Posted by: Rahuldai October 22, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

उफ्री जी,
समय र कथाले कता पुर्‍याउंछ, हेर्दै जाम्, कथा माथी तपाईको आंकलन सही पनि हुन सक्छ, गलत पनि। अर्को भागमा थाह हुन्छ कि?


रिट्ठे जी,
प्रेम मा त्याग भएन भने प्रेम कहाँ हुन्छ छ र? त्यो फगत तसबीरको फ्रेम बन्छ।

मिस नानी,
पढ्दै जाम। म लेख्दै गरौला। के के हुने हो अनुराधालाई, हेर्दै जाम्।

बिर्खे जी।
हात मात्र दुखेको हो कि मनै दुखेको, त्यो अर्को अंक सम्ममा थाह पाउन सक्छु कि, खोज कार्य गर्दै छु।

A/X जी,
कथा हो, कसैको जीवन संग मेल खान् सक्छ वा कतै देखेको, भोगेको, सुनेको कुरा अनि पीडालाइ शब्दहरुमा उतार्ने लेखनदास मात्र हुं। शतप्रतिशत सत्य पनि होइन, असत्य पनि होइन।

ठुली,
अलिकति मिलेन। राहुलभाईको रियल स्टोरी भन्दा नि राहुल्दाईले रियल स्टोरी लेखेको भन्दा अझ बढी सान्दार्भिक होला कि?

wow nepal जी,
बिजी भएर ब्यस्त छु, अलिकति अस्तब्यस्त छु, त्यसैले केही ढिलो भए नि खडिलो प्रस्तुत गर्न सकुं, यही नै प्रयास हुन्छ मेरो।

टिप्पणी कर्ता सबै महानुभाव र अमुक सबै पाठकब्रिन्दमा यो राहुल भाइ हार्दिक आभार प्रकट गर्दै, आउदो तिहारमा कसैको नि हार नहोस् भन्ने कामना गर्दछ।
साथै - न्हूं दँया भिन्तुना।

Read Full Discussion Thread for this article