Posted by: Rahuldai June 10, 2008
संझना दिदी !
Login in to Rate this Post:     0       ?        

 

संझना दिदी
भाग २

आफ्नो वचन अनुसार भोली पल्ट म बीर हस्पिटल गएं। इमर्जेन्सी तिर कोइ चिन्या डाक्टर भेटिन्छ कि भनेर हेरें। एक जना होइन ३ जना आइ एस्सी संगै पढेका मित्रहरु भित्र गफ मा मस्त र ब्यस्त भेटें। ती मध्ये डिउटी सकिन लागेको डा जोशी का साथ मेल मेडिकल वार्ड २०१ तिर लागें। २०१ खाली थियो, झसँग भएं। कुनै अनिष्ट भयो कि? चिसो ले साउती गर्यो। डाक्टर साहेब ले नर्स संग २०१ को बिरामी बारे जानकारी लिनु भयो। बिरामीलाई इन्फेक्सन हुने डर ले प्राइभेट क्याबिनमा सारेको छ रे , न्यूक्याबिन   २४ मा।

हामी दुबै जना त्यता तिर लाग्यौं।

"सर नमस्कार। डाक्टर साहेब नमस्कार।"
"नमस्कार"
"बिरामी लाई कस्तो छ? के भएको भन्छ?" एक सास मा मैले आफ्नो जिज्ञासा राखें।
"ल मैले भुसुक्कै बिर्सें छु, डाक्टर जोशी, मेरो क्लास्मेट हाल यही हस्पिटल मा काम गर्नु हुन्छ।" मैले साथीको परिचय गराएं।


खै, के भाको के? डाक्टर साहेबहरु केही भन्नु हुन्न। ज्वरो आएको कम भएको छैन, सिटामोल मात्र दिनु भएको छ। होस् नै राम्रो सँग छैन।


"डा जोशी, के भाको होला, बिरामीलाई? " मैले साथीलाई केही प्रकाश पार्दिन अनुरोध गरें।
"रिपोर्ट केही आयो? रिपोर्ट न भाई केही भन्न सकिन्न? "


रिपोर्ट त एउटा आएको छ, अरु आउन बाँकी छ। संझना दिदी ले मेडिकल रिपोर्ट को फाइल दिदै भन्नु भयो।


डा जोशी ले बडा ध्यानपूर्बक रिपोर्ट हेर्दै सोध्नु भयो।
"हाल बिरामी हुनु भन्दा पहिला कहिलेइ बिरामी पर्नु भएको थियो? "
२०-२५ दिन अगाडि ज्वरो आएको थियो। घर छेउ कै औषधी पसल मा जचाएर ठीक भाथ्यो। टाइफ्वाइड भएको रे। ७ दिन को कोर्स पुरा गरेर २ हफ्ता रेस्ट गरेर ३-४  दिन अघी मात्र अफिस जानु भएको। अली आराम गर्नु भनेर भनेको मान्नु नै भएन। भर्खर प्रमोशन भएको, घर बस्नु हुँदैन भनेर अफिस जानु भयो। अस्ती देखी थला पर्ने गरी ज्वरो आयो।


"ठीक छ, खासै केही चिन्ता लिनु पर्दैन, त्यो रगत जाँच को सबै रिपोर्ट आए पछी के भएको हो के गर्ने भन्ने थाहा हुन्छ। अहिले केही गर्नु पर्दैन।"

"डाक्टर जोशिले केही चिन्ता नलिनु भनेको छ। सबै रिपोर्ट आए पछी खबर गर्नु हामी फेरी आउने छौ। अफिस को चिन्ता पनि न लिनु, म आँफै सम्हाल्छु। बिरामी को राम्रो संग हेर बिचार  गर्नु। अहिले हामी जान्छौ।"


पहिलो तल्ला मा रहेको क्याबिनबाट ओर्लिना साथ भर्याङ को दाँया पट्टी चमेना गृह थियो। डा जोशिले एक छिन क्यान्टिन मा बसौं। धेरै बर्ष भईसक्यो भेट न भाको पनि भनेर भन्नु भयो।
चिया र चाट् को अर्डर गरी हामी एउटा टेबलमा बस्यौं।
"कस्ता कस्ता डाक्टर हुन्छन यो देश मा? वरिष्ठ् फिजिसियन रे, डा आर डि श्रेष्ठ।"

"किन पड्क्या?" अघी सम्म तपाईं मा चलिरहेको शिष्टाचार लाई मैले तं मा ओरालें। हामी दुबै लाई तपाईंको आदरार्थी संबोधन पचेको थिएन। तै पनि लोकाचार को लागि गरियो। सकियो।


"हेर न बीर हस्पिटलकको सबै भन्दा पुरानो डाक्टर को कमाल। त्यो अघी को बिरामी को रिपोर्ट मा थंबोसाइटोपेनिया सस्पेक्टेड रे। हद हुन्छ नि, नजाने किताब पल्टाउनु नि।"


"के हो त्यो थम्बो साइटो भनेको ? जापानिज रोग हो? "


"कहाँ हुनु, थम्बोसाइटोपेनिया भनेको रगत मा प्लेट्लेस को संख्या काम हुनु हो। यहाँ WBC, RBC हेमोग्लोबिन सबै को संख्या घटेको छ।"

अनी यो कस्तो रोग को संकेत हो त?


"संकेत त ठीक छैन। तर अझै रिपोर्ट आउन बाँकी छ। त्यसैले यही हो भन्न मिल्दैन। लेट्स होप फोर बेटर ।"


हामी चाट् र चिया भजाएर हिड्यौं।


त्यस दिन को भोली पल्ट नै संझना दिदी को फोन आयो।

" सर, सबै रिपोर्ट आयो। सर, डाक्टर जोशी लाई लिएर आउनुस् एक पल्ट। यता डाक्टर साहेब केही भन्नु हुन्न। आज झन बोली नै फुटेन उहाँको। मलाई साह्रो डर लागि रहेछ।"

 केही धन्दा न लिनु। भरे डाक्टर जोशी संगै आउने छु। ज्वरो आएको हो, टाइफाइड बिग्रेको जस्तो छ । केही दिन मा ठीक हुन्छ भनेको छ डाक्टर ले। मैले पनि मानौ आँफै बिशेषज्ञ जस्तो गरी भनी हालें।

त्यो सांझ डाक्टर जोशी लाई फोन गरेर अस्पातल मै कुर्नु भने र ५ बज्ना साथ उतै लागें।
डाक्टर मलाई नै कुरी बस्या राइछ, इमर्जेन्सी मा। "

हेरौं सबै रिपोर्ट हेरे पछी के हो भन्न सकिन्छ। अहिले को स्थिती मा भन्ने हो भने संझना दिदी अभागी हुनु हुन्छ।"
"अर्थात बाच्ने आश छैन होइन ? "

"त्यसो त होइन, कम् आश छ। डाक्टरी पारामा चिप्लोमाटिक उत्तर दिए।"


क्याबिन भित्र पस्ना साथ हस्स्याङ फस्याङ गर्दै संझना दिदिले रिपोर्ट तेर्साउनु भयो। मानौं हामी सित जादु को छडि छ र छु मन्तर गरेर बिरामीलाई चलायमान गरी दिन्छौं।
रिपोर्ट का साना साना अक्षर भित्र ठुला ठुला घट्ना - दुर्घट्ना लेखिएको हुनु पर्छ, डा जोशी को भावमा चिन्ता स्पष्ट टल्किरहेको थियो।


"के भाको डाक्टर साहेब?"  हतास हतास, निराश निराश स्वर मा संझना दिदीले सोध्नु भयो।
"यो रिपोर्ट त्यती राम्रो छैन, टिचिङ मा ब्लड चेक गराउनु पर्छ एक चोटि। अफिसियली मिल्दैन होला, म रिफर गरिदिन्छु, उता को हिमाटोलोजी डिपार्ट्मेण्ट् मा साथी छन। राम्रो सँग चेक हुन्छ।"


" यही रिपोर्ट निस्कियो भने? " डर त्रास र संभाबित दुर्घट्ना बोल्यो।
यही रिपोर्ट सहि हो भने उहाँलाई औषधी को बिरलै हुने रियाक्सन भएको छ। ब्लड रिलेटेड हो।

"ब्लड क्यान्सर हो?"
'होइन, UNCONTROLLED GROWTH OF WBC IS LEUKOMIA अर्थात  ब्लड क्यान्सर तर उहाँ घटेको हो WBC, बढेको होइन।'

"जती खर्च भए नि उपचार् गर्छु उहां लाई। बिदेश मा त उपचार् होला नि यहाँ न भए? "
'उपचार् त यहाँ पनि हुन्छ तर सक्नु हुन्छ भने बिदेश लैजाने सलाह दिन्छु। आइ मिन इन्डिया।'


'ब्लड को स्याम्पल् कालेक्ट गर्न म नर्स लाई भन्छु र यो स्लिप लिएर टिचिङ मा टेस्ट गराउनु। शायद कुनै राम्रो रिजल्ट निस्कन्छ कि?'

'डाक्टर श्रेष्ठ ले के भन्नु भएको छ त?'
"आजै देखी ब्लड दिनु पर्छ भनेर भन्नु भएको छ, ब्लड बैंक मा ब्लड लिन भाई गएको छ आउँदै होला।"


'ठिकै छ, ब्लड दिनु अनी इन्डिया लिएर जाने बारे सल्लाह गर्नु,घर परिवार संग। अली लाई पैसा ले पुग्ने होइन।' डाक्टर जोशीले यथार्थ कुरा राख्नु भयो।

'अहिले जान्छु, मेरो काम छ। फेरी भेटौँला। केही पर्‍यो भने मलाई फोन गर्नु वा भेट्नु, म इमर्जेन्सी मा बिहान ९ बजे देखी हुन्छु।'


"लौ त डाक्टर साहेब, थ्यान्क यु। म एक छिन मा जान्छु।"


"सर अब के गर्ने होला, छोरा छोरी के गर्दै होला, म नभै एक छिन बस्ने होइन। माइत छोडेको छु, बुवा लाई दु:ख दिराख्या होला।
के गर्ने होला भन्नुस् न सर।"
"अं, त्यो सबै रिपोर्टको एक प्रती फोटो कपी मलाई देउ। मेरो आफ्नै दाई यानी काका को छोरो डाक्टर छन, बेलायत जाने तरखरमा हुनु हुन्छ, उच्च अध्ययन को लागि। दाईलाई धेरै नलेज छ। मैले भनेको थिएं नि । कहिलेइ सेकेण्ड न भएको एक जना मेरो दाई पनि हुनु हुन्छ भनेर। दाई संग सल्लाह गर्छु। बरु पैसा को बन्दोबस्त गर्दै गर्नु। "


"कसरी गर्नु हुन्छ पैसा को जोगार?"  म भित्र को चिन्ता प्रकट भयो।
"खै जसरी भए नि गर्नु पर्ला सर। बुवा लाई कती दु:ख दिने? बुवा सँग पनि छैन, मलाई थाहा छ। एक जना भाई बेरोजगार नै छ। अर्को भाई को आफ्नै परिवार छ।"

"अनी हाम्रो दाईको दाजु भाई दिदी बहिनी छैनन त?"


"छन, दिदी र बहिनी छन। एक्लो छोरा, घरमा बुढी आमा मात्र। अनी दिदी हरुसंग यसो कुरा गर्नु नि।
दिदी त करोड पती हुनु हुन्छ तर व्यबहार, हामी गरीब भएकोले होला, राम्रो देख्दिन।"

 तै पनि कुरा गर्न लगाउनुस् न आमा लाई भनेर। मैले सक्दो सल्लाह दिएं।


एक प्रती रिपोर्टको फोटो कपी लिएर दाइ डा अनिल को घर मा गएं र संझना दिदी र तिनको श्रीमान को बिस्त्रित जानकारी गराएं।
दाई ले रिपोर्ट हेर्ने बित्तिकै यो रिपोर्ट को भरोसा नगर्नु तर बिरामी को नि आश नगरनु भन्नु भयो।
"किन दाई?"
लौ त्यो र्‍याकमा क्लिनिकल हेमाटोलोजी भन्ने हर्मेनिङ को बुक निकाल र पेज १२८ पल्टाउ।
उहाँलाई Aplastic anemia वा प्यान साइटोपेनिया भएको छ। त्यो पेज मा के लेखेको छ आँफै पढ्नु। दाई लाई मैले माइक्रो बायोलोजी पढेको छु भन्ने याद भएर भन्नु भएको होला।
  
Pancytopenia is generally due to diseases affecting the bone marrow, although peripheral destruction of all lines of blood cells in hypersplenism (overactive spleen) is a recognised cause. Bone marrow problems causing pancytopenia include myelofibrosis, leukemia, aplastic anemia, and the malignant form of osteoporosis.
Rarely, drugs (antibiotics, blood pressure medication, heart medication) can cause pancytopenia.

It is a  fatal disease, the patient will die due to infection within the 3 months.  Till to date, no treatment is available  except bone marrow tranplantation.
यो पढे पछी म आकाश बाट खसे झै भएं। पुरै आकाश निराशाको बादल ले ढाकेको अनी त्यहिबाट खसेको तिब्र गतिमा संझे।  संझना दिदीको जिन्दगीमा आउने बज्रपात को आवाज मेरो कानभरी  गुन्जी रह्यो।
निराश हुँदै आफ्नो घर फर्कें।

क्रमश: 
 

 

   
     
 

Read Full Discussion Thread for this article