|
|
[VIEWED 8496
TIMES]
|
SAVE! Save this thread for ease of future access.
|
|
The postings in this thread span 3 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-07-07 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एक हात तेस्तै भो -- दिन भर बाङ्गे आएन। शनिबारको दिन ब्यानै आउँथ्यो। के भएछ जस्तो लाग्यो र साँझ तिर उस्को घर पुगें। कुबेरले ढोका खोल्यो। फु गर्दा ढ्ल्छ कि झैं लाग्ने बल बहादुर भने झै त्यो हरी तन्नमको नाम के जुरार हो कुबेर राख्देछन। मलाई देख्ने बित्तिकै कुबेरले माथ्लो तला तिर हेर्यो। बाङ्गे उस्कै कोठामा रे छ क्यारे। छ्यास्स मनमा बिरामि भएर पातकी ढलेछ क्यारे भन्ने लाग्यो। सिङ्ग मरमरको घुमाउरो भर्याङग चढनै के लाग्या थें बाङ्ग्या बा आईलागे हवात्तै। उनी सङ्ग मेरा गरह दशा तेती राम्रो मिल्दैनथे- बाझ्थे। हुन त नातेदार थिए उनी हाम्रा मामाघर तिरका तर मेरा भने दुश्मन। "के हो?" म तिर हेरेर गर्जिए। के के हो? परेबा पुर्ने एकादशी तेस्तो के हो भन्या भे पन्डीतलाई सोध्नु -- बार के हो भन्या भे सनिबार -- ब्यान दिउँसो के हो भन्या भे साँझ, मैना खोज्या भे माघ, गते १६, साल सम्म त याद होला नी? भन्दीम कि जस्तो नलाग्या त हैन तै पनि मधुरो स्वरमा भनें "केई न केई"। बा गर्ज्या सुनेर होला बाङ्ग्या आमा आईन। ए बाबु, के छ तेरो हालखबर? आईज आईज -- माथि नै जा न कोठामा भनीन। बाङ्ग्या बाउको जुँगा मात्रै ठुलो हो हैकम आमाकै चल्छ भन्ने जग जाहेर थ्यो। ओभर राईड भा बा तिर हेर्दा पनि नहेरी भर्याङग चढें। कोठामा बाङ्गे लम्पसार परी रा रे छ। बुढानिलकण्ठ पोजमा किन नी तँ? सोधें। बोलेन बरु ढोका लाउने इसारा गर्यो। लाईदिएँ। "मैले भाग्ने बिचार गरें" म तिर यस्सो हेरेर आँखा झ्याल बाहीर फ्याल्दै भन्यो। म त एक छिन अलमलिएँ अनि सोधेँ "काँ?" "यहीँ भनेर भन्न लाई त काईं जान ला हो र? भाग्ने भन्दैछु -- जता जता हुन्छ तेतै अब" झर्केझैं गरी भन्यो। "भागेर के गर्ने? तँ र म नी कुबेर हुने?" मलाई भाग्ने कुरो मन परेन। भाग्या भागेई गर्ने हो त? अनि के त? पछी धुई धुई खोज्छन आइज बाबु आइज भन्छन अनि आउने नी --- भाउ बढ्छ के -- एइले त किच किच गरेरै मार्न लाईसके। भाउ बढने कुरा चैं मलाई नी राम्रै लाग्यो। भाउ त घराँ दुई पैसाको थे न हाम्रो। बाङ्गेले त पैसाको बन्दोबस्त गर्न सक्थ्यो तर मैले के गर्ने? भनेँ म सँग त गाँठ छैन अनि काँ भाग्ने नी? "गाँठ साँठ छैन भने पस्पती तिर भाग -- तीँ पस्चिम ढोका बाहीर दुई चार मैना बस कचौरा राखेर अनि पैसा उठेसी अन्त भाग्नु --" बाङ्गे रिसायो। तेरो कोठामा नी गतिलो एउटा रेडियो त छ त -- भागे पछी त्यो रेडियो तँलाई के काम? सोध्यो बाङ्गेले। हो एउटा रेडियो त छ स्टेरियो -- तर मेरो हैन त्यो स्टेरियो मात्रै के भन्या थें "सबै थोक आफ्नै भा भे के खानलाई भागी रनु पर्थ्यो?" झर्कियो फेरी। सल्लाह भो। बाङ्गेले सक्दो हाईज्याक गर्नी अनि मैले नी स्टेरियो बोकेर हिन्नी। तेई सुन्धारामा बेच्ने स्टेरियो अनि चढ्नी बस जताको मन लाग्छ उतैको। रातभरी निन्द्रा लागेन। सब भन्दा बढता मायाँ तेई स्टेरियो को लाग्न थाल्यो। जति हेर्यो उती प्यारो। जाडो को छुट्टी चल्दैथ्यो। ब्यानै देखी मन एक तमासको भो। भाग्न मन लाग्न छोड्यो तर बाङ्गेलाई भनी सक्या छ। मैना दिन जतिमा त आखिर आउनेनै हो भाउ बढार -- तेतीन्जेल था पाउन न घरमा पनि कस्तो हुँदो रे छ म नहुँदा -- चेतुन न सधैं बिग्र्यो बिग्र्यो भन्या रागले के गर्दो रे छ भन्दै मन बाँधे। भात सात खाएर अलि ठुलो झोलामा स्टेरियो अनि एक दुईटा लुगा हालेर बाङ्गे काँ पुगें। बाङ्गे हिनी सकेछ। "तेत्रो झोला बोकेर काँ हिँड्या?" बाङ्ग्या आमाले सोधिन। के भन्ने के भन्ने भो "काई न काईं" भनेर छिटछिटो हिनें। सुन्धारामा स्टेरियोको भाउ मिलेन। पैला त कोई किन्नै नखोज्ने। कोई चोर जस्तो गर्ने कोई किन बेच्न ला भन्ने नकिन्ने। किन्ने भेट्या एक दुई जना बेपत्ता थोर दिन्छु भन्ने। आफुलाई नी बेला बेला नबिके नी हुने जस्तो पनि लाग्न थाल्यो माया लागेर। लगातार बेपार तिर लाग्दा फेरी चिन्या जान्याले देख्लान भनेर बेला बेला छेउ लाग्दै च्या चुरोट तान्दै थिम्। छोटा दिन ढलकी हाले। चिसो बढ्न थाल्यो। घराँ भात पाक्न थाल्यो होला -- भात सात खाएर सिरकाँ गुटुमुटु सुत्न छोडेर जस्तो लाग्न थाल्यो। बाङ्गे चैं गाहाकी ल्याउँदैछ। मैले छोडदे बाङ्गे भन्या उ किन मान्थ्यो। अब चार जना गाहाकी ल्याउँछु किनेनन कसैले भने म सँग गाँठ छ टिकट किन्ने जाने -- स्टेरियो आफैलाई सुन्न हुन्छ भन्न थाल्यो। साँझ पर्यो। मन अरु छटपटाउँदै थ्यो। पछी फन्दामा परेको खण्डमा मैले पनि रेडियो बेचे पछी बदमास उ एक्लै कहलिदैन थ्यो तेसैले म सित्तैमा भागुम्ला भनेर मेरो रेडियोको दुस्मन भाको हो बाङ्गे जस्तो नलाग्या हैन मलाई। नभए उ सँग कति छ पैसा त्यो मलाई भनेकै थिएन। मेरो रेडियोको भरमा उ भाग्दैन थ्यो। मैले उस्लाई नचिनेको हैन। चार जना ल्याउँछु गाहकी चार जना-- गनी राख भन्दै पस्चिम तिर लाग्यो बाङ्गे। तेस पछी बाङ्गेले ल्याको पैलो गाहकि नै अन्तिम गाहकी भो। हेर्छु त पातकी बाङ्गेले थापाथलीका मेरो फुपाजु ल्याएछ गाहकी।
|
| |
|
|
The postings in this thread span 3 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-12-07 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
टङ्गाल ईलाकाँ ठीटी थेनन भन्नु भट्टीमा जड्याँ थेनन भने झैं हो। कलङ्कीको कुरो सुनेर नी हुन्छ काईं। लङ्गुर बुर्जाँ टाट भएसी पुलीस आयो भनेर खेल भाँडने सोम हो यार कलंकी त। पुन्टेब्रोले सलिड कुरा झिक्या हो ल। माराजगन्ज अब टिचीङ्ग बाट लागम दखिन हैन -- हेरी प्यारा साईड मा आम्त उता तालिम केन्द्र तिर हैन -- अनि त्यो प्यारा नाघेर दाईने तिर तालीम केन्द्रको अघि राख्या ट्याम्पु ट्याउसीलाई बाल नदिए नी एउटी न एउटी मनले खा की जस्ति लाग्ने सधैं जस्तो के हो की कस्लाई हो पर्खेर बस्या देखिने -- मैलाई हो भन्ने चै कैलेई भएन नी नारन। जे होस त्यो प्यारा अघिबाट देब्रे मोडिम -- शिबपुरी नआउँदै ती ठुल ठुला रुख छेउ बाट बायाँ तिर पिच नगर्या बाटो अघि जान्थ्यो तेता हुँदी नी मन लड्या थे एक् ताका हरे! सेन्टी बनाउने दुईटी थे। अनि देब्रे तिर शिबपुरी स्कुल अनि दिर्घ राज कोईरालाको घर पास गर्दै अघि लागेसी पबित्र बर्क सपको चिन्ह थ्यो हेरी तीँ बाट सिधै ओरालो लागेर रण बहादुर साहको घर् हुँदै तल टुँडालदेबी पस्चिम तर्फका फांट तिर ओरालो लाग्दा नी मनमा काउकुती लाउने गोटा चारेक सम्झिन्छु। बज्या यो मन अझै मच्चिन खोज्छ ए। के भन्ने। त्यो ओरालो नलागी अघि बढेसी भने खास केही थिएन आफ्नो लागि। रस्सियन एम्बेसी थ्यो बायाँ तिर अलि तल राष्ट्र ब्याङ्क दायाँ तिर। बालुवाटार पुगेसी भने फेरी थे मन रेट्नीहरु --- लौ नसकिने भो कुरा गरेर -- जिरादाईले बास्सादाईको कथा लेख्छु भन्थे लत छोडे -- त्यो मित्र पार्क अघिको ओरालोमा भाको सी ए लेख्या घर तिरको कथा छ एउटा भन्थे त्यो कुरो नी तेइ दाउरा डिपो जसरी हरायो --- जिरादाई ल त्यो लामपोउखरी छेउको पिपलबोटाँ साईकल त घुमा होला नी? ल जाम फेरी तेई बाटो -- चाबेल गणेस देखी तेई पिपल बोट घुम्दै साईकलमा हरर अनि जयबागेस्वरीमा--- थाह छ हैन कुन घर? Kevin_ekstrom, के गर्ने आफ्नो गाम ठामको माया लाग्दो रे छ। झिकम न गफ -- सम्झिम पुराना दिनहरु मरेसी त यही सुमसुम्याको ज्यान नी लान सक्किन्न रे के नी? rhishi, खुसी लाग्यो गफ मन परेछ -- रिशीलाई नी अप्सराहरु आउँदा होलान नी हाउ भाउ कटाछे गर्न? की ठन्डाराम?
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-12-07 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
hehe haamro punte dai ni saano gauchar samma pugyaa rechha ni.
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-12-07 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुन्टे सोम सानो गौचरमा उही साबुदाने सुन्दरीहरुको दर्सनाभिलासी त हो के रे नी -- महेन्द्र भबन -- नाम फेर्नु पर्ने त्यो स्कुलको मदहोस भबन राख्नु पर्ने के गर्या के गर्या --
|
| |
|
|
tyehi_moro_ashish
Please log in to subscribe to tyehi_moro_ashish's postings.
Posted on 09-12-07 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
dami cha, mailai yo katha ley ram chandra poudel ko yaad, aayo, tyo ni purvo janma ma bangey hudo hon... ajhai jawooos
|
| |
|
|
jira
Please log in to subscribe to jira's postings.
Posted on 09-12-07 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अब यस्तै हो क्यार्नी कथा त अनेक छन ह्या का नि उताका नि... मिलार लेख्नुपर्छ कुनै दिन अस्लील कुरो... भन्ननमिल्नी देखी लिएर बौद्दमा किस्न बर्नको चल्चित्र अवलोकन गर्दा जितेन्द्रको हिम्मतवालाको कथा कन्ठ गर्ने नि मै हो..के पर्छ के पर्छ घरँ छ्ड्के हाने भने त दिनु पर्यो नि खरर भनेर.. एउटा थ्यो फेरी हाम्रो टोलाँ जाँड खाएकी ब्रुस्ली सँग फाइट खेल्छु भन्थ्यो..ढुङो टिपेर कम्पराँ हिर्काएसी के का ब्रुस्ली हैन? हेरी ल्याउन्दा कुरो त ठीक्कै हो....... अब या नेरी आएर यस्तो बिलौना गर्नु पर्या छ..सुन्नी लाई नि ए तेरो कोइ छैन कि क्या हो भन्या जस्तो ।।पुर्पुरो।।।
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-12-07 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन जिरादाई त्यो बौद्धमा चल्ने सिनेमाको कुरा चैं भेट भाको बेलामा मात्रै गरम होला -- बरु साझामा लेख्न मिल्ने चै पेलम न -- कि घरका मान्छेले पढेर बुरुक बुरुक होलान भनेर थर्क्या हो? tyehi_moro_ashish, के छ त भैरबा तिरको हालखबर? कालिका तिर सिनेमा हेर्न आईन्थ्यो कि बाल मतलब थेन?
|
| |
|
|
rbaral
Please log in to subscribe to rbaral's postings.
Posted on 09-12-07 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
टङाल गणेश पुर्ब, बिशालनगर-धुम्माराई दखिन, चाबेल-सिफल पस्चिम, अनि मालिगाँउ उत्तर -- चाबहिल पूर्व हो कि? भुलेको भए माफि पाउ!
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-12-07 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चाबेल पुर्ब त मैजुबाल--गौरीघाट--पस्पती गुजेस्वरी जस्ता धुवाँ तान्ने इलाका पर्योन्त पर्भो --
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-12-07 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अब साथीहरुले नक्सालको कुरा गर्नु भो, मैले पनि केहि केहि सम्झिन थाले। त्यो नारायन चौरमा चाहि बसेर मैले पनि घाम ताप्दै धेरै लोकल बाङेहरुलाइ अति उपदेश दिएकि हुँ त्यो जमानामा। तिनिहरु सबैको आफ्नो आफ्नो कथा थियो। गाजा मात्र होइन, भयेभरको थोक खान्थे। अनि कहिले पुलिसको पिटाइ खयेर महिनौ दिन हराउथे। तर उनिहरुको कुरा चाहि सुन्न आनन्द अौथ्यो। अरु केहि गर्न नसके पनि कसैले नगन्ने " ट्याबे र जन्कि" हरुको कहानी कम मर्मान्तक हुन्थेन। अहिले त खोइ त्यो छ फूटे बाहेक कोहि देख्दिन। कहिले काहि तेस्ले इमेल पनि लेख्छ। धेरै त उहिले नै परलोक पुगि सके क्यारे। त्यो मालिगाउमा चाहि अलि राम्रा राम्रा ठिटाहरु थिये। अहिले त सुध्रेका छन् प्राय बाचेकाहरु। त्यो के रे नया हल (हिरारत्न हो?), दिप ज्यो को घर निर, हो तेहा पनि थिये थुप्रै। तेहा माथि एुत थुलो रुख थियो, सानो पार्क जस्तो। तेहा पनि अौथे केताहरु आफ्नो दुख सुख को कुरा गर्न अनि घरबाट झ्याप हानेर ल्याएको कुराहरु बेच्न। निलो सरस्वतिको मन्दिर भित्र पनि भेटिन्थे केताहरु।दिन कताउने ठाउ नभयेपचि तेहिको बुड्ढि र लठेब्रोलाइ जिस्काइरहेका हुन्थे। जे होश् त्यो बेला उनिहरुको दिनचर्या तेहि हुन्थ्यो। पुलिस पनि थिए एक् दुइ जे पाए पनि खाने। तर हाम्रो अघि चाहि सोझो भएर नाटक गर्थे। सबैको एक उपनाम हुन्थ्यो। अरु चाहि थाहा छैन, तिनिहरु सबै अहिले मेरो मानस्पटलमा झलझलि आएेरहेको छ। नक्साल क्लबको हिरो पनि थ्यो, अरुलाइ उपदेश दिने अनि भित्र भित्र सबै लिने। अरु त होइन त्यो सडकमा पकाको चिया चाहि सरै मिठो लाग्छ मलाइ। अझै पनि त्यो चिया खान मन लाग्छ नेपाल जादा। तर अलि अपठ्यारो लाग्दो रैछ अहिले। माहाराजगन्जको एुतो केटोले पचास डो सापटि ले र टाप कसेको थियो। मैले घरैमा गयेर तेसको बौसङ फिर्ता लिएर आएको छु। Just refreshing my memory,
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-12-07 3:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
urfrenrites, ए यता तिराट त स्विटर उध्रेया जसरी कुरो उध्रीने हो की भन्ने पो डर भो। मैले साईकल सिक्या नारनचौरमै हो -- बिसालनगर तिर नी हो अलि अलि चैं तर नारन चौरमा बेग्लै बाताबरण। त्यो नन्दी भित्र छिरेसी फेरी अर्कै थ्यो। "गाजा मात्र होइन, भयेभरको थोक खान्थे। " हामी हैन मरी जाम तिनीहरु। "त्यो मालिगाउमा चाहि अलि राम्रा राम्रा ठिटाहरु थिये। " हो हो हामी -- हामी हैन म चै मालीगाउं तिर धेरै हुन्थें। त्यो चार ढुङ्गेमा सिमेन्ट किन्न गयो एभरेस्ट मोमो लडायो -- भगवतीबाल तिर फेरी एक ताका साझ तिर नगै हुदैन थ्यो-----
|
| |
|
|
AdjunctProf
Please log in to subscribe to AdjunctProf's postings.
Posted on 09-13-07 8:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यो भागवती बहालको भिडियो पसल। मुस्ताङ को एक जना युवा नेता। नेपाली फिल्मकि एक हिरोईन को श्रीमान। अनी बालुवाटार तिर को भिडियो सा हुजी । आजै हो जस्तो लाग्छ। प्रकाश पारी दिनु हुन्छ कि?
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-13-07 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भगवती बहालबाट बालमन्दीर तिर लाग्दा देब्रे पट्टी (साई फार्मा) अगाडीको भिडियो पसलको कुरा गर्या हो की कुन चाईं? त्यो भगबतीबहाल मोडैको कोल्डस्टोरमा नी "साउजी पाईप छैन?" भन्दै धेरै चिसो पेय पदार्थ तानीयो --
|
| |
|
|
AdjunctProf
Please log in to subscribe to AdjunctProf's postings.
Posted on 09-13-07 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन। भगवति बहालबाट महेन्द्र भबन् तिर जादा देब्रे तिर को भिडिओ पसलको कुरा गरेको हो। कहिले बन्द भयो थाहा छैन। झलझलि याद भै रहन्छ।
|
| |
|
|
sgy
Please log in to subscribe to sgy's postings.
Posted on 09-13-07 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बाफ्रेबाफ्।।।।।।। यो थ्रेडको कुरा सुन्दा त आफ्नै पुरानो पोल खोले जस्तो पो लाग्यो। हेत्तेरी भागनु पर्यो।
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-13-07 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खै भगबतीबहालबाट पुर्ब लागेसी आफु त उही मादभवन अर्थात महेन्द्रभवन नपुगी यता र उता हेर्न तिर लागीदैनथ्यो -- उता छुटला भनेर -- केई नछुटला जस्तो लाग्या बेलाँ चै पुरानो हिमालय बिद्या मन्दिर बाट अलि अगाडी बढेर तेई साईडमा भाका घर तिर ताकिन्थ्यो -- मालीगाउँ टङ्गाल तिर बाट आउने त्यो साघुरो बाटो मिस्सिनु अघिका ति घर थे नी -- तोकेरै भन्दिम भने तेई घर कै चै फेला पर्नी हो की यता भन्ने डर लाग्छ फेरी -- भिडियो पसलमा के याद हुनी हो, AdjunctProf ? sgy, धरान बिजयपुर देखी भगबतीबाल सम्मै छाप छोडेर हिन्देको? आम्म्म्माम्म्मा! अझ उता पुर्बको त बाँकि नै छ -- अनि नगरकोट तिरको त्यो कस्को धेर भन्ने बाजी पनि जितेकै हो क्यारे ब्रोले। नसकिने भो।
|
| |
|
|
sgy
Please log in to subscribe to sgy's postings.
Posted on 09-13-07 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओह्हो, होइन दीप ब्रो लाई त मेरो परिचय सय प्रतिशत रहेछ। नत्र कसरी थाहा हुन्थ्यो नगरकोट को कुर? होइन हौ दीप्-जी, चिन्नुहुन्छ र मलाई भन्या? Kinabhaney tyo Nagarkot ko kuro ta dherai-lai thaah chaina. अभ निकालिहाल्नु भो नगरकोट को कुरो। यहाँ साझामा सबैलाई भनिदिम। खास ठुलो कुर त होइन। तन्नेरी हुँदोको कुरो, हामी तीन साथीहरु नगरकोटमा क्यम्पिङ गर्न भनेर टेन्ट, खाना र ९ बोतल Iceberg बियर बोकेर गएका थियौ, त्यो पनि हिंडेर। माथि भ्यू पोइन्ट को मूनी टेन्ट लगाइयो, तर खाना पकाउनीए जागर कसैको भएन। ठिकै छ भनेर हामी तीन भाईले तीन तीन वत ठुलो बोतल को बियर खाए पछी त हामी तिनै जन झ्याप। मात लागेको सूर्-मा हामी तिनै जनालाई आची आएछ। हुनु त यो सार्है dangerous कुरा, भालु चितुवा आउनीएठाउँ मा, राती राती हग्न नजानु पर्ने, कारण तपाईं हरु लाई बिधितै होल। तर हामी तीन अल्लार्हे हरु हग्न गएछौ, कान्ला मून्तिर। झ्याप भएको बेलामा कुरो पनि के के आउनीए हो। आची गरेर टेन्त भा ठाउँ म फर्के पछी हाम्रो ठोलो छलफल भएछ, झन्डै मुक्कमुक्की सम्मै भाको रे - मलाई त् सम्झना भएन, ति दुई साथी हरु ले भन्या। छलफल के म रहेछ भने कोल्ले सबै भन्दा बढी हग्यो भनेर। तिनै जना ले मेरो आची सबै भन्दा बढी भनेर दाबी गर्न थालयौ रे। मैले चै, मातेको सूर्-मा, खुक्कुरी र टोर्च्-लाईट बोकेर गएछु गू नाप्न। ति मोर हरु पनि मेरो पछी पछी आएचन। साचै नै मेरो आची तिनी हरु को भन्दा बढी रहेछ। यो कुरा सबै मलाई थाहै छैन। भोलि-पल्त बिहान पो मरी मरी हाँस्दै भन्चन केटो हरु, "तेरै गू धेरै।"
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-13-07 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
chyaa, chyaa, chyaa, kasto pohori kura. k bhyo yo dip ko thread ta? bhaye bharko kura po niskine bhayo ta. aba yeso love pareko katha pani lekhau na dip prabhu. yeso hami pani ek rasa lina pau na. haas uthyo dherai sgy ko kura sunera. Guff dya jasto cha. huna pani sakcha.
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-13-07 4:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
sgybro, "होइन हौ दीप्-जी, चिन्नुहुन्छ र मलाई भन्या?" अब जिन्दगी भनेको यात्रा न हो टेसन टेसनमा भेट चिनजान हुन्छ बिदाई हुन्छ -- urfrenrites, "aba yeso love pareko katha pani lekhau na.. " लउ पर्या कुरो नी बिगतमा लेख्या हो -- फेरी नी लेखम्ला नी त -- कस्को लउ पर्या लेख्नी तर? मेरो की उन्को की अरु कसैको? लप पर्या कुरोले झट्ट सम्झे त्यो निलसर्सोती थान तिर को कुरा हो। गैरीधारा बालुबाटार बाटोबाट निलसरसोतीथान तिर छिर्ने बाटो थ्यो नी त्यो युनिभर्सीटी अफ कोलोराडो बोल्डर छेउ को बाटो के-- रुख छेउको -- हेरी त्यो बाटोबाट पस्चिम दखिन तिर एक दुई घुम्ती काटेसी निलसर्सोती तिर मोडीने मोड अघि झन्नैले -- लप पर्ला पर्ला जस्तो भाथ्यो माथ्ली पेच हाल्नी भनेर कम्ती हान्ने भाको चेट भैयो।
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-14-07 7:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
tyehi_moro_ashish
Please log in to subscribe to tyehi_moro_ashish's postings.
Posted on 09-25-07 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Deep jyu, Kailka ta butwal ma paryo hoina, ..ma cinema herna chai sano huda pancharatna ra thula bhaepachi chai siddhartha ma janthey... kalika ma pani ek choti paseko hu kyarey, ani kalika ko agadi bangur ko boso bhaeko sekuwa pani chakhya jasto lagcha
|
| |