अनि नि पून्टे प्रभो -- त्यो रस्सिएन एम्बेसीबाट उकालो लागे पछि दाहिने लागे शिबपुरी देब्रे लागे ओरालो तिर --त्यो दांग तिरका रण बहादुर शाह सरको घर थ्यो नी -- त्यता तिरको कुरा गर्न मिल्छ? :)
"पवित्रवर्कसपबाट सिधा पश्चीम, शीवपूरी स्कुललाई दाहिने पारेर जाँदा, बाटो हल्का दायाँ काठमान्छु होटलतिर मोडिँने बेलामा त्यता नलागी बयाँतिरको सिधा गल्ली भनेको हो प्रभोहरुले?"
जिम्माल पनि काल्धारा देखुन रिजाप गर्न माराजगन्जाँ? राम् राम राम्!
हैन ए जिम्माल, त्यो कन्या स्कुल अगाडी बाट ओर्लिने बाटो थिएन तल धारा तिर? हामी त त्यता पनि भ्याउँथिम्। अनि त्यो डेरी छेउ बाट कभर्डहल लाई देब्रे पारेर जाने बाटो थियो नी -- त्यहाँ अगाडी बढिन्थ्यो -- भट्टराई सरहरुको निबास पनि थ्यो प्रभो -- बुझियो कि बुझिएन कुन्नी?
miss_ me ,
"लौ दिपदाले बांगेलाई जेलमै पुराइदिनुभा ?
बिचsssरा बांगे माया नै लाग्यो मलाई त "
मैले पुर्याको रे जेलमा? हेर भन्या? तर जेलैमा पुग्या भे पनि के र आज एक द्शक पछि पनि चिन्दै नचिन्या मान्छे समेत माया गरेर बसीराछ्न -- छाकै छोड्या होला अझ पीरले के नी?
ange ta Khatara nai raicha ta ??
हो नी प्रभो-- डेन्जर भन्दा खतरा बढी भन्थे नी त्यस्तै थ्यो। उ जति डेन्जर थ्यो त्यो भन्दा बढता खतरा हामीलाई भिडाईदिन्थ्यो बेला बेलाँ --
"त्यस्तो बाङेलाई पनि "मेरो बाङु तिमी कसरी पुग्योउ नि हनुमानढोका ?" भनेर रुने पनि हुँदारहेछन।"
त्यै त प्रभो -- कल्जुग -- घोर कल्जुग --हामी कहिले साईकलाँ, कहिले हिंडेर, कहिले मोटरसाईकलाँ, कहिले बसाँ, कहिले ट्याम्पु, कहिले के गर्दै पाटन ढोका कति चोटी पुगीम कति चोटी गनी साध्य छैन -- कसरी पुगीस नी पाटनढोका भनेर कसैले सोधेन -- हाडीगाउँबाट पाटनढोका टाढै छ नी -- बाङ्गे हनुमानढोका के पुग्या थ्यो सोध्न थाली हाले -- किन पुग्या रे? कसरी पुग्या रे --
बिस्टे ,
"निकै खरिएको जवानी राइछ हो प्रभु हरु को हुन त हामी सप्पैको तेस्ताइ त हो नि"
म त झट्ट हेर्दा खारीएको लेख्या जस्तो लागेर खारीन त खारीएकै हो भन्नु पर्यो भन्या त खरीएको पो लेख्या रे छ -- हत्तेरी!
अब पोल्याण्डको कुरा त के झिकी भो र? हँ प्रभो?
"Tyo ta malai thaha chha ni bina aayojak ra prayojak ta majja nai hunna ni"
ब्यापक गयो ल यो चैं।
"Hernuna maile delete garera reply nai garna aayena bhanya ..."
डीलिट गरेर रिप्लाई गर्ने रे? अब डिलिट गरीसके पछि फेरी के रिप्लाई गर्ने त? ए, राम नी।