Posted by: Rahuldai November 29, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

अनुराधा

भाग १४

होस्टलको त्यो कोठामा अरु पनि पत्र आइसकेका थिए तर अनुराधाको पत्र बिषेश थियो। यसमाने म बिषेश थियो कि  म भित्र यावत यक्ष प्रश्नहरु थिए र तनाव छरप्रष्ट थिए। हिम्मत जुटाइ खोलें।
संबोधन थिएन। अलिकति मन हलुङो भयो।


१ पेज जति  औपचारिकता मात्र थियो, सन्चो बिसन्चो, राम्रो संग पढ लेख, नयाँ ठाउँ कस्तो छ, गर्मी हावा पानी आदि इत्यादी।


दोस्रो पन्ना देखि मनको भाव आफ्नै भाबुक शैलीमा पोखेकी भेट्टाएं।


" तिम्रो मेरो संबन्धलाई दुनियाले जे जति नजरले हेरे पनि जे जति नाम् दिए नि, मैले कुनै पनि स्वार्थप्रेरित भावले हेरिकी छैन। मलाई थाहा छ, धेरैले यो कुरा पचाउन सक्दैन। तिमीले पनि शंका गरेको हुन सक्छ। मुख्य कुरा त मैले मेरै घर परिवारकालाई, जन्म दिने आमा,बुबालाई चित्तबुझ्दो स्पष्टीकरण दिन सकिन। मेरो गल्ती थियो, संकुचित समाजले के भन्ला भनेर न सोच्नु। तर मलाई पछुतो छैन, एक असल मित्र पाएं, एक हितैषी भेंटे।"


यस्तै यस्तै कुराले दोस्रो पाना भरिएको थियो। मन पहिला भन्दा हलुका हुंदै थियो।


 तेस्रो पन्नामा अनुराधाले आफुले भोगेका मानसिक यातना र तिनका कारक तत्वहरुको राम्ररी चिरफार गरेकी थिइन। उनको भनाई अनुसार, केही मानसिक तनाव र हात दुखेको कारण एस् एल सी मा राम्रो नतिजा न आए पनि हिम्मत हारेकी थिइनन्। आइ एस्सी मा राम्रो गर्न सक्छु जस्तो लागेको थियो रे। तर एस एल सीको नतिजा झन तीतो माथि बिष भयो। घरमा आमा बुबा अनि मुख्यतया काकाश्री अब यो छोरी बिग्री, छिट्टो बिहे  गरि दिनु पर्छ भन्ने एकसुत्रीय समाधान को प्रस्ताबमा सहमत थिए रे। पढाइ न सके सम्म बिहे न गर्ने अडान मा थिई नै। तर पनि दिनहुं जस्तो अनेक बोलिबचनले घोचेको घोचेकै हुन्थ्यो रे।


छिटो बिहेको कुरो उठ्नुको पनि कारण  रैछ। दिदी अनुशिका ( काकाश्री की छोरी)।
अनुशिका पनि बहिनी जस्तै जेहन्दार र प्रतिभाशाली छात्रा थिइन्। छात्रब्रित्ती पाएर छिमेकी मुलुकमा एम् बी बी एस अर्थात डाक्टरी पढ्न गइन्। उता भारतमै संगै डाक्टरी पढ्ने नेपाली साथी संग हिचमिच बढे छ। मन साटासाट भै जीवनको  अटुट्यात्राको कसम पनि खाए छ।
साढे पाँच बर्षे पढाइ सक्याइवरि घर फर्के पछि अनुशिका र त्यो अर्को डाक्टर साहेबले आ-आफ्नो घरमा गोप्य कुरा खुलस्त भने रे।

दुबैको घरमा  हुन सम्मको रडाको मच्चियो रे। एक अर्को महाभारत मंचन भयो रे, दुइ परिवार बिच। पहिलो कुरा त जात धर्मको उठेछ। कहाँ नेवार अनि बौद्धमार्गी केटी, कहाँ ब्राम्हण अनि हिन्दू केटा। कुरै मिलेन।
अनेक अनुनय बिनय गरेर पनि यो सम्बन्ध दुबै परिवारलाई स्विकार्य भएन। र यसरी एउटा प्रेम कहानीको दुखद अन्त्य भयो।

"छोरी, मलाई यी कुरा थाहा थिएन। अगुल्टो हानेको कुकुर, बिजुली चम्किदा तर्सिन्छ, त्यसै भनेको होइन। बल्ल बुझें, पढाइ सढाई भन्दा हुर्केकी छोरीको चिन्ता हुंदो रैछ।"

 अनुशिकाले त्यस पछि बिबाह बन्धन मा कहिलेइ नबाँधिने कसम खाइन्।


"छोरी, धेरै बर्ष अघिको घट्ना होइन, तै पनि हाम्रो समाज कति साँघुरो थियो त्यति बेला। अझै पनि त्यसको अबषेश बाँकी नै छ। केही अंश म पनि छ, तिम्रो मम्मी पनि छ। हामीलाई पनि तिम्रो चिन्ता छ। बिश्वास भए पनि समाजको हेराइ संग आँखा जुधाउन केही नियममा रहनै पर्छ।"

 
"हो ड्याडी, मैले कुरा बुझेको छु। स्वतन्त्र बिचार, आत्म निर्णयको अधिकार भए पनि समाज छ भने सामाजिक त हुनै पर्‍यो, होइन ड्याड्डी।"

छोरी पनि दार्शनिक कुरा गर्ने भै सकी अब त।


"अनि के भयो ड्याड्डी ? त्यो लेटर को रिप्लाई ?"

'अहं! मलाई जवाफ न लेख्नु भनेकोले लेखिन।'
क्रमश:

Read Full Discussion Thread for this article