Posted by: भउते January 29, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

"अनुराधा मेरो पार्टीमा न आउनु तर  यताको पार्टीमा मात्र आउनुको  रहस्य के होला?"

उता दाइजो बोकेर जानु परो के रे, यता रित्तै आउन पाइयो, त्यै भे'र होला नि।

जोक्स अपार्ट, कथा सुलुलुलु बगेको छ, खोला जस्तै। पढ्दा मजा आउने।  खोलामा नि ठाउँ-ठाउँमा पानी जम्मा भे'र रह बनेको हुन्छ, अनि त्यहाँ भुमरी पनि परेको हुन्छ। त्यसरी नै यो कथा पढ्दा ठाउँ ठाउँमा मेरो पनि सोँचाइले रह बनायो र मन-मस्तिष्क भुमरीमा घुम्यो। कथाको "म" ले केहि लुकाए जस्तो लाग्छ, निस्कन खोज्दा खोज्दै नि केही कुरा जबर्जस्ती अँठ्याएर राखे जस्तो लाग्छ।  "म"को यति महत्वपूर्ण पार्टीमा उसकोको यति अमूल्य समय र सोँचाइ खर्च्याउन सक्षम अनुराधा पनि आइन रे। मात्र अनुराधा पनि आइन ?  म त पत्याउँदिन, केवल अनुराधा मात्र आइन भनेर। अनुराधाले ठुलै आँधि-हुरि बोकेर ल्याएको हुनुपर्छ। खै त्यो आँधि-हुरि ?  कि यो हुरि अगाडिको सन्नाटा हो?  हैन भने अहिले सम्म आएको सबै भेलहरु बिना बर्षाको बाढी हो?

Read Full Discussion Thread for this article