Your Banner Here

   [Show all top banners]

rahulvai
Replies to this thread:

More by rahulvai
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL

mysteryman2055

liberty gal

abc_n_xyz

peaceinheaven

o ho

बिस्टे

Geology Tiger

o@$!$....

harikancha
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अनुराधा"

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14  
[VIEWED 63397 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-17-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।

माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।

तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें।
नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं।
भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो।
"राहुले! ओहे राहुले"
पक्का कुन चाहिँ स्कूले लौका पर्‍यो भन्थाने र फर्केर हेरें।
बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे।
ओह आलु !कहाँबाट्?
"आलु न भन न मुला, यस्तो ठाउंमा"
हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।

एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो।
२० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो।
कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी।
अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें।
"छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी"
नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी।
"ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"

"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"

अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु।
मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्।
छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ।
"अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो।
मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी।
जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें।
मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली ।
ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको?
अनुराधा भाउजु किन भनेको?
हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको?
ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा।
हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन।
घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा।
आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु।
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
क्रमश:
***********************************************************************
भाग २

ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ?
छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई।
सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै।
चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें।
खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ।
'चिया तयार भो ड्याडी'
"अब सुनाइस्योस् कथा अनुराधाको"
भाषा र शैली नक्कल गर्छे अचेल मेरो।
लौ सुन कथा अनुराधाको-
अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि।
अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी।
मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको।
निकै जेहेन्दार र प्रतिभाशाली छात्रा।
एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं।
आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो।
५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो।
"यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?"
""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।"
(http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441)
म फेरि अगाडि बढें।
त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका।
एउटै क्लासका।
तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।

७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन।
अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन।
नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा।
पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर।
भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें।
के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि।
छोरी हास्छे, एकै छिन।
यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले।
"यो सबै तिम्रो मम्मिको कमाल् हो"
अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए।
रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्।
क्रमश:
***********************************************************************
भाग ३

यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।

नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज
फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।

हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।

स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।

सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो।
तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।

शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्‍यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे।
चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु?
निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के?
भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न।
अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो।
संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं।
तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन।
केही बिषेश पर्‍यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्।
क्रमश:

Last edited: 17-Sep-07 12:42 PM

 
The postings in this thread span 14 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-30-08 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ न ठुल्दाइ को महाकब्य त सकिएछ।  हुन त कथा अझ लामो पनि हुन सक्थ्यो होला। तर जे होस अनुराधाले पनि बिहे गरेर पारिवारिक संसारमा हामफालेको पढेर अनी कथा को सुखद अन्त्य भको देखेर चित्त बुझाउनु पर्‍यो। कथा चाइ साह्रै राम्रो लाग्यो। ठुल्दाइ मौका मिले यस्तै राम्रा रचना हरु लिएर आउँदै गर्नुस।
 
Posted on 01-30-08 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Hi Dipppy K chha sathi?

मन चित्त सबै बुझ्ने। सबै जना हाँसी खुशी मै कथा टुङ्यो

Ho ra Bhanya??????? hehehehe


---------------

 
Posted on 01-30-08 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

la ma chai sathilai uta "Rose Thread" ma jiskaudai thiye, usle ta yeha jiskauna bhayisakechha.

Ani ho ta ni katha hashi kushi nai sidhyo. Anu pani khushi, Binoti bhauju pani khushi, Rahuldai pani khushi ani chhori ta jhan khushi "My Mommy and Daddy are really great" bhandia mo mo nai banauna gayeko  bhane pachi story ko happy ending bhaihalyoni 


 
Posted on 01-30-08 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"कहिलेइ नमेटिने मुटुको भित्रीतहबाट निस्रित रगतले सुख दुखमा अनन्त सम्म साथ दिने हस्ताक्षर गरें मैले।"

वाह ठुल्दाइ, कस्तो सटिक वाक्य
कथा भन्दा नि बढी जीवन गाथा भन्न मिल्छ हजुरको कथालाई
दुवै जना आ आफ्नो दाम्पत्य जीवनमा बाधिसकिये पछि त खासै उल्लेखनिय कुरा त हुँदैन पनि
खैर जहाँ सुरुवात छ त्यँहा अन्त्य जैले पनि निश्चित हुन्छ

अत्यन्त राम्रो प्रस्तुती, धेरै धेरै धन्यवाद

 
Posted on 01-30-08 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कता कता एकचोटि कथाले स्कुलको याद लाई ताजा बनाइ दियो।
मिठो भाब, शैली अनी मनलाई छुने प्रस्तुतिकरणले अनुराधालाई
निकै माथि पुराएको छ,यस्तै अनुराधाहरु फेरी पनि पढन पाइयोस. 
 
 
Posted on 01-30-08 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कहिलेइ नमेटिने मुटुको भित्रीतहबाट निस्रित रगतले सुख दुखमा अनन्त सम्म साथ दिने हस्ताक्षर गरें मैले।"

वाह ठुल्दाइ, कस्तो सटिक वाक्य
कथा भन्दा नि बढी जीवन गाथा भन्न मिल्छ हजुरको कथालाई
दुवै जना आ आफ्नो दाम्पत्य जीवनमा बाधिसकिये पछि त खासै उल्लेखनिय कुरा त हुँदैन पनि
खैर जहाँ सुरुवात छ त्यँहा अन्त्य जैले पनि निश्चित हुन्छ

अत्यन्त राम्रो प्रस्तुती, धेरै धेरै धन्यवाद

 
Posted on 01-30-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हेर्नुस् ठुल्दाइ, कसै कसैले यसरी कपेर पेस्ट्छन पनि यो धर्तिमा
अल्छिका पोकाहरु
 
Posted on 01-30-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

yo katha padhna kya ramailo hunthyo, aba ta sakiyecha


 
Posted on 01-30-08 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Rahuldai ,

anuradha (story)ko barnan maile ke garna sakula ra?

kina yeti chito anuradha sakieko hola bhanera prasna uthyo manma.

hajurko word use ra sentence structure man parcha.

 

Last edited: 31-Jan-08 09:23 AM

 
Posted on 01-31-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अनुराधाको अन्तीम अंक पनि पढियो।

एउटा आफ्नो जीवनको पाटो यहाँ सफलतापूर्वक पस्कनुभएकोमा बधाई छ ठुल्दाई! आशा छ आउने दिनहरुमा अरु पनि कथा पढ्न पाइन्छ!


 
Posted on 01-31-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ राहुलदाइ, सकियो कथा?

जे होस्, सबैले अन्तमा आ-आफ्नो बाटो समाते जिन्दगीमा, खुशी लाग्यो।
 
Posted on 02-01-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आदरणीय पाठक महोदय,
"अनुराधा"  निकै लामो (लेखाई भन्दा नि समय) भएता पनि धैर्यतापूर्बक पढी गुणी दिनु हुने सबै महानुभावहरु प्रति आभार प्रकट गर्न चाहन्छु। झण्डै ६ महिना अघि कथा सुरु गर्दा २-३ भागमा सकिन्छ भन्ने सोच बनाएको थिएं, तर सकिन, क्षमा चाहन्छु।

कथाको हरेक अंकमा धेरै मित्रहरुले सुझाव सल्लाहहरु दिनु भयो, त्यही अनुसार केही सुधारें जस्तो लाग्छ पनि। कथाको घट्नाक्रमलाई समेत केही मित्रहरुले आकार दिनु भयो। त्यो शायद साकार भएन होला।

 म प्राक्रितिक कथाकार होइन। ब्यबसायिक साहित्यकार होइन। अर्को कुरा, नेपाली मेरो पहिलो भाषा  पनि होइन। त्यसैले, कथामा हुनु पर्ने यावत अवयबहरु, घट्ना बिश्लेषण र अन्त्यको चरम उत्सुक्ता को अभाव रह्यो होला, मैले मानेको छु। साथै भाषिक कम्जोरीहरु पनि थुप्रै थे होलान्।


तै पनि यहाँहरुको न्यानो माया पाएर मैले अनुराधा लाई बिश्रान्ति दिएं। साझाका स्थापित लेखक मित्रहरुको टिप्पणी भने सदा खत्किरहने छ। कथाका पात्रहरु र कथाको बिषयवस्तुलाई
न्याय गरें कि गरिन, मलाई थाहा छैन, तर जे गरें आत्मको उदबोधनलाई सुनेर गरें, गुणेर गरें।
पुन: एक पटक सबै शुभेच्क्छुक हरु प्रति धन्यबाद दिदैं बिदा हुन्छु।

तारेमाम्!


अस्तु!!!!!!!!!


 


 
Posted on 02-01-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

राहुलदाइ,

कमेण्ट लेख्छु भन्दा भन्दा अन्तीम सम्बोधन पनि सक्किए जस्तो लाग्यो के रे । कथा असाध्यै राम्रो छ, तारीफ त नगरी बस्न सकिन्न ।

तर कथाको पात्रहरुको भुमिकाबारे धक फुकाएर टिप्पणी गर्न नसकेको कुरा क्षमा माग्दै जानकारी गराउन चाहन्छु । भन्छन नि त्यो, बोलुँ बोलुँ भन्यो हिम्मत जुटायो तर त्यो बोली किलकिलेमै अड्क्यो भन्या जस्तो । अन्यथा नसोच्नुहोला, शायद यथार्थमा आधारीत कथाहरुले यस्तै अब्यक्त पीडा दिँदो हो कि ।

पापीमन त पापी नै हुन्छ, त्यसलाइ दुत्कारिन्छ तिरस्कार गरिन्छ । तर संङ्लो मन पनि पापी भए के गर्ने होला ? कथामा राहुलेको संङलोमन, समाजिक वा अन्य कारणले पापी बनेको छनक भेट्टाइन्छ जसलाइ कथामा बिस्तृत समेट्नसके अझै सुनमा सुगन्ध हुनेथियो । कथामा "समाज" मात्रै खलपात्र झै लाग्ने गरी सम्पूर्ण दोषारोपण त्यतैतिर औंल्याउने  पक्ष निर केहि कमजोरी छ जस्तो लाग्यो ।

र अब अर्को कथा कहिले नि ?


 
Posted on 02-04-08 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अनुराधा आइन, एउटा थप बाहाना दिइन, चौतारी धाउनु को र अब बिलाइन। कता कता कुनै आत्मिय साथी हराएकी झैं।

र मेरो अनुभवमा अधिकांस पटकथाहरु वस्तबिक राखेर पनि यती सलल बगेको यो कथा बहुतै उत्कृष्ट छ। कुनै ब्यवसाइकता न-अंगालेर पनि यति सफल लेखन चानचुने कुरा हैन। र राहुल दाइले भने जस्तो कुनै भाषिक वा मार्मिक वा उत्सुकताको कमी थियो जस्तो पनि लाग्दैन मलाई त।

अरु धागाहरु छिट्टै बुनिने छन।

तारेमाम।


 
Posted on 02-06-08 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

राहुलजी,

 

निजी मामला र आत्मकथामा निहित हुने सम्वेदनशिलता र पवित्रता (sanctity) लाई कसरी नछुने भन्ने चिन्ता नै हो जस्तो लाग्छ, यहाँ टिकाटिप्पणी नै गरिहाल्ने आँट नजुटाएकाहरुको खास समस्या । तर मलाई पक्का छ, सबैले बडो अभिरुचीपूर्वक र आवश्यक सम्वेदनशिलताकासाथ यस कथालाई पढेका छन् ।

 

मेरो पनि त्यही हो समस्या । स्वाट्ट केही complements मात्र दिएर हिंडुँ, अलि कृत्रिम भएजस्तो हुने । समालोचना गरुँ भने यस्तो विषय समालोच्य नै होईन । झन कथाका पात्रसंग पूर्वपरिचय भएपछि त यो झनै बढी असमालोच्य र केवल आदरको विषय त हुने नै भयो ।

 

कुरा त्यसो नि त ।

 

म्याडमलाई मेरो अभिवादन सुनाउन नबिर्सनुस है ।

 

Nepe


 
Posted on 09-29-15 2:29 PM     [Snapshot: 34531]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Wonderful story. Finished all in coupe of hours. Thank you Rahulvai for such nice writings.

Sara_solta11
 
Posted on 09-29-15 3:53 PM     [Snapshot: 34590]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

धन्यबाद सारा ,
धेरै बर्ष अघिको कथालाई सम्झिनु भयो , मन पराइ दिनु भयो , हृदय देखि आभारी छु ।
 
Posted on 02-09-17 3:41 PM     [Snapshot: 51246]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

When I read these posts long time ago (around 7-8 years ago), my immature age felt that there were so many questions unanswered. Now I realized that we can have some intriguing relations that can never be answered, and it is alright to have them.
 
Posted on 02-10-17 9:46 PM     [Snapshot: 51689]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नौ बर्ष पहिलेको rahuldai को यो कथा कसो गरि फेरि बिउंतियेछ साझामा अनि हिजो र आजको समय मिलाएर पुरै सिनित्तै पारेर पढी भ्याएं नि। आफू खासै लामालामा कथा पढ्न धैर्य राख्न नसक्ने प्राणी भयेपनी तपाईंको यो कथा चाइ सर्लक्कै पढियो। मजा आयो "अनुराधा" पढ्न पाउँदा।
धन्यवाद है rahuldai लाई अनि धन्यवाद sara solta लाई पनि पुरानो कथा अगाडी ल्याइ पुर्याइदिनु भो।
 
Posted on 02-13-17 12:55 PM     [Snapshot: 52006]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

२००७ सालमा लेखिएको यो कथा बिना सम्पादन प्रकाशित भएको थियो । धेरै नै भाषिक अशुद्धता र टाइपोहरु बीच पनि करीब १० बर्ष पछि गुमनाम कथा सतहमा ल्याइदिनु भएकोमा र पढीदिनु भएकोमा धन्यवाद ।
धन्यबाद राम राम जी , रबिना थापा जी

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Vote for Hillary for President not Bernie 2016
TRUMP 2016!!! Here is why?
Ek chhoti si kahani ( True story )
Amby Writes:- My Caffeine Indulgence- I
किन पढ्नु अमेरीकामा???
निक्की कार्की द्वारा नर्थ क्यारोलाइनामा कार्यक्रम आयोजकबाट आफूमाथि यौन दुराचार भएको आफ्नै फेसबुक लाइभ मार्फत खुलाशा
Need a job around St. Louis area
सुशील नेपाल : मेरो कथा, मेरो ब्यथा !
साथी को माइजु सित
Amby Writes:- My Caffeine Indulgence - II ( Lalitpur)
साझा बोका हस्ती २०१६
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
How I lost 15 years of saving because of my iPhone
How to Start a new Business?
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Panic attack.
नासिया (नेप्लिज एसोसिएसन इन साउथ ईस्ट अमेरिका) का मुर्ख महामानबहरुलाइ खुला पत्र
Sajha is out of control - NAS must be stopped
Tax experts need salah
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Crypto Marktet, Investment, Coinbase, Gdax,
Download Nepali Calendar With Date Converter For Desktop
.NET Training Registration **Serious Students**
UNLIMITED call to Nepal @ $10 per month
Ek chhoti si kahani ( True story )
TRUMP 2016!!! Here is why?
Vote for Hillary for President not Bernie 2016
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters