Posted by: Rahuldai October 12, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

अनुराधा
भाग ८

न चाहिने हल्ला ले ध्यान न खिचेको पक्कै होइन। तर ध्यान भन्दा ठुलो ज्ञानको पछि लागेकोले सक्ने जति बेवास्त गर्दै आफ्नो पढाईलाई सके जति समय, मन र तन दिदै गयौं। तयारी ब्यापक भयो, एस् एल सी जस्तो कुम्भमा खरो उतर्नु छ।
अनुराधाको आफ्नै तयारी पनि निकै खंदिलो छ भन्ने सुनें।
जाँच आयो, ढुकढुकाउन छाडेन, धडकन। अरु सबै बिषयमा आत्म बिश्वास भए नि म्लेक्ष भाषाले रातो दिन सताउंथ्यो।
पहिलो दिन  अंग्रेजीको जाँच, त्यो तर्‍यो कि बोर्डमा पर्‍यो भन्ने सोचमा थिएं। जाँच दिएं, सबै मिल्यो जस्तो लाग्यो। कम्तीमा ७५ हान्न सक्छु जस्तो लाग्यो।
सबै जाँच सकियो। समष्टीमा मेरो तयारीले राम्ररी नै रंग देला जस्तो लाग्यो।

हरेक जांच सकिए पछि स्कूलको चौरमा कस्ले के कसो गरे, कुन प्रश्नको उत्तर के हुनु पर्ने हो आदि बारे संक्षेपमा छलफल हुन्थ्यो नै। त्यही छलफलमा बाहेक मैले अनुराधा संग कस्तो रह्यो जाँच भनेर सोध्न भ्याएको थिएन। उनको  प्रतिभामा मलाई मात्र होइन पुरै स्कूल बिश्वस्त थिए। कोहि कोही मार्साबहरु त यो राहुले हाउडेको त भर् छैन, अनुराधाले चाहिँ छात्राहरुमा टप थ्री मा पक्कै ल्याउछ" भन्थे।

मेरो लेखाई र मेरो तयारी सबैलाई थाह हुने कुरा भएन। इमान्दारीपूर्बक मेहनत गरेको हुं।
घरको चुलो बाल्न  पसिना खर्चेर बाकी रहेको समयलाई पढाईमा जोरेको हुं। तल माथि केही भएन भने मेरो लक्ष धेरै नजिक भए जस्तो लाग्यो।
जाँच सकेको भोलिपल्ट बर्षौं पछि सिनेमा हेर्न हिडें, एक्लै। पहिलो पल्ट पाटन सम्म गएर " एक दुजे के लिए" भन्ने सिनेमा।
त्यस पछि झन ब्यस्त भएं। पढाईमा खर्चेको समयको सोधभर्ना दिनु थियो।
गुथी, चाडपर्बमा आम्दानी भन्दा बढी भएको ब्यय को असुन्तलन मिलाउनु थ्यो। हो त नि पढ्ने टेन्सन् थिएन। काम गर्न मै रमाइलो लाग्थ्यो। रेडियो सुन्यो, काम गर्‍यो।
क्रिक्रेटको कमेण्ट्रि देखि लिएर रेडियो सिलोनबाट प्रशारित हुने बिनाका गीत माला समेत् सुन्थ्यौं।
छोरी, अहिले जस्तो, टिभी र अनेक च्यानल भएको भए के पढाइ र काम् हुन्थ्यो खै। अझै टेलिफोन, एउटा टोलमा एक घरमा हुने गर्थ्यो।

त्यही भएर पनि साथी भाइ कसै सङ सम्पर्क हुदैनथ्यो। टोलकै लगौंटे यार भुपेन्द्र ( सबैले ज्ञान लाल भन्छन् अझै पनि) घरमा आइरहन्थ्यो र साँझ तिर काम साम सके पछी भूगोल पार्क ( न्यूरोड, पिपल बोट) सम्म जान्थ्यौ, घुम्न, घुम्न भन्दा पनि  गोरखा पत्र पढ्न।
फागुण जाँच सकियो। आषाढमा रिजल्ट हुने हल्ला ब्यापक चल्यो। स्कूलका मार्साबहरु पनि त्य्है भन्छन्। आषाढ लाग्या देखि हरेक बिहान त्रास संगै उठ्थें। म फेल भएं भने................................। अशुभ अशुभ तर्कनाहरु आइरहन्थ्यो।

रिजल्ट भयो। खुशीको ठेगान रहेन। एउटा असंभव सपना देखेको थिएं, बिपना बनी आएछ जस्तो। लाग्यो, दुखिया आवाज भगवानले सुन्दो रैछ। समयलाई भगबन्दा लगाएर  गरेको तयारीले पनि अशातित सफलता दिदो रहेछ। असक्त्त पिताजीको  चेहरामा धेरै दिन पछि को मधुरो मुस्कान देखियो।

 गोरखा पत्र हेर्ने क्रममा मन मनै सोच्ने गर्थें- "कहिले आफ्नो नाम र फोटो गोर्खापत्रमा छापिन्छ होला?"
" समबेदना बाहेक छपिएला र?" आफै सोध्थें।।
 
"होइन होइन, एस् एल सी बोर्ड हान्न सकियो भने त  नाम र फोटो दुबै छापिन्छ"- आफैलाई हौसला दिन्थें।

अनिल दाईको फोटो  छापिंदा म कत्ति खुशी भएको थिएं, त्यति खेर।
"छोरी,
अनिल दाई मेरो काकाको छोरा, एस एल सी मै बोर्ड फस्ट। उनी जस्तो ट्यालेण्टेड् चाहि म होइन नि फेरि।"

जम्मा जम्मी ३६ जना फस्ट डिभिजनमा पास भएका थिए, १०१ जना टोटल पास्। अनि छात्राहरुमा जम्मा ६ जना, हरेक सेक्सनबाट २ -२ जना। मेरो क्लासबाट अनुराधा र अर्की एक जना, सेक्सन् सी बाट तिम्रो मम्मी र अर्को एक जना।
रिजल्ट भएको २ हफ्ता पछि मात्र मार्कशीट  पाइन्थ्यो त्यति बेला। आफ्नो त स्कोर थाह भएकोले धेरैको चासो भएन  मार्कशीटमा। सबै मार्साबहरु को चासो को बिषय अनुराधा थिइन्। छात्राहरुको टप थ्री लिस्टमा हुनु पर्ने भन्ने धेरैको अन्दाज, यथार्थ हुन सकेन।

मार्कशीट आयो,  त्यही दिन स्कूल पुगें। मेरो पनि मार्कशीटमा अप्रत्याशित अंकहरु थिए, जसमा सबै भन्दा बढी अौनु पर्थ्यो, त्यस्मा झण्डै गुल्टेको। अप्शनल म्याथमा त झण्डै २० अंक काटिएको देखियो। सबै मिलाउंदा नि ८१ मात्र। त्यस्मा काटिएको १९ नम्बर जोड्दा बोर्ड फस्टको भन्दा नि बढी आउने रैछ। जे होस्, हुने भै सक्यो, आफ्नो बोर्डमा ल्याउने सपना थियो, बोर्ड फस्ट को होइन। त्यसैमा खुशी थिएं।

आश्चर्य घोर आश्चर्य। अनुराधाको मार्कशीटमा यति थोरै अंक थियो कि  हेर्ने हर कोहीले बिश्वास नै गर्न  नसकिने थियो।
"स्कूलको छात्राहरुमा टप त मम्मिले गरेकी बुझ्यौ? कम ट्यालेण्ट कि होइनन्, तिम्रो मम्मि पनि।"

अनुराधाको यो रिजल्ट देखेर, हिसाबको मार्साब  पूर्ण बहादुर्, कसै कसैको त  पिसाब नै अौथ्यो, त्यसको हप्काई र पिटाइले गर्दामा, सरले  बोलाउनु भयो  र म गएं। झण्डै एक झापु हान्या थियो, सम्झ्यो होला अब बिद्यार्थी रहेन भनेर।त्यसैले हात उचाली सकेको पनि रोकु भयो।

" लौ भन, अनुराधाको जाँच कसरि बिग्रियो यसरी?"
अब मलाई के थाहा, जाँच दिने उनी। सोध्या पनि हेर न, अनुराधाको ठेक्का लिएर राख्या जस्तो, म को हुं र भनुं जस्तो लागेको, फेरि त्यो अघि बल्ल बल्ल रोकेको हात गर्धन मै बज्रिएला भनेर भनिन।

"खै सर मलाई थाहा भएन, जाँच राम्रो भएको त भन्थी।"
अब भने बज्रियो, झ्याम्म। तिन तारा, चार तारा, कति हो कति तारा देखें।

"अझ झुठो बोल्छस्, केही थाहा न भए जस्तो गर्छस्?"

"अनुराधा जस्तो सोझीलाई बिगार्ने तँ नै होस्। तं पनि बिग्रिस्, बोर्ड फस्ट आउनु पर्ने मान्छे, लास्टाँ झुण्डिस्।"

" केही होइन सबैलाई प्रेम रोग लाग्या हो। जुंगा आएको छैन लभ गर्नु पर्ने होइन, तं लाई? लौ खा " भन्दाई अर्को एउटा झ्यापु उपहार दिनु भयो।
म चुपचाप आँशु निल्दै घर् फर्कें।

क्रमश:

Read Full Discussion Thread for this article