Posted by: Deep November 17, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

"सबै सँग बिदाबारी भैयो यता-- प्रिया सँग हुन पाईएन, मनै खल्लो भो" बाङ्गेले भन्यो।

"ल हिन, उता गुलियो हुन्छ मन अब तेरो" मैले भनें।

बाङ्गेले चाहिने भन्दा बढता एक्सीलेटर बढाएर ढ्रिन् ढ्रिन् पार्यो। किन त्यसो गर्यो मारोगीले भनेर यसो यता उता हेर्या सजलदाईको कौसीमा प्रिया आईछ।

निशिन्ता भन्ने तरुनीको घरको कम्पाउण्डमा दुईटा ढोका रे छन संग सगैं। एउटा चै ठुलो मोटर आउने जाने। मोटर चै थियो कि थिएन कुन्नी। देखिया थिएन। अर्को चै सानो। मोटरसाईकल लान ल्याउन होला र्याम्प जस्तो पनि थ्यो त्यो ढोकामा। बाङ्गेले त्यो ढोका खोली कन मोटरसाईकल भित्रै पुर्यायो।

अनि उही अलि ठुलो आवाजमा ढ्रीन्न पारेर रोक्यो। हेम्लेट ऐनामा झुण्डायो। झक्कु कुकुर पाल्या रे त्यहाँ भुक्दै आईलाग्यो। दार्यो भने बर्बाद भएन? क्या डर लाग्यो। धन्न एउटी तरुनी त्यो कुकुरको पछि पछि नाम बोलाउँदै आईपुगी।.....

Read Full Discussion Thread for this article