Posted by: shirish July 30, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
यसो गरे कसो होला ! गुनकेशरि सुनाखरी भेटुं आफै भित्र के पो खोज्नु अरु ? मन्जरी भेटुं आफै भित्र ! बिट्टाले अब सच्चा झुठ्ठा साबित नगर्ने ठट्टा नहुने कचहरी भेटुं आफै भित्र ! पश्चाताप पखाल्ने पोखरी भेटुं आफै भित्र ऊप्रान्त पाप रोक्ने प्रहरी भेटुं आफै भित्र ! मनभेद मतभेद होला र कसैगरि ? स्तर सबैको उस्तै बराबरी भेटुं आफै भित्र ! काल- कोठरीको डरले म चुप रहन्न दौंतरी सहितका नगरी भेटुं आफै भित्र ! भो दोहरीको पक्ष बिपक्षमा नबोलाउ निरन्तरताको अन्ताक्षरी भेटुं आफै भित्र !
Read Full Discussion Thread for this article