Posted by: shirish November 19, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

कुन बेहोसीले भन्छ, हारेको जिन्दगी हो

रमण घिमिरे

अलिक पाको हुँदै गएपछि धेरैलाई आफ्नो नाम मन पर्दैन । कसैलाई नामसँगै जोडिने बहादुर, प्रसाद, नाथ, कुमारजस्ता सहायक नामहरू मन पर्दैन भने कसैलाई आप\mनो थर नै बिझाउँछ  त्यसैले नेपाली साहित्यमा धेरै नामहरूलाई मासेर उपनामहरूले रजाइँ गर्दै आएका छन् 

अर्घाखाँचीको सन्धिखर्कबाट बाको औँला समाउँदै भारत, पश्चिम बङ्गाल पुगेका लोकबहादुर रानालाई पनि उमेरले २० को खुड्किलो टेक्न थालेपछि आप\mनो नाम मन परेनछ । उनले छ अक्षरको नामबाट बसाइँ सरेर आफूलाई दुई अक्षरमा सिँगारे, बुँद राना  भन्छन्, "नयाँ नामको पछिल्तिर तात्त्विक कारण त छैन । तर, त्यसबेला हिन्दीका नामी साहित्यकारहरू निराला, दिनकरहरूबाट प्रभावित भएर मैले यो नाम छानेँ ।" यति हुँदाहुँदै पनि प्रवासबाट फर्केपछि मात्र उनले आप\mनो न्वारान गरेका हुन् । नत्र पूणिर्या जिल्लाको रेल्वे जङ्सनमा बासँग हुँदासम्म उनी लोकबहादुर नै थिए 

गजल साहित्यमा बुँद राना महासागर हुन्  । उनीजस्ता धारलिा गजलकार नेपालमा थोरै छन् । छँदै छैनन् भन्दा पनि बात लाग्दैन । विकृति र विसङ्गतिलाई गजलमा उन्ने उनको कला अद्भुत छ । र, पढ्नेसुन्नेहरू त्यसलाई हृदयमै सिउरन्िछन्  जनआन्दोलन-२ उत्कर्षमा थियो । भैरहवामा बुँदको टोलमा सुरक्षा फौजका जवानहरू सङ्गीन तानेर तारो खोज्दै हिँडिरहेका थिए । तर, राजा ज्ञानेन्द्रलाई 'माइला' बनाएर सडकमै गगनभेदी स्वरमा गजल गाइदिए उनले ः

अति गरे खति हुन्छ, बुझे हुन्थ्यो माइलाले

अति भए कति हुन्छ ? बुझे हुन्थ्यो माइलाले ।

गजलमा बुँद राना दुस्साहसी छन् । सायद दुस्साहस उनले प्रवासबाटै लिएर आएका हुन् । स्वभाव मात्र होइन, कला र बान्की पनि उतै सिकेर आएका हुन् । उनका गजलले ठेट उर्दू व्याकरणको अनुकरण गर्छन् । हामीकहाँ अधिकांशतः गजलका नाममा गीत लेखिन्छ र गायनशैलीलाई गजलको संज्ञा दिइन्छ  । गजल भनेको उर्दू गीतलेखनको एउटा प्रसिद्ध शैली हो भन्ने जान्दाजान्दै पनि प्रयोगमा शैलीभङ्ग गरेर लेख्नेहरूको सङ्ख्या बाक्लो छ । तर, उमेरले छ दशकको मध्यतिर लम्किँदै गरेका यी बूढा गजल लेखनमा कट्टर छन् । उनी जति तात्ताता गजल लेख्छन्, त्यति नै तात्तातो पाराले सुनाउँछन्  उनका गजल पढ्दाभन्दा सुन्दा श्रोताहरू अझ बढी तात्छन् । उनी गजलहरू बकाइदा सस्वर सुनाउँछन्, भट्याउनेमा उनलाई पटक्कै विश्वास छैन 

त्यसो त सुरुमा कविता लेखेका हुन् बुँदले  । पश्चिम बङ्गालको पूणिर्या जिल्ला अन्तर्गतको एउटा रेल्वे स्टेसनमा सिपाही थिए उनका बाबु । सङ्गत र पढाइ दुवैले हिन्दी भाषामा पकड रह्यो उनको । सिको पनि हिन्दीकै साहित्यकारहरूको गरे । नाम त एउटा उदाहरण छँदैछ, त्यसपछि धारलिो गजल लेखन र उम्दा वाचन शैली  पहिलोपल्ट उनले गजल पाठ गर्दा नै गायक-सङ्गीतकारहरू धुन भर्न अकमकाउँछन् । बुँद राना आफ्ना हरेक गजललाई आफैँ धुन हालेर मज्जाले गाइदिन्छन् 

गजल लेख्ने प्रेरणा पनि बुँदले प्रवासबाटै च्यापेर आएका हुन्  जमानामा हिन्दी फिल्ममा मरहित्ते हाल्थे बूढा । फिल्ममा हिरोले गीत गाउँदा मख्ख परेर सुन्थे  । हिरोले गाएका गीत-गजलहरूबाट दर्शकमा परेको छाप रहरलाग्दो हुन्थ्यो  उनलाई गीत-गजलले मानिसको ढुकढुकीमा बास बस्न सकिने रहेछ भन्ने बोध भयो । उनले विस्तारै बुझ्दै गए गजलको शक्ति । अनि, गजलका लागि आफ्नो कलममा मसी भरे । कविता र मुक्तक लेख्दालेख्दै गजलको पे्ररणा दियो, भैरहवाले । त्यहाँ उनका गजलको 'बजार' ह्वात्तै बढ्यो । भन्छन्, "त्यसैले म गजलबाहिर निस्कनै सकिनँ ।"

वास्तवमा बुँद रानाका लागि गजल श्रीमतीजत्तिकै पि्रय, सहृदयी र संवाद गर्न योग्य छन् । उनी गजलमा श्रीमतीसँग जत्तिकै भित्री वार्ता गर्छन् । तर पनि बुँदका गजलले चलनचल्तीका प्रेमप्रणयका रसिला/कोमल कुराहरूलाई भन्दा राजनीतिका ताता/खस्रा कुराहरूलाई नै अभिव्यक्त गररिहेका हुन्छन् । उनी गजलमा यथार्थवादी धारालाई प्रवाहित गर्न चाहन्छन् । र, यही सोखले गजलमा राजनीति गर्‍यो भन्ने फत्तुरहरू पनि खेप्नुपर्‍यो उनले । तर, उनी आफ्ना विचार र धाराबाट एकपाइलो पनि डगमगाएनन्  । उनले त भारतमा फैज/दुश्यन्त कुमार र नेपालमा धर्मागत शर्मा 'तूफान' हरूको बिँडो थामेका मात्र हुन् 

बुँद रानाका गजलमा सधैँ एउटा विद्रोह तरबार थुतेर कागजमा ओर्लिन्छ, एउटा क्रान्ति बिगुल फुकेर वाक्यमा डुक्रिन्छ र उनका गजलसामु एउटा सामन्ती शक्तिहीन भएर लत्रिन्छ । अनि, त जनआन्दोलनमा राजा ज्ञानेन्द्रविरुद्ध बन्दुकको नालबीचबाट गजलनाद गर्दा उनी एकरत्ति हच्केनन्  । बारुदको गन्ध ओकल्दै सङ्गीनले घेरएिको संत्रस्त सडकमा उभिएर उनले जनतालाई मिसायलभन्दा जोखिम गजल सुनाए यसरी ः

जनघाती, देशघाती यस्ता अपराधीलाई

सूली पनि घटी हुन्छ, बुझे हुन्थ्यो माइलाले ।

भन्नेहरूले त बुँद रानाले गजलमा राजनीति गर्‍यो भन्छन् । तर, उनी त वास्तविक जीवनमै राजनीति गर्छन्  । बुझ्दै जाँदा उनी त एमाले रूपन्देही जिल्ला कमिटीका कार्यालय सचिव पो रहेछन् ! "म नेकपा एमालेको कार्यकर्ता नै हुँ नि, त्यो पनि होल टाइमर," अलिकति पनि सङ्कोच नमानी भन्छन् बुँद । उनको गर्जो नै यसैबाट चलेको छ भन्दा पनि हुन्छ । थप्छन्, "श्रीमती शिक्षिका छिन् । मेरो र उनको कमाइबाट मजैले चलेको छ घर ।" कुनै बेला भैरहवाको सडकमा रक्िसा चलाएर जीविका धान्दै आएका यी स्रष्टा एमाले बनेपछि मानिस होइन, मानिसका विचारलाई बोकेर हिँड्न थाले 

कहिलेकाहीँ सिर्जना र सिद्धान्तबीच चर्काचर्की त पर्दैन ? कुनै समय माओवादी नेता बाबुराम भट्टराईले लगाउने घोप्टे टोपी लगाउने यी राजनीतिक कार्यकर्ता जब एउटा स्रष्टा र त्यसभन्दा पनि धरातलमा पुगेर सोच्छन् अनि चिन्तित र दुःखी हुन पुग्छन् । उनको दुखेसो पनि तिनै बाबुरामको माओवादी पार्टीप्रति नै छ । "हामीले अहिले जुन स्वतन्त्रता र मुक्ति पाएका छौँ, त्यसको सही उपयोग गर्नुपर्ने हो," उनी भन्छन्, "माओवादीको मुटुको कुनै कुनामा अलिकति देशको माया र जनआस्था छ र ढुङ्गोजस्तो कठोर नहुने हो भने आफ्ना जिद्दीमा उसले पुनःविचार गर्नैपर्छ ।" उनी यस प्रसङ्गलाई गजलबाटै व्यक्त गर्छन्् ः

जल्ले भन्थ्यो मैले गर्छु राम्रो औषधि

अहिले उही बनेको छ, काल देशको ।

यो गजल उनले धेरै अघि रचेका हुन्, सायद त्यसबेला राजा ज्ञानेन्द्रका हातमा थियो देशको बागडोर  । आज मुलुकको राजनीतिमा एक सय ८० डिग्रीको कोणमा परविर्तन भएको छ । बुँद रानाले आफ्ना अभिव्यक्तिहरूको बेलिविस्तार लगाइरहँदा माओवादीलगायत आठ राजनीतिक दलका हातमा देशको शासन व्यवस्था परभि्रमण भइरहेको थियो  , यस गजलले हरेक चरणका शासकहरूका शिरमा अभिषेक गर्दै आइरहेको छ 

बुँद राना एमालेको 'फुलटाइमर' भएकोमा गर्व गर्छन् । भैरहवातिर पार्टीको कुनै नारा लेख्नुपर्‍यो भने उनैलाई जिम्मा दिइन्छ । उनी नाइनास्ती नगरी राजीखुसी लेखिदिन्छन् पनि । यस्तो तिख्खर गजल सर्जकलाई जाबो नारा लेख्न केको आइतबार ! उनले केही समयअघि मात्र यस्तै एउटा नारा लेखे ः

संविधानसभा किन ?

सार्वभौमसत्ता जनतामा दिन !

एउटा राजनीतिक कार्यकर्ता, त्यो पनि 'फुलटाइमर' गजल लेख्दा कहिलेकाहीँ एमालेको पक्षपाती भएको अनुभव हुन्छ कि हुँदैन ? भन्छन्, "मैले कुनै सिद्धान्त र पार्टीविशेषको प्रचारका लागि गजल लेखिनँ । राजनीतिबाट उत्पन्न विकृतिले समाजलाई जुन पीडा पुगेको छ, त्यसको विरुद्धमा लेख्ने जमर्को मात्र गरेको हुँ ।"

सिर्जनाका बखत एमालेले गरेको अन्याय पनि गजलमा अभिव्यक्त हुन्छ कि काङ्ग्रेस र माओवादीका मात्र ? यस प्रश्नमा उनी मज्जाले हाँस्छन्, "म सर्जकका रूपमा स्वतन्त्र हुन्छु र छु पनि," भन्छन्, "त्यतिबेला मेरो दिमागमा समाजका विकृति, विसङ्गति र अव्यवस्थाहरू मात्र घुमिरहेका हुन्छन् । मैले एमाले भएर कहिल्यै कलम समाइनँ ।" उनी आफूलाई एउटा सचेत नागरकि, त्यसपछि स्रष्टा र अनि मात्र राजनीतिक कार्यकर्ता ठान्छन् 

एउटा झोला बोकेर नेपाल मात्र होइन, भारतमा हुने गजल गोष्ठीहरूमा बाक्लै सहभागी हुने बुँद रानासँग ठूल्ठूला महत्त्वाकाङ्क्षा छैनन् र बग्रेल्ती सपनाहरू पनि छैनन् । त्यसैले उनी आफूलाई सुखी ठान्छन् । महत्त्वाकाङ्क्षा र सपनाहरूको उरुङ्मा बस्नुपरेको भए उनी समस्यैसमस्याले घेरएिका हुन्थे । तर, उनी यसबाट सधैँ मुक्त छन् । उनी रिक्सा चलाउँदा पनि सुखी नै थिए र आज पनि केही आर्थिक स्थिति सजिलो हुँदा पनि सुखी नै छन् ।

उनी प्रेमप्रणयका गजल लेखेर समय बिताउन चाहँदैनन् । "त्यो दिन पनि आउला," उनी भन्छन्, "तर, अहिले बेला आइसकेको छैन ।" उनको एक मात्र महत्त्वाकाङ्क्षा या सपना भनेको शान्त नेपाल हो, जहाँ निश्चिन्त भएर गजल रचना गर्न पाइयोस् । उनको मनले कोरेको 'नयाँ नेपाल' को परकिल्पना यत्ति हो । त्यसपछि उनले पनि सकारात्मक र प्रेमप्रणयका सुकोमल गजल लेख्ने छन् । "तर, विकृति रहुन्जेल त यसलाई छाडेर कसरी प्रेमका भाकाहरू हाल्न सकिएला र ?" उनको आशङ्का छ । त्यसैले उनी जनतालाई आफ्नो कलममार्फत सदैव सचेत गराइरहन्छन्, आफ्नो कर्तव्य ठानेर यसैमा प्रतिवद्ध रहिरहने प्रण पनि गर्छन् । आखिर जीवनको परभिाषा पनि त आ-आफ्नै हुन्छ नि ! तर, जति प्रतिकूलता भए पनि उनले बुझेको जीवन त्यति असहज छैन । त्यसैले त उनी गजलमा भन्छन् ः

सेती हो जिन्दगी, काली हो जिन्दगी

बग्न नजाने गन्दा नाली हो जिन्दगी ।

चार दशकभन्दा लामो समयदेखि गजललाई मजजल गर्दै जनतामा जागरणको बीउ रोप्दै यी पाका गजलकार यायावर भएर ठाउँठाउँमा पुगे, गजलको झोला बोकेर । र, जहाँ पुगे पनि एउटै सन्देश फैल्याए चेतना । यस्ता अनेकौँ यात्रा र भ्रमणहरूले उनलाई जिन्दगीसँग सन्निकट हुने अवसर दिए  । उनले आफ्नो जीवनलाई बारम्बार खारे, आगोमा सुन खारेसर  ि। र, जिन्दगीलाई हरेक दिन एउटा विजयोत्सवका रूपमा स्वीकारे आफ्नो गजलमा झैँ ः

सुनझैँ हजारचोटि खारे पो जिन्दगी हो

कुन बेहोसीले भन्छ, हारेको जिन्दगी हो ?


Read Full Discussion Thread for this article