कुकुरलाई निशिन्ताले समातीसकेकी थिई। अर्कि चै सिरक तरुनी मुस्कान बाण अधरका धनुषमा पुरै खिंचेर उभिएकी थिई, मेरो नजिकै त्यो पनि मलाई नै ताकेर। ....
त्यै बेलाँ बाउ चै छिरे कोठामा। अघि सम्म ज्ञानी भएर बसेका ठिटाहरु सोफाँ चढेर के आँट्या हुन बुझेनछन क्यारे, त्यसमाथि छोरीहरुलाई समेत ठीटाहरुले आफ्नै घराँ दर्शक बनाईसकेछन भनेर झस्के पनि कि कुन्नी -- उनको अनुहार थानकोटाँ घर भाको केटोले पैसा चोरेर सुन्दरीजलाँ पिउनिक पार्टी दींदाहुँदी बाउ सँग त्यहीँ पिकनिकाँ भेट हुँदाको जस्तो थ्यो।
सोफामाथि बाटै बाङ्गेले पैले छ्यास्स निशिन्ता तिर अनि उस्ले समातेको कुकुर, त्यस पछि बाउ चैं तिर हेर्दै आफ्नो बयान दियो "त्यो कुकुरले झण्डै पिंडौलामा चारवटा इन्जेक्सन देको --माथ्ला दाँतका दुईटा-- तल्ला दाँतका दुईटा"
ठिटीहरु हाँसे। बाउ चैंले पनि कुरा बुझेछन क्यारे, हाँसे। हामी सोफाबाट ओर्लिम। बाउ चै ले प्रस्ताब राखे "अब यहीँ खाना खाएर जाने आज"। म त्यहाँ बाङ्गेको निउँमा पुग्या मान्छे। आमन्त्रित मुख्य ब्यक्ति त बाङ्गे थ्यो। उस्को तर्फबाट मैले बोलिहाल्न भएन। तुरुन्तै "हैन, अब घर जानु पर्छ" भन्ला भनेको त, बाङ्गे चुपचाप। निशिन्ताले पस्केर देली भनेर चुप लाग्या होला, "हुन्छ" भन्न बेर छैन भन्ने सोचेर मैले शिस्टाचारपूर्बक प्रस्ताब अस्विकार गरें। बाउले अरु बल गरे। बाङ्गेले अझै प्रतिकार गरेन। मौका पायो कि त निशिन्ता तिरै हेर्दै थ्यो। मैले नै नाई भनें। निशिन्ता र अर्कि ठिटी कोठाबाट निस्के कुकुर लिएर। अनि बल्ल मेरो कुरामा सहमत हुँदै बाङ्गेले पनि जाने कुरा उठायो।
बाउ चैं भातको राग अझै गाउँदै थिए "फेरी अर्को दिन आउँला नी खाने गरेर" बाङ्गेले खानेमा भन्दा आउनेमा बल दिएर भन्यो। हामी सोफाबाट उठीसकेका थिएम। बाउ त अघि कोठामा छिरे देखि बसेकै थिएनन, हामी उठेर ढोका तिर लागे पछि उनी पनि पछि लागे।
त्यस पछि त्यो बिदाईको दृष्यमा आमा चैंको त होला नी अब प्रबेश भो। उनले फेरी भात राग गाईन। बाउ चै तानपुरामा जसरी साथ दिँदै थिए। आमा चैँ सँग तरुनीहरु पनि थिए। ती तरुनीहरुले चै केही बोलेका थिएनन तर तबलामा साथ दिँदै थिए। त्यै तबला पनि हाम्रै मुटुमा बजाएर। मैले नै धेरै बोल्नु पर्यो। दशैमा च्याँग्रा घिच्याएको जस्तो गार्हो भो मलाई त्यहाँबाट बाङ्गेलाई ल्याउन।
बाटाँ उस्ले भन्यो "तैलें बोरै गरीस, बुझीस"।
मैले सोधें "किन?"
"घराँ गएर नी त्यै भात खाने हो, यहाँ खा भे पनि त्यै भात। घरको भात त सधैं खाकै हो नी, तरुनीको घराँ भात खाने निम्तो त्यो पनि बाउ चैं को, आमाले पनि सही थपेकै थिईन त्यस्तो मौकाँ पनि जाडाँ न्वा भन्या जस्तो गरेर नाईँ नाईँ भन्ने हो त?" बाङ्गेले असन्तुष्टी पोख्यो।
"तँलाई पैलो चोटी पुगेकै दिन भात गोदीहाल्नु पर्यो त?" मैले भनें।
"फेरी मौका पर्छ पर्दैन अनि?" उस्ले भन्यो।
"ससुराली भन्या हैन त यो घरलाई?" मैले उस्लाई सोधें।
"भन्या त हो नी, भनेर के हुन्छ? बे गर्नी त माधुरीलाई नी भन्या हो नी, भो त?" उस्ले पनि सोध्यो।
"को माधुरी?" मैले सोधें।
"को अब? दीक्षित नी" उस्ले सुनायो।
"ह्या त्यो हावा कुरो नगर न --- अब ससुराली नै बनाउने भए पछि, आजै भात खाने के हतार? फेरी आउने बाटो भो नी। अर्को चोटी आ बेलाँ चै बजाईदिने भोजन, बुझिनस?" मैले भनें।
"ए, बाङ्गे, त्यो निशिन्ता सँगैकि मेरी तरुनी को हँ?" मैले आफुलाई मनमा लाग्या कुरा सोधें।
"के मेरी मेरी भनीरा? कस्की कस्की अब -- " बाङ्गे त झर्क्या जस्तो गर्छ बा!
"के त निशिन्ता चैं मेरी त?" मैले फेरी सोधें।
"आउलास अर्को चोटी देखि मेरा ससुराली तिर" उस्ले भन्यो।
हामी दुईटै हाँसीम।
"आज राशीफल हेर्या भए "भोजन" लेख्या थ्यो होला है? जता गयो उतै भोजनको निम्तो आयो।" बाङ्गेले भन्यो।
कुरा गर्दा गर्दै टोलाँ पुगीहालियो। बालुवाटारबाट हाडीगाउ कुन त्यस्तो टाढा हो र? रात परीसक्या थ्यो। ट्वाक र अरुहरुलाई भेटने तिर कुरो पुगेन। बाङ्गे मेरो घर तिर लाग्यो, घरैमा छोडदिन्छु रे भनेर।
"रात परी सक्यो, तेरो बाउ आईसके होलान घराँ। मोटरसाईकल लिएर हिन्या भनेर किचकिच गर्दैनन?" भन्या, "बानी परी सके" भन्यो।
मलाई ढोकैमा छोडेर बाङ्गे गयो भोली आउँछु भनेर।
त्यस पछि चार पाँच दिन सम्म बाङ्गे सँग भेट भएन। न उ म कहाँ आयो। न नै म उस्काँ जाँदा भेट भयो।
बिहानै जाँदा नी "बाहीर" भने राती जाँदा नी "आईपुग्या छैन" भने। दिउँसो त झन के भेटिन्थ्यो। ट्वाक, सुपारी, छ्याक सबै "खोई बाङ्गे?" मात्रै भन्ने। भेट्या देख्या कसैले हैन।
बाङ्गेले केही न केही त पक्कै गर्दैछ। कसैलाई शंकै थिएन। मलाई समेत माईनसमा पारेर उ काममा लाग्या भने पछि माम्ला तरुनीको हो भन्नेमा दुई मत थिएन। तर बाङ्गेले मलाई त्यसरी हापेर हिन्या देखेर रीस उठीराथ्यो मलाई।
अघि ९ बजे पछि बाङ्गे कहाँ जाँदा पनि उ घरमा छैन भने। उल्टो "सधैं तैं सँग हुन्थ्यो, अचेल के गर्दै छ हँ?" भनेर मलाई नै पो सोधे।
केही न केही त आफ्नो तर्फबाट पनि गर्दै गर्नु पर्यो। मैले राती सुत्दा खेरी सोचें।....