Posted by: Deep September 11, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
Pretty, अभिबादन। Poonte, टङाल गणेश पुर्ब, बिशालनगर-धुम्माराई दखिन, चाबेल-सिफल पस्चिम, अनि मालिगाँउ उत्तर बृहत हाँडीगाउ हो भन्छु म चै। अब ति सिमाभित्र अनगिन्ती समय बिताईया छ तर धेरै जसो उजुरी गर्दै -- यसो उसो गर्यो कुईया ठाम भन्यो पिच्च थुक्यो -- हुन नी कुनै कुनै हाडीगाउले गल्ली त डुङ् डुङ्ग्ती नै गनाउँथे -- भिटामिन सि (अमिलो के--ढुसी पर्या जस्तो) टन्नै तर भिटामिन डि (घाम के त घाम) निमिट्यान्नै भा का ति गल्लीहरुको मायाँ पनि आज त मनमा अटाई नअटाई छ। हरेक चोटी मन उदास हुँदा खुसुक्क उसलाई हाडिगाउ लान्छु। दङ्ग पर्छ। हो हो तेइ टङ्गालाँ ठीटी हेर्दा हेर्दै साईकल खम्बे जैसी खडी है पट्टाखेकी लडी है भनेर खम्बाँ म्वाई खान पुग्दा निस्ठुरी मायाले झै तिरपट पार्देकी सम्झिन्छु -- अनि त्यो साइकला सबार भाको सोम उछिटीदा एक मुठा कपाल पनि उछीटेर छेउको मन्दीराँ पुग्या थ्यो जुन अद्यापी छदै छ र अचेल पनि बालेस्वरलाई सनिबार सनिबार कपाल चढायो भने पलाउँछ रे झ्याप्पै भनेर भिड लाग्छ। चाईने ठाममा खुईलिए नचाइने ठाममा फैलीए हे नारन भन्दै भजन गाउनेहरु पनि प्रसस्तै हुन्छन भन्ने सुन्छु। कुरो तेस्तै हो-- पुन्टेब्रो, प्रोत्साहन र हौसला समेटेका सदभाबहरुको लागि मेरो हार्दिक आभार।
Read Full Discussion Thread for this article