछ रे भात त्यता अचेल--ट्याक्सीमा जहानै लिएर आउँछ रे भन्छन --  

Read Full Discussion Thread for this article