Posted by: Deep October 30, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

एक चोटी के जिम्माल, त्यै हिले भन्ने ठाममा पुगिया थ्यो -- बस बाट ओर्लिनासाथ चिसो भो। कुहीरो लागि राथ्यो -- एपिटाईजरमा तोङ्ग्बा, अनि मासुभात मेन कोर्स त्याँड डिजर्टमा धुवाँ तान्ने कार्यक्रम अनुसार हुटेल तिर हिन्न ला --त्यो बस रोक्या ठाममा बेच्न राख्या रायोको साग देखेर संगैको साथिको ध्यान गएछ। साग पनि बेपत्ता सप्रेको भन्या। त्यत्तिकै चपाम चपाम लाग्ने। साथीले काठमाडौको भाउ सँग तुलना गर्न होला -- "कसरी हो" भनेर सोध्यो। साग बेच्न घनघोर जुँगाका जँगल पालेका दाई बसेका थिए, छडके टोपी लाएर। हामी जुँगाका रेखि हाल्दै थिम त्यति बेला। ती दाई चै, हाम्लाई पो  दाई का दाई लाएर कुरा गर्छन बा!

छक्कै परीम हामी। भरे एक छिन बसे पछी थाह भै हाल्यो नी -- ति जुँगेजंगलका दाई त कलिला हुन कि छिप्पेका जुँगेटोलीका सबैलाई दाई भन्दा रेछन। किन त्यो बानी बसालेछन कुन्नी।

त्यस्तै कसै कसैको बानी हुन्छ के जिम्माल अरुलाई दाई भन्ने। अब आफ्नो उमेर घटाउन मिल्दैन, बरु अरुको बढाई दियो -- आफ्नो कमको कमै ---

Read Full Discussion Thread for this article