Posted by: Nepe August 17, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
म केहि समय यता समकालिन वहरबद्ध नेपाली गजलको अध्ययनमा थिएँ । न एक् दुई विरल अपवाद बाहेक सम्पुर्ण बहरबद्ध गजलहरुमा मैले जुन भावदरिद्रता, रसदरिद्रता र यान्त्रिकता देखें, त्यसले मेरो जिब्रोमा खल्लो स्वाद टाँसिदिएको थियो । धन्य शिरीषको पछिल्ला तीन गजलका भाव-गहनता र सौन्दर्य-सम्पन्नता - गजलको नशालु स्वाद् मैले मानौं फेरि तान्न पाएँ । साच्चै झुमझुम भैरा'छ । बहरमाला र बहरवादी गजलकारका रचनाहरु पढेपछि बहरप्रति मेरो मोहभङग पूर्ण भएको छ । अरु के भनम् ? गेयात्मकतालाई गजलको अनिवार्यता म सधैं मान्छु । तर गेयात्मकताको लागि बहर अनिवार्य छैन; बहर-स्वतन्त्र सममात्री , समलयी श्लोकहरु गेयात्मक भई नै हाल्छन नि बाबा । म त त्यहि गर्छु, त्यहि हो मेरो सिमाना । माथि कतै भउतेले कोरिदिईसकेका छन् मेरा लागि सटीक शेर । परिधी नाघी, खुल्ला सोँच्न सकेन दुनियाँ त्यसैले त आफै एक सिमाना भैदिएँ बाई द वे, माथि चलेको मुशा'इरामा मलाइ सारै मन परेका अरु शेरहरु : समयको परिधीमा दुविधामा पर्‌यो मन, मनलाइ थाम्न म आफै रवाना भैदिएँ (Juggy) सफलता चुम्नेहरुको उदाहरण बन्न सकिएन असफलहरुका लागी एउटा सान्तवना भइदिएँ (Camoflaged) अन्त्यमा, शिरीषलाई पुन: एक् पटक बधाई र धन्यवाद, यस्ता बेजोड गजलहरु तात्तातै पस्केकोमा । शिरीषको गजल पढ्दा यस्तो लाग्छ, शिरीष समयको स्पन्दन छामिरहेका परिचारक हुन् । Nepe
Read Full Discussion Thread for this article