Posted by: Deep December 5, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

तर भाको चैं खास, पाखाँ बस्या मनले खोला भेट्या थ्यो। ---

खोला भेट्यो तर बगार लाने चै हो कि बगराँ पछार्ने हो चै बुझ्न बाँकि नै थ्यो। बगार नै लाने भए पनि ढुक्क भै हाल्ने स्थिती कहाँ हुन्थ्यो ? पौडीन पनि जानीराख्नु पर्थ्यो। खोलालाई बगीदिए पुग्यो, तमासा हेलिनेको हुन्थ्यो, हुँदा खेरी।

निशिन्ताका अधरमा पहिलेनै मुस्कानका फुलहरु झपक्कै फुलेका थिए। बाङ्गे माथि पुस्पबृष्टी गर्दै केही लजाएझैं गरी बाङ्गेको नजिकै गएर उभिई। निमेष भरको लागि बाङ्गे बिचलित देखियो। यता सिरक तरुनी चै मेरै नजिक थिई। उस्को रन्को बढ्दो थ्यो, अनि चै नौनी बन्दो थिएँ। कसैले एक शब्द बोलेको थिएन। त्यसको चाप मलाई परेको थ्यो। के गर्ने?, के बोल्ने?, को सँग बोल्नेके सोध्ने? कस्लाई सोध्नेजस्ता प्रश्नहरुले मलाई बौधमा भिडियो हेर्न जाँदा मान्छेले तान्या जसरी तान्दा थिए।

त्यो नि:शब्द परीस्थीती सुल्झाउने ठेक्का मैले लेको छु जस्तो लागेछ खै किन हो मलाई त्यति बेला। त्यै चापको अन्यौलमा अकस्मात मैले सिरक तरुनी तिर हेरेर अलि ठुलै स्वरमा भन्दीएछु, "नारायन तत्सत! के गर्ने हो के अब?" मेरो त्यस्तो अप्रत्यासित सोधाईले सबै झस्किए पहिला त। सबै भन्दा धेरै त्यै सिरक तरुनी झस्किई नी। मेरो छेउमै थिई, अनि मैले भन्या पनि उसैलाई हेरेर थिएँ। दुईटै तरुनीहरुको अधरबाट मुस्कानले कुलेलम ठोकीसक्या थ्यो।

अनि तत्कालै बाङ्गेको निर्बाध हाँसो गुन्जियो। अघि झस्किएका तरुनीहरु निमेष भरको अन्यौल पछी फेरी मस्किए। अनि बल्ल नी बौराएँ।

बाङ्गेले निशिन्ता तिर हेर्दै भन्यो "पर्खिदा पर्खिदा --" उस्ले अरु केही थप्नु अघि नै निशिन्ताले मुस्कान थाती नै राखेर भनी "छिटो आए पछि पर्खिनु पर्छ नी" चै अझै गुन्दै थिएँ, हैन यो सपना हो कि बिपना हो--बाङ्या बल्छीमा त्यस्ती राम्री तरुनी पर्या छे--फेरी आफ्नै छेउ की  सिरक तरुनी उत्पात राम्री लाग्न थाल्यो। सोचें "कतै अघिको चुरोटाँ बाङ्गेले भाङ् धतुरो हालेर दिएन?" नशाले छोडे पछी एक हुल मान्छेले ठ्ट्टा गर्दै आफुलाई घेरीरा देखियो भने बर्बादै हुन्छ नी।

"यही हो मेरो साथी दीप" बाङ्गेले पहिला मेरो परिचय गरायो निशिन्ता सँग। मुस्कानका केही फुलहरु उस्ले तिर पनि हुर्याई अनि भनी "चिन्या "

"चिन्या रे?" बाङ्गेले निशिन्ता तिर हेर्दै सोध्यो। नी अलमलिएँ।

"अस्ति घराँ हैन? सप्पै हाम्रो सोफा खुँदेर --" उस्ले भनी।

निशिन्ता तिर देखाएर बाङ्गेले हाँस्दै सोध्यो मलाई "तैले चिन्या छस हैन?"

मैले पनि पाको बेलाँ भनेर " चिने देखि बिर्सिनै सक्या छैन?" भन्दें।

बाताबरणमा हाँसो मिसिएर मनमोहक भो।

सिरक तरुनी तिर हेर्दै अनि बाङ्गेले मलाई भन्यो अब उता चै आफै परीचय गर।

परीचय भैसकेकै हो तै पनि सिरक तरुनी तिर हेर्दै मैले भनें " दीप"

"मैले कैले होईन भने?" उस्ले सिधै तिर हेरेर भनी।

सोधाई पछि उस्ले आफ्नो अधरमा खिँचेर राख्या मादक बाणलाई नजर धनुषमा चढाई अनि मेरो मुटु ताकेर छोड्या हुनु पर्छ, धसाई मुटुमै। खुत्रुक्कै भएँ नी।

साँझले आफ्नो उपस्थितीको आभाष दिंदो थियो। हामी बालुबाटार तिर हान्निदै थिएम। ठिटीहरुलाई घर पुर्याएर मोटरसाईकल लिन फर्केर आउनु पर्ने कुरा मैले बुझिसकेको थिएँ।

निशिन्ता बाङ्गे हामी (भन्या सिरक ) भन्दा दुई कदम अगाडी हिन्दै थिए। उनीहरुको बेग्लै गुनगुन थियो।

"टीसीमा पढ्ने रे हो?" सिरक तरुनीले मलाई बाटामा सोधी।

"भर्ना चै भा हो, पढ्ने चै अन्तै" भाको कुरा भन्दें।

"किन?" उस्ले सोधी "पढ्ने चैं काँ नी?"

"त्यस्को ठेगान छैन, यी आज पनि अहिले भगबतीबालमा जानु पर्ने थ्यो पढ्न यता आएँ--उता अरु साथीहरु पढ्दै छन, शनिबार ब्यान पशपती तिर पढ्न जान्छु, मंगलबार बेलुका चाबेल गणेशथान तिर हुन्छ पढाई, अरु दिनहरुको पनि कैले कता कैले कता हुन्छ यस्तै --बिजोग नी" भनें।

उस्ले अरु एक दुईटा अरु कुराहरु सोधी। आफुलाई पनि निक्कै कुरा सोध्न मन थ्यो तर यसो यता उताका सामान्य कुराहरु बाहेक अरु सोधीन।

अलि अघि बढे पछी, बाङ्गे निशिन्ता रोकिए। हामी सँगै भए पछी निशिन्ताले बाङ्गे मलाई फर्किन भनी। बाङ्गेले घरै सम्म पुर्याएर फर्किम्ला नी भन्या उस्ले मानीन। उनीहरुको घर त्यसो त्यहाँबाट नजिकै थ्यो। दीदी बहीनीको घर संग संगै रे।

बाङ्गे रोकियो, चै अघि बढें। निशिन्ताले तिर हेर्दै सोधी "कता नी?"

"अब मलाई फर्किनु भन्या छैन, पुर्याएर आउँछु" मैले सिरक तिर हेर्दै भनें।

"पर्या छैन" निशिन्ताले नै भनी।

उनीहरु गएको हामीले हेरी रहेम। उनीहरुले जति चोटी फर्केर हेर्दा पनि उनीहरुलाई हाम्ले निरास गरेनम। .....

Read Full Discussion Thread for this article