Posted by: Poonte September 11, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
टंगाल कंगाल रे? हाँरो पालाँ त थिए लटरम्मै, टंगाल निरै नभ'नि, वरि परि। आफू परियो माराजगन्जे। साईकल चढेर शहर लाउन पानी पोखरी, लाजिम्पाट, लैनचौर हुँदै सिधै बाटो थ्यो। तालीम केन्द्र नेर पुगे‍सि, आफू सिधै हाँक्न खोज्थिम्, साईकल आफैं टेंढो टेंढो भ'र बालुवाटार तिर लाउनि। बज्रंग बलिको पाठ गरेनि केई नलाउनि, परीहुरको रापले तान्दो हो आफूलाइ भन्दा नि साईकललाई नै! प्यारा ब्यारेक पछिल्तिर, शिवपुरी ईस्कुलको ठ्याक्कै साईडाँ पुगेसि आफ्नो नि मन पग्लेर साईकललाई कर लाउनि दम हट्थ्यो। तेईं ने'र थिई एउटी निचोर्दै गुलाफ फक्रेला झैं राता राता गाला भ'कि। गोरो मुखाँ। दर्शन पाईए घुटुक्क थुक निल्यो, नत्र अलि पर पवित्र वर्कशपको मोड ने'र थिए अर्की दिदी बईनी। कोई केटाहुर दिदी भन्थे, कोई बईनी। आफू चईं पाए त दुईटैलाई भित्र्याईदिम् मान्थें। कंगाल एरिया कै कुरो अर्नि हो भने तो रसियन दुतावास देखि मुनि राष्ट्र बैंकको गेट सम्म हो। कि त झन्डा फराउने कालो मटर, कि साधारण करमचारीहुर लखर लखर। त्याँ त दाँया बाँया नजर नलाई हुईंकाईन्थ्यो एकै सासाँ मुनि पुग्ने अरि। बैंकको गेटऽट चईं सिधै जाम कि दायाँ मोडम्, धर्म संकटाँ परिन्थ्यो। जुन बाटो लाएनि दुवैतिर फलेका थिए लटरम्मै। करसाप, जरसाप कि छोरीहुर, हरियो जिपाँ अर्दली ड्राईभर राखेर यता उति गर्थे। बाटो छेकम् छेकम् त लाउनि, तर ठिक्दियो भने बज्जेले भन्नि डरले आँट नआम्नि। बिशालनगरको त कुरै नगरम्। दुईदुईटा जोडीका साथ हुन्थे। भए जति सबै दिदी-बईनी प्याकेज जस्तो! पुलिस हेड्क्वार्टरले त पालेका थिए गाडि, पछाडि, दाँया, बाँया चारैतिर देख्दा नि पुन्ने होला जस्तै परीहुर। मालीगाउँको बयान गरेर साध्य छैन। हरेक मोडमा यता हेरुम कि उता हेरुम्। गौचर पुगेसि त फाईनल डेस्टिनेशन स्वर्गै तेईं थ्यो नि! ईस्कर्ट माथि चोलो पहिरेका ग्रुप ग्रुपमा खित्का छोड्नि, भुतुक्कै पार्नि, जिउन नि बल्ल रहर जगाउने खाल्का। दिल्लीबजार सम्म मस्ति हुन्थ्यो, पुतली सडक पुगेसि बल्ल झस्याङ्ग भईन्थ्यो। शहरै पुग्या छैन, घर फर्कने बेला भईसक्थ्यो। अब, तेई बाटो फर्कन रहर त हुँदो हो नै, तर फेरि भोलि ब्यान मत्रै घर पुगिएला र बाउको बुट चाकाँ बजारिएला भन्ने डरले मेन रोड नै भ'र फर्किईन्थ्यो। लाजिम्पाटको उकालो आएसि चईं फेरि झिनो आशा जाग्थ्यो, भानुभउत मेमोरियलकी कोई साँझको ट्युशन स्युशन पढेर बल्ल पो घर तिर लागेका कोई देखा पर्थे कि भनेर। "लुकिङ् फर ए राईड, सुईटी?" भन्न अमरिका आएसि मत्र सिकियो, नत्र तेई बेलाँ उनेरुले नि माने त सर्कसमा जस्तो गरेर बारोटी एउटै साईकलाँ झुन्डार, पानीपोखरी अम्रिकन दुताबास आगाडि, "तेरो भिसा सिसा नि चाईन्न, हाम्लाई य्हईं मस्ति छ!" भनेर पिच्च थुकिन्थ्यो होला। कुरो तेस्तै हो। भिसा सिसा लिएर पर्देशिएको भो झन्डै दुई दशक!
Read Full Discussion Thread for this article