Posted by: Rahuldai June 19, 2008
संझना दिदी !
Login in to Rate this Post:     0       ?        

हर्क बहादुर जी,
हेरौं संयोगान्त हुन्छ कि संझना दिदीको जीवन कथा। मृत्‍यु अबसंभाबी छ नै माछे भएर जन्मे पछी। कस्तो मृत्‍यु कसरी वरण हुने भन्ने मात्र हो।

लहरे जी,
मिराकल को प्रार्थना त्यबेला नि गरेको थिएं, अझै मिराकल को आश मा छु। दु:खद अन्त्यको रहर कस्लाई पो हुन्छ र?

रिट्ठे जी,

हो त्यतिबेला, टाइफाइड भयो भन्ने शंका लाग्यो कि क्लोरमफेनिकल दिने सर्बमान्य चलन थियो। रामवाण मानिन्थ्यो तर कहिले कही त्यो वाँणमा नि खिया लागेको हुन हुन्थ्यो। २०४७-४८ तिरै कथामाडौ मा क्लोरामफेनिकल लाई अनौपचारिक रुपमा ब्यान गरी सकेको थियो। ज्ञान भएका डाक्टरहरुले त्यसको साइड इफेक्ट यस्तो डर लाग्दो हुन्छ भन्ने थाहा पाएर सिप्रोफ्लोक्सासिलिन दिन थाली सकेका थिए। तर पनि औषधी पसलका अजासु हरुले सस्तो राम्रो भनी क्लोराम्फेनिकल नै दिने गरेका थिए। संभवत २०५५ साल तिर मात्र पूर्ण रुपमा यो औषधीलाई औषधी ब्यबस्था बिभाग ले प्रतिबन्ध लगायो, त्यतिन्जेल केही संझना दिदी हरु बिधवा भैसकेका थिए। खास कुरो कुनै ओखतिमा एमिनो बेन्जिन को रिङ्ग छ भने त्यसले रियाक्सन गर्ने रहेछ। क्लोरमफेनिकल मा एमिनो बेन्जिनको श्रिंखला हुंदो रहेछ।

रबी जि,
निष्ठुरी नै भए पनि भगवान र प्रेमी को पूजा गर्नु पर्छ रे । काल हो अकाल मा पनि चक चक गरी रहन्छ क्या।

Read Full Discussion Thread for this article