Posted by: shirish October 11, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

 

गजल अर्थात् ज्ञानुवाकर पौडेल

जयदेव भट्टर्राई
गजलमा केन्द्रित रहेर गजलमै सक्रिय रहने गजलकार ज्ञानुवाकर गजलकै लागि लागिपर्नुभएको छ । गजल र गजलकारलाई माया गर्ने ज्ञानुवाकर पौडेल वर्तमान गजलको ‚थित्रि्रति भने त्यति सन्तुष्ट हुनुहुन्न । गजल लेख्नेहरू अत्यधिक मात्रा बढे पनि खोजेज‚तो सोचेज‚तो लेख्नेहरू भने पाँच प्रतिशत पनि पाउनुहुन्न रे उहाँ । "८० प्रतिशत गजल लेख्ने त रहरका लागि मात्र लेखिरहेका छन् । गम्भीरतापर्ूवक लागेर लेख्नेहरूको सङ्ख्या नगण्य छ । जथाभावी निकाल्ने हो भने त जति लेखे पनि भयो, जति कृति निकाले पनि भयो - गजल लेख्ने धेरैलाई प्रेरित गर्ने ज्ञानुवाकर पौडलको भनाइ हो यो । वि.सं. २०३५ को 'अभिव्यक्ति' दर्ुइ महिनेमा गजल छापिएपछि गजल यात्रामा लाग्ने ज्ञानुवाकर पौडलले ३० वर्षो यात्रा गरिसक्नुभएको छ । यो ३० वर्षा उहाँ गजलमै बढी केन्द्रित हुनुभए पनि मुक्तक, कविता, अन्तर्वार्ता, संयुक्त उपन्यास आदि लेखनमा पनि सक्रिय हुनुभयो । फेरि पनि ज्ञानुवाकर पौडेल भन्नासाथ 'गजलकार' भनेर धेरैले चिन्छन्, उहाँलाई कृति प्रकाशनबाहेक गजलका लागि दौडधूप गर्ने, ठाउँठाउँका मान्छेलाई प्रेरित गर्ने र धेरैका रचना बोकेर छपाउने, भूमिका लेख्ने आदि कामबाट पनि ज्ञानुवाकर पौडेलले गजलका लागि काम गर्नुभएको छ । प्रायः कार्यक्रमहरूमा आकर्षाको केन्द्र बन्ने र धेरैका 'गजलगुरु' बने पनि गजलकार ज्ञानुवाकर पौडेलका गजलमा गेयता हुँदैन भने टिप्पणी धेरैको छ । यसबारे उहाँ भन्नुहुन्छ - "गजललाई मैले गतिशील बनाउन खोजेँ, गेयता मेरो चासोको विषय होइन । मुख्य कुरा गजलमा अनुभूतिको गहिराइ हुनर्ुपर्छ । पानी नै नभएको ठाउँमा बाँध केका लागि - हामी स्रष्टाले गायक-गायिकाको वैशाखी किन टेक्ने - म य‚ता कुरा मान्दिनँ ।" ज्ञानुवाकर पौडेलका गजल समसामयिक विषयभन्दा बढी श्रृङ्गारिक हुन्छन् र गजल सिद्धान्तअनुरूप हुँदैनन् भन्ने आरोप खेपे पनि उहाँ यो कुरा मान्ने पक्षमा हुनुहुन्न । "गजल लेखेरै धेरैको माया पाए पनि केहीले मप्रति य‚ता आरोप लाउनेर् गर्छन् । तिनीहरूले 'गजल'भन्दा बढी राजनीतिक पर्ूवाग्रहले गर्दा मप्रति नराम्रो दृष्टिकोण बनाएका हुन् । राजनीतिकै कुरो गर्ने हो भने माथिल्ला तहकाहरूको दृष्टिकोण मप्रति राम्रो छ । ममाथि लागेको सिद्धान्त अनुरूप नलेखेको भन्ने आरोप मान्ने पक्षमा म छैन । उनीहरू सिद्धान्त र परिभाषाका कुरा गरेर सीमित हुन चाहन्छन्, म सिर्जनामा उदार हुन चाहन्छु, फैलिन चाहन्छु । म सिर्जना राम्रो हुनर्ुपर्छ, नेपाली शैलीसँग मेल खाने हुनर्ुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । कुखुरीको अण्डा पार्ने काम हो, अमलेट बनाउने तालिम लिने होइन । सिद्धान्त रटेर सिर्जना हुने भए भूपि यो ‚थितिमा आउँथे र ! म श्रृङ्गारिकभन्दा राजनीतिका गजल मन पराउने मान्छे हो । मैले समसामयिक विषयमा लेखेका गजल धेरैले रुचाएका छन् । श्रृङ्गारिक गजल त्यति मन पराउँदैनन् । मेरो गजल राम्ररी पढ्ने, सुन्नेले य‚ता आरोप लगाउँदैनन् ज‚तो लाग्छ मलाई ।" वि.सं. २००९ जेठ महिनामा काठमाडौँको बत्तीसपुतलीमा जन्मिनुभएका ज्ञानुवाकर पौडेलको जीवनका आरम्भिक दिन त्यति सहज भएन । नौ वर्षो उमेरसम्म उहाँको बोली फुटेको थिएन । १३ वर्षो उमेरले छोएपछि मात्र दोहोरो कुराकानीर् गर्नसक्नुभयो उहाँले । २३ वर्षो उमेरमा आएर एसएलसी पास गर्नुभयो । किशोराव‚थासम्म आफ्नो जीवन राम्ररी बाँच्न नसक्ने ज्ञानुवाकर पौडेलले तीन दसकको साहित्यिक साधनबाट सम्मानजनक जीवन बाँच्नुभएको छ, धेरैले चिन्ने र मन पराउने स्रष्टा भएर बाँच्नुभएको छ । कमाइ-धमाइ गरेर सुखको जीवनभन्दा पनि साहित्यमै लागेर रमाउने जीवन बाँच्नुभएको छ उहाँले ।

एक दसकभन्दा बढी समय रेडियो नेपालमा जागिर खाएर अवकासको जीवन बाँच्ने ज्ञानुवाकर पौडेलको अहिलेको जीवन प्रायः गजलमै बित्ने गर्छ । पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्म प्रायः साहित्यिक गोष्ठीमा पुगेर गजल सुनाउने पौडेल कतिपय ठाउँमा प्रमुख अतिथिको रूपमा पनि पुग्नुभएको छ । सम्मान र दोसल्लाको ओइरो लागे पनि ताली र 'वान्समोर'ले उहाँलाई परिचित गराएको छ, चर्चित बनाएको छ । गजल लेख्ने र अरूलाई लेख्न प्रेरित गर्ने ज्ञानुवाकर पौडेल गजलका कृतिको भूमिका लेखेर नभ्याइने अव‚थामा पुग्नुभएको छ । वि.सं. २०३५ मै पहिलोपटक गजल लेखेदेखि नै धेरैले होच्याएको नमिठो अनुभव सँगाल्नुभएको छ ज्ञानुवाकरले । अझै पनि होच्याउनेहरू छन् भन्दै उहाँ त्यतिबेला र अहिले आफूप्रतिको दृष्टिकोणमा धेरै फरक आइसकेको, हिजो उपेक्षा गर्नेहरूले पनि आज सम्मान गरेको मीठो अनुभूति पनि सँगाल्नुभएको छ । नेपाली गजल लेखनमा आफूलाई बेग्लै रूपमा परिचित गराउने ज्ञानुवाकर पौडेलले नेपाली साहित्यमा मुक्तक, उपन्यास, कविता, सं‚मरण, कथा आदि प्रकाशित गराउनुभएको छ । खण्डहरू नयाँ नयाँ -२०४९) गजल सङ्ग्रह, निर्वासित मन -२०४८) मुक्तक सङ्ग्रह, अवतार विघटन -२०४५) संयुक्त उपन्यास, प्रतिनिधि बाल गजलहरू -२०६४) संयुक्त सम्पादनज‚ता कृतिका स्रष्टा ज्ञानुवाकर पौडेलले समष्टि, झङ्कार, सौरभ, मुकुट, मञ्जूषाज‚ता पत्रिकाको पनि सम्पादन गर्नुभएको छ । तीन दसकभन्दा बढी साहित्यिक पत्रकारिता गर्ने उहाँ २०५८ सालमा प्रेस काउन्सिलबाट साहित्यक पत्रकारिता पुर‚कारबाट पुर‚कृत हुनुभएको छ । "साहित्यका अन्य विधा छोडेर यही विधा किन रोजेको भन्ने धेरैको प्रश्नको जवाफमा म यति भन्न चाहन्छु कि आत्मसर्‹ष्ाको पीडालाई अभिव्यक्तिर् गर्न या समाजबाट प्राप्त अनेपेक्षित पीडाहरू समाजमै सम्प्रेषित गर्न मलाई यो विधा सजिलो लाग्नुबाहेक समसामयिक गजललाई एउटा ‚थायी विधाको रूपमा विकसित गर्ने एउटा विनम्र प्रयासमात्र हो मेरो ।" गजल लेखनबारे यसरी अभिव्यक्ति दिने ज्ञानुवाकर पौडलले आफ्नो यात्राको क्रममा धेरै सुखदुःख पाउनुभएको छ । "म मध्यम वर्गीय परिवारको, मेरो जी व न नि व ार् ह पनि मध्यम ‚तरले भइ र ह े का े छ, न दुःख, न सुख । मलाई साहित्यले खुसी र सन्तुष्टि दिएको छ । म यस क्षेत्रमा नभएको भए जुन परिवेशमा म थिएँ, त्यो परिवेशमा सम्भवतः या त म विक्षिप्त हुन्थेँ वा अज्ञात ठाउँमा पलायन हुन्थेँ । साहित्यले मलाई समाजमा समायोजित हुन सिकाएकोले म खुसीसाथ बाँचेको छु ।" काठमाडौँको गौशालामा छोराछोरी, श्रीमतीका साथ जीवन बाँच्नुभएका ज्ञानुवाकर पौडेल काठमाडौँमा जन्मी, बढी, हर्ुर्के पनि काठमाडौँले खेप्दै आएको पीडाबाट पीडित हुनुहुन्छ । रुसको सं‚कृति मन्त्रालयद्वारा प्रदान गरिने पु‚किन सम्मानबाट सम्मानित ज्ञानुवाकर काठमाडौँवादको आरोपबाट कति पीडित हुनुहुन्छ कुन्नि ! तर यही सुविधासम्पन्न राजधानी काठमाडौँमा बसेर उहाँ आफ्ना साथीभाइले पुर‚कार सम्मान पाएको हेरिरहनुभएको छ निरन्तर निरन्तर । उहाँ भने 'काठमाडौँ' पाएर रम्नुभएको छ, यही काठमाडौँको रैथाने उहाँले अरू धेरैले नपाएको सुख पाउनुभएको छ, आफ्नो सिर्जना र साधना, सहृदय र सहयोगबाट धेरैको माया पाउनुभएको छ ।


http://www.gorkhapatra.org.np/mag.php?p=yubamanch/2064/06/inner/inner16

Read Full Discussion Thread for this article