Posted by: shirish October 27, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

Still in process of modifying but could not resist to post.

 

मेरो झरीसित तिम्रा किरण ठोक्काउनु बेस्सरि !
रङ्ग कस्तो हुन्छ, ईन्द्रेणीलाई देखाउथें थरि थरि !

(inspired by deep's story)

बेरेर सिङ्गै निल्नु भन्दा बरु डस्नु घरि घरि !
बिषकै किन नहोस् स्वाद पाउथें अलि अलि !

तिम्रो आंशुको छप्काले मेरो छद्म श्रृंगार छिल्यो !
सकली रुप छर्लङिने हुंदा बढ्यो मुटुको ढुकढुकी !

नलठ्याई रहरले चिर्‌यौ अब सिउने अभ्यास गर
नीको भइयो भने पीडाको क्रम सुनाउथे दुखी दुखी !

पर्खाल भित्र खै के कस्तो आरती भो थाहा छैन !
तिम्रो मुहारले उज्यालो पाए जलाए हुन्छ मलाई !


Alternatively.
नित्य निशामा हुने पूजाको प्रकृति थाहा छैन,
आरतिमा दीप नपुगे मलाई बाल्ने दिन्छु स्वीकृती !

Read Full Discussion Thread for this article