"बिहे" मात्र दुइ ब्यक्ति बीचको सांसारिक बन्धन होइन, यौन र बंश बिस्तारको अनुबन्धन होइन।
बिहे रुप ,यौबन र धन बीचको गठबन्धन पनि होइन। दुइ आत्मा बीचको बिशुद्ध मिलन हो। सुखदुखमा सधैं संगै हिड्ने अनन्त सहयात्रा हो।"
दामि! म त यो हरफ हेरिरा छु।कहिलेकाहिँ साँच्चै यहि हो जस्तो लाग्ने, कहिलेकाहिँ आदर्श जस्तो लाग्ने र कहिलेकाहिँ के हो के हो जस्तो लाग्ने! कसैले भनेका थिए 'म्यारिज इज एन इनस्टिच्युशन"! अचम्मको चिज है?
"पैसा त तिमीले ब्यबस्था गर्छौ नि। त्यत्रो इन्जिनियर हाकिम भाको के काम?"
"सानदिदीको यो वचनले मुटु छिया छिया भयो छोरी!!!!!!!। म गिरें आफ्नै नजरमा। मेरो इमानको मुल्य मेरै घरमा यस्तो छ भने बाहिर कस्तो अनि कत्तिको सस्तो होला? "
यहाँनिर इमान र मूल्यको कुरा अलि कस्तो कस्तो लाग्यो, लेखक आहत भएको देखिन आयो कथाको बहावमा तर इमान र नजरमा गिरेको हरफ लगत्तै आउँदाखेरि शायद मलाई मात्र लागेको हुनसक्छ।
अरु लेखाई ठुल्दाईको आफ्नै शैलीको गजब छ! आगामी अध्यायमा केहि ट्विस्ट, आत्मगन्थन, इमोशन, ह्युमर वा केहि उतारचढाव आउँछ भन्ने आशामा छु!