Badboy4u1000 जी,
तपाईं रम्नु सक्नु नै मेरो सफलता हो। कथालाई समय दिनु भएको मा आभारी छु।
नेप्चे जी,
हो मित्र, आत्म मारेर त्यागी बलिदानी हुन्छु भन्नेलाई आफ्नो आत्माले कहिलेइ माफ गर्दैन। पढि दिनु भयो, गुणि दिनु भए, धन्न भएको छु।
pjna007 जी,
"---- एक चोटी साच्चैं नै मन पराएको हो होइन, क्लेयर्लि सोध्नु पर्थ्यो ---" । भन्ने म्याडम भनेको भाउजु हो भने आइ स्यालुट हर -सि इज रिअल्लि अ ग्रेट पेर्सोन।
भउते जीको टिप्पणी पढ्नु होला। She is realy a great person।
waiyat जी,
चौतारीको बिज्ञापनको असरले भए पनि तपाईले पढ्नु भयो, त्यही मेरो लागि पुरस्कार भयो।
ब्याकसायिक लेखक होइन म। मन भाव कहिले काहिं पोख्छु। राम्रो न राम्रो तपाई हरुले छुट्याउने हो। साझामा म भन्दा राम्रा लेख्ने हरु छन्, धेरै प्रसंसा नगर्नु होला, इर्ष्याले जल्यो भने फेरि .......................
भउते जी,
तपाईंले गज्जब छ भन्नु नै मेरो लागि सर्बोच्च पदक हो। समय संगै मान्छेमा परिपक्वता आएन भने जिन्दगीमा उस्ले केही नगरेको ठहर् हुन्छ। दायाँ र बायाँ हातका रेखाहरु उस्तै भए जस्तै।
पुरै काल्पनिक कथा भए पाठकको चाह अनुसार् पात्रको सन्तुलन खलबलाउन मिल्थ्यो। कहि न कहि जिउदा पात्रहरुलाई साभार् गर्दा लेखक र "म" मा सन्तुलन आबश्यक हुदो रैछ। समयले सिकाए, म सिक्दै छु।
एउटा नेपाली जी,
यो कथा पनि अर्को एउटा नेपाली कै हो। त्यसैले मार्मिक भएको हुन सक्छ।
उफ्री जी,
टिप्पणीको लागि आभार्। तपाईबाट मैले सिक्नु पर्ने छ धेरै धेरै। जीवनको अर्थ र आर्तनादहरु तपाईंको रचनामा भेट्नेगर्छु, तिनै संग खेल्ने हास्ने प्रयास गर्छु म।
दीपिका जी,
पुन एक पटक धन्यबाद।
हो। महान हुन्छु, बन्छु भन्ने चाह् राखिन र कोशिश् पनि गरिन। हिप्पोक्र्याटिक जिन्दगी संग घ्रिणा छ। घरमा चुलो बाल्ने चिन्ता झोलामा राखेर स्कूल जान्थे म।जिन्दगीले भोग्न सक्ने अन्तिम बिन्दूको दुख देखेको छु, तिनै संग हुर्के छु। महान् ब्यक्तिको ढोंग गर्ने ब्यभिचारी, अत्याचारी हरु टोल टोल मा देखेको छु र तिनको दर्दनाक अन्त्य पनि देखेको छु। म र मेरो परिवार, साधारण जीवन र सरल मरण मा बिश्वास राख्दछ।
बिर्खे जी,
धन्यबाद, तपाईको टिप्पणी बिना मेरो कथा पुरा नै हुदैन। सिक्दै छु, लेख्दै छु। गल्ती मिस्टेकहरुलाई केलाउदै छु, शब्दहरुलाई खेलाउदै छु। तारेमाम्।
चित्रे भाई,
सदा झै मेरो रचनालाई मायाको आँखाले हेरि दिनु भएको मा आभारी छु।