Posted by: Deep September 10, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
shirish, सोमबार पनि शुक्रबार झैं लाग्ने टिप्प्णीको लागि आभार। CaMoFLaGeD, बाङ्ग्या दिमागमा आउने कुरो गरेर के साध्धे हुनु -- एक ताका बिस्वरुप तिर दुई चार सर्को तानेसी एक छिन जङ्गल तिर बरालिंदै गरम न मादेब मृग भ र आउँछन कि न भन्थ्यो -- अब आएनै पनि कुन चाईं मृग हो मादेब क्यारी चिन्ने हो भन्दा हुँदी म चिनाम्ला नी तँलाई भन्थ्यो। भउते दन्डबत सम्म त ठिकै हो -- तर भेटीमा तेस्तो रित्तो खाम छोडेर हिन्दिन त भे न नी -- झन्नै चिरन्जीबी --मनले चिताको पुगोस भन्देको सित्तैमा। ल भैगो जे होस तिजा दिन एउटीको कृपा दृष्टी परोस। Birkhe_Maila, कल्याण होस -- गतिला मुन्छ्या सँउत गरी रहे --प्रहुल्लीत बनाम्छ -- सबनम खै? Athena, राम राम राम के मिठो बोली र छ हौ -- हुरुक्कै बनाम्नी -- चिन्न पा नी हुनी जस्तो लाग्ने गाँठे! आभार। yacc, फुपाजुले देखेसी त फेरी त्यो कथा सक्केर अर्कै कथा सुरु भैगो नी -- बियोगान्त कथा पर्भो बियोगान्त। बाङ्गेको चरीत्र त तेई लोला भित्रको पानी जस्तो लाग्थ्यो कैले त। हौसला को लागि धन्यबाद। KALANKISTHAN , अचेल साउनीकी छोरी उस्कै छोरी इस्कुल पुर्याउन जानी झ्यालाट हेरी हेरी सि कुड बी माइन भन्दै बिरक्त्या हो कि के हो, प्रभो? दर्शनै दुर्लभ भो। Amazing, हेरी धर्मसङ्कटाँ पारे ई गुरुले मलाई। धन्नेबाद दिम न कथा पढ्याछन् न टिप्प्णी लेख्या नदीम मेरा घरा आए अतिथी भ र --- तर जे भा नी मिसनको रनाहामा छन -- धन्नेबादमा अलमलिए पनि सुभकामना चै दिन्छु दिन्छु। urfrenrites, उत्साहको लागी आभार। बाङ्गेले गाँजा तान्थ्यो रे? अब भो की? राम मन्दिर र बिस्वरुप तिर बाङ्गे मादेब खोज्न जान्थ्यो एक ताका --मलाई नी चिनाईदिम्ला भन्थ्यो -- एक् दुईटा जोगीलाई न इनै हुन कि मादेब भनेर घुर्दा हुँदी आँखा झिम्काउँथे ती जोगी त -- Gautam B., हौसला हम्कीदेको मेरो हार्दीक आभार। nepkanchhi, दामी छ है? -- फेरी लेखुम लेखुम लागो गाँठे --- धन्नेबाद है धन्नेबाद। SurNaTal , पैल्या भन्दा राम्रो भन्दीम न -- सधैं पैल्या जस्तै भ र अनि मैले परगति गर्ने कैले? हो हैन त कुरो? हैन भने हो भन्दीम। ImI, लेख्नु त पर्ने हो बाङ्गे -- द पातकी -- डेज भनेर है -- आभार। oho, स्टेरियो फुपुको घरा त हैन दनक मेरो घुच्चुकाँ रन्न हुने गरी बज्या चैं सम्झिन्छु। ta -------->त ta** ------>तँ Ta--------->ट world_map, हास्यरस त तेई बेलाँ सक्कियो --तेस पछी बिरक्त रस सुरु भो पछी त्यो रस गएर क्रन्दन रसमा परीणित भाको याद छ पर्भो। PallaGhareAntare , को आफ्नै अगाडीको भाको जस्तो, पर्भो? जो पायो तेई आफ्नो अगाडी पछाडी भाको त राम्रो हुन्न -- टिप्पणीको लागि धन्यबाद। ----- लौ त बिसाम, अहिलेलाई। प्रतिकृया दिने नदिने सबै पाठकहरुलाई समग्र न्यानो अभिबादनका फुलहरु यहीँ छोडेर बिदा लिएँ मैले।
Read Full Discussion Thread for this article