Posted by: Poonte September 10, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
नबोलम्, क्यारी नबोलाम्? बोलम्, जत्ति बोलेनि पुग्दैन! ठ्यास्नि बाङ्ग्याऽ काब्यले त मुटु किटिक्कै पारेर पैताला सम्मुन् झार्दिनि! २० बर्ष पुरानो जिन्दगीको सम्झनाले भुतुक्कै पार्नि! एउबाजी बाटाँ ईस्कुल बस कुरि रा'की तरुणी तिर आँखा गाढ्दा हुँदी, बिजुलीको पोलमा ग'र साईकल डड्याम्म बजारिया थे। कन्चेट कस्सो फुटेन, साईकल को अघिल्तिरको पाङ्ग्रा र सिधै तिर्पट्! टंगाल ने'र हुँदो हो। बाटो पारिऽट एक हुल गुन्डाहुरले घुरे। "मु** अर्काऽ टोलाँ आ'र साईड हान्नि बज्जेलाई ठोक!" भन्दै एउटो हुत्त्या' थे मै तिर। अर्काले, "भो भो, दैवले किरिपा गर्दि सके तेस्का, हाम्लाई थप कष्ट किन?" भनेर उम्काईदिए। हुत्तिनि बाङ्गे, स्यार्नि दिपे हुन् कि जस्तो नि लाउँच कैले काईं त। वर्णन गर्न नि लाजै लाग्छ, परभो, जत्ति गरेनि नपुग्नि डरले! बेफुर्सदीको बेलाँ अरुकेई हेर्न नभ्याएनि, बाङ्ग्याऽ कथा चईं सास रोकेर भे' नि पढिन्छ! जय होस्!
Read Full Discussion Thread for this article