शुभेक्षा "हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो। "त्यो बुझेको त अहिले हो र? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। उ निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो। उस्को चाल हेर्दा कुरा गतिलै छ जस्तो बुझियो। छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली म तिर तेर्साउँदै भन्यो "ल यो सल्काउँदै गर त --" "काँ सल्काउने कोठामा? उसै त जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल --" "ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम न बाहिर भैहाल्छ नी --लाईटर झिक त --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन त लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन। म लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन र? को को छन घराँ? तेरो बा र काकालाई त मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?" "भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न त भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो। "अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा न लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो। सुझाब त ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के -- "किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट त के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें। "त्यो त हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा त चिया भन माथि -- म यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ छ? उही दराजको दोस्रो खण्डमा हैन त? एडभान्सड फिजिक्सको पछाडी?" उ सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो। "यहाँ मिल्दैन बाङ्गे तान्न-- पख म चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें। "बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- ल ल जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो। "दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें। "द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो। म माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो। माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही न केही। "जा त माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब त संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो। "यो त मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो त चिया सँग सल्काउने हो --" उस्ले चुरोट म तिर तेर्साउँदै भन्यो। अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। म यत्तिकै कोठाबाट निस्किएँ। चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा। <SPAN style="FONT-FAMILY: