[Show all top banners]

rahulvai
Replies to this thread:

More by rahulvai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 संझना दिदी !

[Please view other pages to see the rest of the postings. Total posts: 134]
PAGE: <<  1 2 3 4 5 6 7  
[VIEWED 37840 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-05-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

संझना दिदी !


धेरै बर्ष पछि काम बिषेश ले आफ्नो पुरानो स्कूलमा पुगेको थिएं। बिश्व निकेतन को स्वरुप पुरै बद्लिसकेको भए पनि स्म्रिति पटलमा अझै संझनाहरु छरप्रष्ट थिए। आधुनिक भवन, नयाँ नयाँ सर् मिस् हरु। तर पनि हामीले  चिन्ने, हामीलाई पढाउनु भएका सर् मिस् हरु थिए नै
। हेडसर् संगको भेटको क्रम मा उही पुरानो गुनासो भनुं को चिन्ता प्रकट गर्नु भयो।


"बोर्ड ल्याउन सकेन स्कूलले। आजभोलि राम्रा बिद्यार्थीहरु सरकारी स्कूलमा आउन नै छाडे।"

"राहुल्,  आज को लास्ट पिरियड मेरै छ क्लास् टेनमा, संगै हिंड। बिद्यार्थीहरु लाई केही प्रोत्साहन गर्नु पर्यो। यसपालीको ब्याचमा केही राम्रा बिद्यार्थीहरु छन्। बोर्ड ल्याउन सक्ने। मोटिभेशन को कमी छ।"

"हुन्छ सर्!"  मेरो सानो प्रयासले प्रेरणाको संजिवनी  बन्छ भने एक् चोटि त के बारम्बार यो स्कूलमा आउन तयार् छु। आखिर यो स्कूल ले नै त हो नि म जस्तो लड्डु लाई मान्छे हुनुको अनूभुति दिलाएको।" मैले नि दिएं एक भाषण।

हेड् सर् ले मेरो परिचय दिनु भयो,  बढाइ चढाइ । यस्तो थियो राहुल्, उस्तो थियो राहुल्।
आफ्नो पालो मा मैले नि आफुले स्कूल पढ्दा को, गरिबी बिरुद्ध लड्दा को राम कहानी सुनाएं। इङ्लिशमा नेगेटिभ सेन्टेन्स के भन्ने थाहा न पाएको राहुले ले कसरी उच्चत्तम अंक हासिल गरे, नेपाली को एउटा वाक्य शुद्ध लेख्न न जान्ने ले नेपाली मा नेपाल भरि मै सर्बाधिक अंक  कसरी ल्याए, आदि इत्यादि भनें।


अन्तमा हेडसर् ले, दाइ संग केही सोध्नु छ भने सोधी हाल् भनेर बिद्यार्थीलाई भन्नु भयो। एक जना छात्राले मात्र केही सोध्ने हिम्मत गरिन्। उनको जिज्ञासा पुरा गर्न सकें वा सकिन अर्कै कुरा तर उनीमा भएको कन्फिडेन्स ले प्रभाबित पार्यो। फर्किने क्रममा, हेड सर् ले अघि प्रश्न गर्ने छात्राको बारे केही भन्नु भयो।
 सदिच्छा श्रेष्ठ, बाबु ४ बर्षको नहुदै गुमाई, आमा पनि १० बर्ष देखि जापान मै छिन्। बिचरी मामा घरमा  दुखले बसेकी छिन्, तर ट्यालेन्टेड छे।
मलाई आशा छ, यसले केही न केही गर्छे। पारिवारिक चिन्ताले पढाइमा असर गरेन भने छात्राहरु तर्फ बोर्ड ल्याउछे।

 स्कूल छुट्टीको टाइम पनि भयो, हेडसर्  संग बिदावारी गरी स्कूल बाट फर्किने क्रम मा मैले स्कूल को गेट निर सदिच्छालाई देखें। अघि सर् सदिक्षा को बारेमा भन्दा कता कता चिनेचिने जस्तो लागेको थियो। मन ले कहि सम्झना दिदी को छोरी त होइनन् सदिच्छा भने जस्तो लाग्यो। पारिवारिक हुलिया ले त्यस्तै संकेत गर्थ्यो। 


सोधि हालुं जस्तो लाग्यो र बोलाएं-"सदिच्छा!"


एक छिन अलमलीइ उनी। हजुर , तपाईं ले बोलाउनु भएको?

"हो।"


"तिमी संझना दिदी को छोरी हो?" मैले ठाडै सोधी हालें।


"हो सर्,  तपाईले चिन्नु हुन्छ, मेरो मम्मी लाई?" उनको चेहरामा अनौठो चमक् आयो।

 
"हो म चिन्छु दिदी लाइ, कुनै समयमा हामी एउटै अफिसमा काम् गर्थ्यौं"  मात्र  भने। भन्न त मन लागेकोथियो धेरै कुरा तर कलिलो उमेरको कलिलो मष्तिस्क मा गहिरो चोट पर्ला कि भनेर भनिन।  संझना दिदीको जीवन  यात्राका प्रतिकूल् समयमा  केही बाटो मैले नि संगै हिडेको छु, घाउहरु दुखेको छु।

संझना दिदीको बारेमा सुन्ने जान्ने रहर् थियो होला तै पनि साथी सङ्गिहरु सित घर् हिड्न लागेकीले मैले डिस्टर्ब गर्न् उचित मानीन।
मलाइ हतार् छ, कुनै दिन फेरि स्कूल आउला भन्दै थोत्रो के बजाजलाई लात मारें।

संझना दिदी र म एकै ब्याचमा जागिर् भएका थियौं। उमेरले हामी भन्दा सिनियर भएकी ले सबै जना  ना सु संझना श्रेष्ठलाई संझना दिदी भन्ने गर्थे। साह्रै मिजासिला,काम प्रति लगनशील, भलादमि कर्मचारिको रुपमा चिनिन्थ्यो। जागिर् को केही समय मै मेरो शाखा मा सरुवा हुनु भयो। समय मै अफिस आउने अनि भएको काम् सके पछि मात्र जीवनको यावत पक्षमा खुलेर बहस् गर्ने गर्नु हुन्थ्यो। किन यो उमेरमा कसरी हाम्रो अड्डा मा जागिर् खान पुगी देखि लिएर पारिवारिक किचलो, बाल् बच्चाको भबिष्य सम्म को कुरा गर्नु हुन्थ्यो। हाकिम् आफु भए पनि जीवनका धेरै जीवन्त वसन्त भोगेकी, धेरै जर्जर् पटझर् झेलेकी दिदी को कुरा मनन् गर्थें।

सदा झै टाइम अफिस आउने  संझना दिदी त्यो दिन म अफिस पुग्दा पनि देखिएन। हाकिम भएर भन्नु भन्दा पनि नानी देखि लागेको बानी टाइमा अफिस बिरलै पुग्थें। स्कूलमा त ढिला पुग्ने रेकर्ड राख्ने मान्छे।
टाइपिस्ट् लाई सोधें। "संझना दिदी आउनु भएन?"
 
"खै सर्, अहिले सम्म न आएकी ले आउदैन कि?"
"फोन सोन त गरेकी छैन?"
"छैन सिर्।"

नेवारहरु को घर् मा अनेक भोजभतेर् होला त्यसैले न आएकी होली। एुउटा टिप्पण्णि लेख्न दिएको थिएं, फाइल पो कहाँ राखेर गई फेरि, म एक छिन आफै संग कराए।
ड्रयर् खुला थियो, मैले खोजेको फाइल माथी नै रहेछ। अधुरो टिप्पणीको साटो आफै अर्को टिप्पणी लेखेर स्वूक्रितिको लागि कर्यकारी प्रमुख कहाँ पठाइ दिएं।

अर्को दिन पनि संझना दिदी म अफिस पुग्दा सम्ममा देखिएन।  मौसम खराब् छ, बिरामि भयो होला भन्थाने। दिउसो खाजा खाने समय तिर् हस्याङ् फस्याङ् गर्दै आइन्।
मैले केही भन्न न पाउदै भन्न थालिन्।

"सरी सर्, सर लाइ फोन पनि गर्न भ्याइन।"
"के भयो दिदी?"
"मेरो श्रीमान् लाइ हस्पिटल् लगेको। कोइ छैन हेर्नुस् त हेल्प गर्ने।" (बिबशताको उदबोधन!)
 
"के भएको किन लगेको?
अस्ति नै टाइफाइद भएको निको भैसकेको भनेको होइन?"
 
हो सर्, ज्वरो बल्झियो, बेहोस् हुनु भयो घर् मै। अनि हस्पिटल् लगेको।

"डाक्टर् साहेबहरु के भन्छन् त?"

खै टेस्टहरु को रिजल्ट नआउन्जेल केही भन्न सकिन्न रे। के हुने हो के? म त साह्रै टेन्सन् मा छु।

"टेन्सन् न लिनु, टेन्सन् लेने का चिज नहि है, देने का है भन्थ्यो इलाहाबाद मा।"

भोलि सम्ममा टेस्ट् को रिपोर्ट आउछ भनेको छ, सर् ले कोइ डाक्टर् चिन्नु भएको छ भने भन्दिनु पर्‍यो, मेरो बुढा लाइ खास के भएको हो?

उनको स्वरमा नमिठो त्रास् को अक्म्पन थियो। आत्तिएकी, बिबश नारी को अन्तर्आत्माको आवाज सुने जस्तो लाग्यो।

"बीर हस्पिटलमा होइन?"
 
हो सर्, मेल् मेडिकल् वार्ड्, २०१ नम्बर् को बेडमा।


 "त्यता भए त म संगै पढेका ३७ जना डाक्टर् छन्, कोइ न कोइ त भेटिएला। म भोलि अफिस् सकिना साथ त्यतै आउछु। धन्दा नलिनु। बिरामी लाई राम्रो सङ हेरबिचार् गर्नु।

 "हस सर्" भन्दै हतार् हतार् पाइला बढाइन्। क्रमश:


 


 
The postings in this thread span 7 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-24-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दीपिका जी,
म त सामान्य मान्छे हुं, मान्छे बन्न सकिन्छ भन्ने प्रयास मात्र हो। अर्को कुरा, यो कथा संझना दिदी को ब्यथाको पुलिन्दा हो, राहुले के गर्‍यो गरेन भन्ने होइन।

बिर्खे जी,

म त सामान्य मान्छे हुं, मान्छे बन्न सकिन्छ भन्ने प्रयास मात्र हो। अर्को कुरा, यो कथा संझना दिदी को ब्यथाको पुलिन्दा हो, राहुले के गर्‍यो गरेन भन्ने होइन।

mno जी
Thanks! यती महत्वका साथ यो ब्यथा संग संगै बग्नु भकोमा।

लहरे जी,
हो त नि संझना दिदीले आफ्नो सुहाग गर्न जे जती गर्नु भयो, बिरलै कसैले गरेको होला। सास छौन्जेल आस छ होइन र?

नेप्चे जी,

धर्म कमाइयो कि कमाइएन थाहा भएन। धर्म कमाउनु भनेको दु:ख खानु हो भने मनग्य धर्म कमाएको हुनु पर्दछ। चसक्क छुने भएरै सबैमा यो कथा शेयर गर्न खोजेको।

बिस्टे जी,
हो बिस्टे जी, यो कथा फिक्सन न भएर एउटी नारी को दर्द भरे काहानी भएकोले सस्पेन्स राख्न न खोजेको र सुरु मै खुलाई दिएको। आश देखाएर निराश गराउनु भन्दा आश न जगाउनु नै बेश। सत्य घट्नाको दस्तावेज भएकोले त्यस्तो गरेको हुं। तपाईं को सुझावको लागि धन्यवाद।

Spring जी
हो भन्या, भगवान को निष्ठुरी रुप पनि देखियो। यती आर्तनादयुक्त तान्डव न्रित्य न देखाएको भए कती जाती हुन्थ्यो है?

रबी जी,
संझना दिदी को मात्र कथा होइन रहेछ, यो त श्रीमती तिर्थ राम को पनि काहानी  रहेछ। टाइफ्वाइड बिग्रनु र ड्रग को रियाक्सन दुई भिन्ना भिन्नै कुरा हुन। तर पनी ब्यथा एउटै कथा एउटै। परिणाम् उही दु:खदायी।

 

टाइफ्वाइड Salmonella typhi नामक घातक ब्याक्तेरिया को कारण हुने हुन्छ।शरीर भित्र ब्याक्टेरियाले अड्डा जमाए पछी यस्ले मान्छेको पाचन् नलिमा आफ्नो साम्रज्य फैलाउछ। आन्टिबायोटिकले ती बिषाणुलाई नियन्त्रणमा लिइ आबश्यक कार्यबाही गरे ता पनि केही छट्टु हरु ले रंग बद्लिएर spore को रुपमा आन्द्रा मै अटेर गरी डेरा जमाइ राख्ने हुन्छ। ज्वरो निको भयो भनेर मुख न बार्नाले र बढी धपेडी हुने ( शरीर कमजोर हुने ) काम गर्ना ले उपयुक्त मौका मा पुन: किटाणुले भारत र चाइना को जस्तो जनसंख्या बनाउने हुन्छ र पुन: संक्रमण हुने हुन्छ। यस अवस्थामा आन्द्रामा एक किसिमको घातक लहर नै आउने हुन्छ र मान्छे को लीला समाप्त हुने डर हुन्छ। संभवत तिर्थ राम जी यसको शिकार हुनु भएको हुनु पर्दछ।

नोट्: यो राहुल भाई डाक्टर होइन, सुनेको र पढेको भरमा लेखेकोले गल्ती भए सच्याइ पढ्नु होला।
  
 
 

 

 

 


 

 


 
Posted on 06-24-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैन हाम्रो राहुलभाइ दाई त इ साप भन्या जस्तो लाग्थ्यो, डाग्डरी ज्ञान पनि सब्बै राइछ माने है ठुल्दाइ तपाईं लाई
 
Posted on 06-25-08 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

संझना दिदी
अन्तिम भाग

घर फर्किने क्रममा बाटोमा माला गासिएको सयपत्री बेच्न ल्याको ट्रक देखें न्यू रोडमा। आमा ले घरको झ्याल ढोकामा सजाउन फूल किन्नु पर्छ भन्दै हुनुहुन्थ्यो। माला गांसिएको नै पाइयो, झन्झट नै साफ। फूल माला किन्दै गर्दा एक जना पुरानो मित्र भेट् भयो, स्कूल छुटे पछि भेट भाको थिएन्। अलि लामो भलाकुसारि चल्यो।
घर् पुग्दा खाना खाने बेला भैसकेको थियो। भोक ले आन्दोलन थालिसकेकोले हेल्मेट् फाली भात खान बसें।


दुइ तीन गांस भात के खाएको थिएं। फोनको घन्टी बज्यो। "बज्याहरुले खेलकूद कार्यक्रममा बोलाएको होला, पैसा लुट्न" भन्दै एक गाँस फेरि हसुरें। भाइ ले फोन उठायो।

"हस्पिटलबाट फोन, छिटो तल झर्नु पर्‍यो।"
भाई को आवाज खानाको थालबाट् रिफ्लेक्ट भै कानमा बज्रियो।

फोन उठाएं, संझना दिदीको भाइ रहेछ। अलिकति चिसो त लाग्यो नै, फेरि पैसा माग्ने हुन् कि भन्ने डर् ले।
आत्तिएको कम्पन थियो आवाजमा। मानदाई को हालत अत्यन्तै नाजुक छ रे। अहिले ICU मा लगिएको छ रे। क्रितिम स्वासप्रस्वास् प्रणालीमा राखिएको छ रे।

फोन गर्ने लाई नि हतार् थियो। मैले नि सुन्नै सकिन। एक मन त लाग्यो, यतिका त गरियो, अन्तिम घडिमा संझना दिदीको साथ दिनु पर्ने हो, हस्पिटल जाउं कि जस्तो लाग्यो। अर्को मन ले भन्यो यस्तो दुखद घडीमा मनलाई किन शोकाकुल बनाउन जाने, भर्खर त पुगेर आएको, न गए नि हुन्छ। धेरै दिन बाच्दैन भन्ने थाहा भएकोले यो समचार मेरो लागि कुनै नौलो र एक्स्साइटिङ् रहेन। घरको केही काम बाकि थियो नै। त्यो दिन २ बजे देखि सारजहाँ कप को फाइनल, इण्डिया र पाकिस्तानको क्रिक्रेट त्यो पनि छुट्टिको दिन, हेर्न मन लाग्यो र जानु परे इनिङ् ब्रेक मा मात्र जान्छु भनेर , तत्काल् हस्पिटल जाने प्लान त्यागेर स्टार् स्पोर्ट अगाडि बसें।


क्रिक्रेट हर्दै बस्दा पनि मानदाई को निरही अनुहार झल्झलि अैरह्यो। इनिङ् सकियो, पाकिस्तान २७६-८ , जित्ने खालको स्कोर।


संयोग बस फेरि फोनको घण्टी बज्यो। यसपाली भने हस्पिटलबाट अन्तिम फोन बजेको अन्दाज गर्दै आफै उठाएं। संझना दिदी आफै रहेछ, अलिकति मन स्थिर भयो।

"मानदाईलाई होस आएछ सर्, अघि त एकदमै नराम्रो भएको। सर् लाई भेट्ने इच्छा गर्नु भएको छ। सर् एकपटक फेरि आइ दिनु पर्‍यो, उहाँको अन्तिम इच्छा पुर्‍याइ दिनुस्।"
निकै भावुक तर हुने हुनामी प्रति बिश्वस्त आवाज थियो त्यो।

"हस् म अै हालें। आत्तिनु पर्दैन। भगवान अझै जिउदै छ।" अलिकति दार्शनिक जवाफ फर्काएं।

तत्काल फेरि टिचिङ् तिर लागें। ICU को कोरिडर बाहिर आफन्तहरुको भीड थियो। केही अघि होसमा आउनु भएको मानदाई फेरि उही कोमा को अबस्थामा फर्किनु भैसकेको रहेछ। अलि ढिलो पुगेछु जस्तो लाग्यो। संझना दिदीले छिटो गर्नुस्, भित्र गएर भेट्नुस् सर्, भन्दै बाटो देखाइ दिनु भो। ICU को छिर्ना साथ जुत्ता फुकाल्ने र स्यानिटरी ड्रेस् लगाउने कक्ष रहेछ। हरियो गाउन अनि हरियो क्याप र मुखबन्दी लगाई भित्र गएं लामो गल्ली जस्तो कोरिडर् पार् गर्दै। जीवनको अन्तिम् अन्तिम सास् फेर्दै गरेका ८-१० जना अभागीहरु माझ मानदाई पनि अनेक मेशिनको सहारामा मुश्किलले जिउने असफल प्रयास गर्दै गरेको भेटें।

नजिक गएं। "मानदाई! मान्दाई !" २-३ पल्ट आवाज दिएं।
"म राहुल, कस्तो छ तपाईंलाई?", अर्धचेतन अबस्थामा पनि खोजेको आवाज चिन्छ रे, मैले सुनेको।

बिस्तारै आँखा खोल्नु भयो। "मानदाई म राहुल।"
फेरि एकपटक दोहराएं

अनवरत सलाईन् पानी चढाउनाले छिद्रिएको हात अलिकति उठाए जस्तो लाग्यो। मानौं, राहुले तंलाई धन्यबाद छ भन्न खोज्नु भए जस्तो। मेरो आवाजको प्रतिक्रिया जनाउनु नै काफी थियो। फेरि होस हरायो।

टेक्निकल्लि बाँचेको तर म्रित मानदाईलाई अन्तिम नमस्कार गर्दै फर्कने क्रममा अर्को कुनामा आँखा गयो। चिरपरिचित गायिका तारा देबी, एक जना बिरामीको छेउमा सजल आँखाहरुले बिरही गित गाउदै गरेको देखें। को होत्यो बिरामी? सोध्न करै लाग्यो।

"तारा देबी दिदीको छोरा। २२ बर्षको, ब्लड क्यान्सरको लास्ट स्टेज रे।" दिदीले जानेको भन्नु भयो।

हे दैब, प्रभू को लिला अपरम्पार छ भन्दै ICU बाट निस्कन के खोजेको थिएं। त्यो बिरामीको मुटुको धड्कन बन्द भएको हार्ट पल्स् मोनिटरमा आँखा गयो। म चिच्याएं अनायसै, बेखबर् तारा देबी झस्किनु भयो। उहाँ झनहोस् हवास उड्यो।
ICU भित्र भएका डाक्टर नर्सहरु जम्मा भए र बचाउने अन्तिम प्रयास मा जुटे। तर सकेन। हेर्दा हेर्दै एक जना युबाले देह त्याग गरे। मन कुंडियो। जिउ पुरै सिरिङ् भयो। जिन्दगीको परिभाषा र आशा यही हो त ? मन गति रोकिए जस्तो भयो। तत्पश्चातको रुवावासी म हेर्न र सुन्न सक्दिनथें। भिजेको परेलीलाई मुश्किलले मनाएर निस्कें ।


"दिदी मान्छेको जीवन भनेको यस्तै रहेछ। हाम्रो हातमा केही नहुने रहेछ। मानदाई को स्थिति प्रति तपाईं परिचित हुनु हुन्छ नै। जुन सुकै अवस्थामा पनि आफुलाई मजबूत बनाउनुस्, कलिला छोरा छोरीको लागि अझ संकल्पका साथ अगाडी बढ्नु छ। अहिले लागें। साँझ परिसक्यो। लक्ष्मी पूजा गर्नु छ। " मूड अफ भै तहाँबाट घर फर्कें।


पालाको बत्ती ढोकामा अनि मैनबत्तीहरु झ्यालको कुना कुना मा राखियो। बलि रहेको मैन जस्तो न हो जिन्दगी। मैन रहुन्जेल बल्ने अनि निभ्ने। हुरि बतास मा निभेको दीप जस्तो भो मानदाई को जिन्दगी।

क्रिकेट सकिएको थिएन, अन्तिम अन्तिम ओभर चलिरहेको थियो। हेर्न मन लागेन। एक छिन पल्टिएं, जिन्दगी देखेर बिरक्त लागेर आयो।


लौ पूजा गर्ने बेला भयो रे भन्ने संकेत आयो। पहिले लक्ष्मी पूजा अनि पेट पूजा। दुबै पूजा सकियो।

समाचार आउने बेला भएको थियो टिभीमा। लक्ष्मी पूजाको उपलक्षमा रंगीबिरंगी झिलिमिलि बत्ति एवं फूलमालाले सजिएका घरहरु अनि द्यौसी भौलो खेल्दै रमाउदै गरेका युबा युबतीहरुको टिभि मा।
समाचार सकियो एनटिभि को। अरु च्यानलहरुमा के के आउदै होला भनेर रिमोट खोज्दै थिएं। फेरि फोनको घण्टी बज्यो।

यो घण्टीको आवाज अनिष्ठ बजेको जस्तो सुनें। उठाएं । संझना दिदी को भाइ, राजेशको।
"मानदाई रहनु भएन्। हामी आर्यघाट जांदै छौं।"

"ला!!!!!!!!!!!, कति बेला?"

"अघि ८ बजे तिर्"

हस् त म आउछु उतै भन्दै लामो कुराकानी गरिरहन मनासिब लागेन र रातको ११ बजे आर्यघाट तिर लागें। फर्किंदा सुनसान् हुने, फेरि मशान जस्तो ठाउँमा जाने भएकोले भाईलाइ संगै हिंड भनें। एक छिन त अनाकानी गर्‍यो तर संगै हिड्न राजी भयो।
आर्यघाटमा अन्तिम संस्कार गर्न सबै बन्दोबस्त भैसकेको रहेछ।

कींकर्तब्यबिमूढ संझना दिदी पाटीको कुनामा ढाक्कको खास्टो भित्र सुकसुकाउदै थिए। म संग भन्ने शब्द पनि थिएन, संझना दिदीसंग बोल्ने हिम्मत पनि थिएन। मानदाई आरम संग चित्तामा लम्पसार। मानौं, मुक्ति यात्राको सुभारम्भको प्रतिक्षामा शान्त थियो। यो कोलाहलको दुनियाँबाट एकान्त बास सर्न जान लागे जस्तो।
वातावरण कारुणिक थियो नै। सबैजना आर्यघाटमै भएकोले ४ बर्षकी छोरी सदिच्छा र २ बर्षको छोरा पनि आर्यघाट मै थिए। मानदाईले सदा सदाको लागि छोडेर जानु भैसक्यो भने खबरबाट बेखबर अबोध ती बालबालिकाको संभाब्य कालो भबिष्य को कल्पना ले जिउ सिरिङ् भयो।

बिधिअनुसार अन्तिम संस्कार भयो। संझना दिदी आफैले दागबत्ती दिनु भयो। । आफ्नो प्राण भन्दा प्यारो पतिलाई आफ्नै हातले अग्नि दिंदा उहाँको हाल कस्तो भयो होला, उहाँलाई नै थाहा होला।
त्यो द्रिश्य हेर्न पनि सक्दिनथें, बर्णन गर्न पनि।


तिहारको यम पन्चकमा काल आउदैन रे भन्ने सुनेको थिएं। यमराज पनि आफ्नी बहिनीको हातको टिका लगाउन बहिनीको घर गैरहेको हुने हुनाले यमलोक बन्द हुन्छ रे। यमराज पनि कति निष्ठूर हुन सक्दो रहेछ। बन्दाको बेला मा पनि मानदाईले लगेरै छोडे।
यमराज प्रति बिद्रोह उठ्यो मनमा। रातको २ बजी सकेकोले मानदाईको जलिरहेको शरीर हेर्दै अन्तिम पटक नमस्कार गर्दै घर फर्कें। पर पर सम्म मानदाई को अस्तित्व धुंवा भै गगनमा फैलिरहेको हेरी रहें केही बेर । 

अस्तु!

Last edited: 25-Jun-08 08:39 PM

 
Posted on 06-25-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अन्तमा, यसरी संझना दिदीको अथक र निस्वार्थ प्रयास को वाबजूद पनि मानदाइलाई बचाउन सक्नु भएन। तेह्रौं दिनको धार्मिक अनुस्थान पछी संझना दिदी पुन: अफिस आउन थालनु भयो। मानदाई लाई आफ्नो जीवन यात्राको लम्बाइ पहिले नै आभास थियो कि , उहाँले जीवन बीमा गर्नु भएको रहेछ। सो रकम र बैंक को नियमानुसार पाउने सुबिधा को पैसा पाउने बित्तिकै सबैको ऋण सधन्यबाद फर्काउनु भयो। त्यसको केही महिना पछी मैले त्यो जागिर छोडें र सरकारी सेवामा प्रबेश गरें। केही समय पश्चात संझना दिदी छोरा छोरीको भबिष्य को सुनौला सपना बोकेर जापान जानु भयो।

 
Posted on 06-25-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अनी दाइको अहिले सम्झना दिदी सँग कन्ट्याक्ट् छ कि छैन दाई, अनी छोरा chhoori के गर्दै छन अचेल ?
 
Posted on 06-25-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइ, एउटा दु:खद अन्त्यको कथा पढियो, नरमाइलो लाग्यो। तर त्यस्पछी को दिनहरु को बारेमा झन लेख्नु भएन नि, झन सुरुमा सम्झना दिदी को छोरी सित भेटेको भन्नु भएको थियो अरु के के भयो थप्नु पर्‍यो
 
Posted on 06-25-08 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Sarai marmik katha rahechha.Ani Samjhana didi k gardai hunuhunchha ta rahulji?Tyo pani lekhauna pls.Uhako ramro kura sunna paye hunthyo.
 
Posted on 06-26-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पर्बते जी,
कथा दु:ख को हो, पतिको मृत्‍यु भन्दा ठुलो दु:ख के होला? त्यसैले बाँकी भाग नलेखेको । लेख्नै पर्ने भए त्यो नि लेखौला ।

हर्क बहादुर जी,

संझना दिदी संग उहाँ जापान जान अघी एक पटक भेट भएको। त्यस पछी भेट भा छैन। अम्रिका आउनु अघी पुरानो अड्डा मा गएको थिएं, केही कागज पत्र बनाउन। हाम्रो पुरानो पियन लक्ष्मी दिदी ले संझना दिदी फर्किनु भयो रे भन्ने खबर गरेको चाँही थियो।

 

बिदेशी जी,
अहिले के गर्दै हुनुहुन्छ त्यो थाहा भएन तर नेपाल फर्किनु भयो रे । दिदी जस्तो साहसी महिला ले अबश्य नै केही न केही उपलब्धिमूलक कामा गर्दै हुनु हुन्छ होला। 


 
Posted on 06-26-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

dbl posting

Last edited: 26-Jun-08 08:50 AM

 
Posted on 06-26-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

धेरै दु:खत कथा पढियो - पर्ने बेलामा सबै एकैचोटी पर्ने रैछ,
कस्लाई कुन बेला के पर्ने केही भन्न नसकिने - मान्छेको जीवन यस्तै त हो -
 
Posted on 06-26-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कस्तो दु:ख लाग्यो ठुल्दाइ यो कथाको अन्त्य पढेर। हुन पनि हो भोली के हुन्छ थाहा हुँदैन। जेस्को लागि पनि तयार भएर बाच्नु पर्ने रहेछ।
 
Posted on 06-26-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Dai le samjhana didi ko chhori lai kasari bhetnu bho ta?  Chhori lai bhete pachhi k bhayo? Ajhai 1 bhag lekhne ki dai?
 
Posted on 06-26-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अत्यत्नै दु:खद तथा मार्मिक कथा पढि सक्दा बिरक्त लागेर आयो ! अझ त्यो पनि लक्ष्मी पूजाको झिलीमिली साँझमा त्यस्तो अशुभ घटना घटेको ! शायद त्यो यमराज पनि बेखबर नै थिए होला चाडपर्व छ भन्ने कुरा देखी !

उत्तम प्रस्तुती ठुल्दाइ ! धन्यवाद

त्यती खेरको क्रिकेटको स्कोर अझै याद रहेछ ! वाह
>>>क्रिक्रेट हर्दै बस्दा पनि मानदाई को निरही अनुहार झल्झलि अैरह्यो। इनिङ् सकियो, पाकिस्तान २७६-८ , जित्ने खालको स्कोर। <<<

 


 
Posted on 06-26-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइ,
सम्झना दिदी को बियोगान्त काहानी निकै राम्रो सँग उतार्नु भएको छ्। बिहान बिहानै पढेर मान्दाइ दिमागमा बस्ने हुनु भयो दिन भरी। के गर्नु जिन्दगी एस्तै रहेछ, अरु भन्दा पनि परिवार बाल बच्चा भएको लाई भगवान ले चाडै बोलाइदिदा चाँही अली धेरै गाह्रो हुन्छ धेरै जाना लाई। अनी तारा दिदी को छोरा पनि तेही समयमा ब्लड क्यान्सर ले बित्नु भाको राइछ था थिएन।
अनी ठुल्दाइ  कबिता सबिता,सम्झना दिदी अब 'हु इज नेक्स्ट' ?
 
Posted on 06-26-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दुखद् अन्त्य! मन नै कस्तो कस्तो भयो! आफैँले देखेको र सहभागि भएको सम्झना दिदीको दुख निकै कुशलतापूर्वक कथामा उतार्नुभएकोमा बधाई छ! आगामि कथा अब कस्तो आउला त??
 
Posted on 06-26-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दै यो अन्तिम भागको कथाले मलाई रुवायो। अनी मर्म्स्पर्सी कथा। मेरो साथी को कथा सँग एक दम मील्न गएको ले आँखाबाट आसुनै आयो। निसब्द छु अहेले

 
Posted on 06-26-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लहरे जी,
दु:ख का कथाबाट प्रेरणा लिना सकियो भने जहर पिउनेको पनि जिउने रहर जाग्छ। संझना दिदी को दु:ख को अगाडि आफ्नो केही हिओिन, अझ संघर्ष गर्नु छ जस्तो लाग्छ।

दीपिका जी,
यो संसारमा एउटै सत्य छ भने मृत्‍यु हो। तर मृत्‍यु मानदाई जस्तो नहोस्, दुखै दु:खमा अल्झेको, त्यती मात्र हो।


चेली जी,
संझना दिदी को छोरी लाई सानैमा  भेटेको बाहेक फेरी देखेको छैन। कथा को त्यो भाग लेखकिय परिकल्पना मात्र हो। हुन पनि ४ बर्षको उमेरमा छोडेर जापान जानु भएकी दिदी ११-१२ बर्षको वनवास पछी फर्किनु भयो। एस् एल सि दिने बेला मा। त्यही निर मेरो कल्पना ठोकिएको हो।


रिट्ठे जी,
हो भन्या लक्ष्मीपूजा को दिन झिलिमिली रात नि निस्पट्ट अधेंरी रात जस्तो भयो। लक्ष्मी पूजाको भोलीपल्ट हाम्रो म्ह: पूजा र न्हूँ दं अर्थात नयाँ बर्ष। त्यो पनि देख्नु भएन। नयाँ बर्ष देखी ग्रह दशा शान्त हुने थियो कि ?

  बिस्टे जी,

हो भने यो कथा सुरु गरे देखिन मान दाई को अनुहार झलझली याद आइरह्यो भने। सलाईन को पाइप सहित् को हात अलिकती हल्लाई बाइ भने जस्तो।

बिर्खे जी,

आँफै कथा संग संगै दुख्दा ज्यादै न रमाइलो लाग्दो रहेछ। अब कस्को कथा लेख्ने भन्दा नि कस्तो ब्यथा लेख्ने भन्ने मूल प्रशन हो जस्तो लाग्छ।

रबी जी,
 
 

के गर्ने रबी जी, जिन्दगी को के भरोसा? तिर्थ मानजी को कथा पनि उस्तै होला। लेखुम रबी जी लेखुम।


कथा पढिदिनु हुने, टिप्पणी लेख्नु हुने हर एक प्रती भित्री हृदय देखी आभार प्रकट गर्न चाहन्छु। तपाईंहरुको जीवन सुखमय होस्। तारेमाम।

 


 
Posted on 06-26-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Thuldai, katha ko antya  sarai  man ruwaune khale thiyo even  though we readers some how sensed that..

"बिधिअनुसार अन्तिम संस्कार भयो। संझना दिदी आफैले दागबत्ती दिनु भयो। । आफ्नो प्राण भन्दा प्यारो पतिलाई आफ्नै हातले अग्नि दिंदा उहाँको हाल कस्तो भयो होला, उहाँलाई नै थाहा होला।
त्यो द्रिश्य हेर्न पनि सक्दिनथें, बर्णन गर्न पनि।

yo line ta padhnai nasakine khale

Dai, katha ko lagi dherai dherai dhanyabad.



 
Posted on 06-26-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दै कथा एक दम राम्रो लाग्यो। जुन लेखुम को सवाल छ , लेख्न्न त मन लाग्छ तर लेख्न्न नै आउँदैन। तर तपाईं को हौसलाले मलाई हिम्मत आयो। म पनि सुरकस्दै छु कथा लेख्नन लाई।

 
Posted on 06-26-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अन्तिम भाग भएर मात्र छोड्न मन लागेन तर धेरै लाइन हरु स्किप ग्र्दै पढे - - राहुलदाइ हजुर को बर्णन शैली बेजोड छ,सबै आँखै अगाडि भए जस्तो लाग्छ - - त्यसैले   अब यस्तो दु:खदायी सब्जेक्ट हरु मा नलेख्नु न है- -   कस्तो नरमाइलो लाग्छ के


 



PAGE: <<  1 2 3 4 5 6 7  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Learning computer programming
सेतो इन्द्रणी
❤ नारी दर्पण ❤
Are you invited for 4th of July Celeberation by WH
Need advice
TPS FEDERAL NOTICE
ICE RAID
IT Consultancy Dons and Donts
साझाका Sherlock Holmes .. Please suggest
The bubble sort algorithm
Please subscribe
Paras Shah and Sonika Singh with Huge Money !
The Selection Sort
अमेरिकामा नेपालीको आय २५ हजार डलर मात्र
The Insertion Sort Algorithm
Stock ma lagani
onine cricket live help
Best Nepali Momo and Chowmein in Boston!!!
गाडीमा आएर २५ रुपियाको मकै किन्ने औकात नभएका बुद्धिजीबीहरु
Don't apply Canada Immigration through COLIN R. SINGER
Former U.S. President Bill Clinton in Nepal
Build the Wall-MAGA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters