Posted by: KaLaNkIsThAn September 11, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
वोहो, जिरा ब्रो को नि दर्शन भो -- जय शम्भो - प्रभो त्यो टंगाल को नि के कुरा गराई भो महाप्रभू हरु -- नाम मात्र टंगाल, तरुणीको अकाल भन्थ्यो कुनचाहिं ले -- जमानामा -- त्यस्तो अनिकाल भा ठाममा नि पूंटे दाईले कोल्लाई देखेर साईकल जोत्न लग्या हो बिजुलीको खम्भा मा ??? बिजुलीकै कुरा गर्ने हो भने त, बिजुली हेर्न कि त पद्मकन्या कै अगाडी बस्नु पर्छ, हैन भने किन्गस वे नै धाउन पर्छ प्रभू, टंगाल-संगाल धाउन थाले कंगाल भईन्छ। दीप ब्रो ले साउनी को छोरी को कुरो चुहाई हाल्यो -- आफ्नो लागि त त्यही बिजुली थिई -- त्यल्लाई हेरेसी अरुलाई हेर्नै नपर्ने -- अचेल त मिनिस्कट लाएर हिन्छे रे कलंकि चोकाँ -- कसैलाई नलाग्या बैश त्यसैलाई लाग्या छ भन्थे साथीहरुले -- उ जमानामा पानीट्यांकी मुनि बसेर शिखर ट्याप लाउदै साउनीकि छोरी झ्यालकुमारी लाई दर्शन हान्ने मै मात्रै थिए -- अहिले त बाटो मा कम्मर हल्लाउदै हिड्या साउनीकि छोरी हेर्न झ्याल कुमार हरुको लाईन लागछ रे -- प्रभू, सुनेरै मुटु च्वास्स हुन्छ।।
Read Full Discussion Thread for this article