Posted by: shirish June 2, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
I made some correction and hopefully sounds better -

रहर पूरा गर्ने प्रक्रिया बताई छाड्यौ आखीर !
खाली पाउले आगो माथी नचाई छाड्यौ आखीर !

उत्कर्ष अनुभव गराई दिन्छु भन्दै नङ्ग्यायौ
म पतित भएको प्रमाण जुटाई छाड्यौ आखीर !

म शुन्य गतिमा छु त्यसमाथी छन् नेल गोडामा
घुमेर फनफनी रिङ्गटा लगाई छाड्यौ आखीर !

तिमीलाई जिताई‌ स्वत: खुशीयाली मनाईयो
हारलाई स्वभाबिक मान्न सिकाई छाड्यौ आखीर !

न बोल्नु प-यो न कुनै हाउभावै देखाउनु प-यो
तिमी प्रतिको आशक्ति चाल पाई छाड्यौ आखीर !

तृप्तीको बिज्ञापन नाराबाजी जस्तै चर्को पारेर
उन्मुक्तहरुको भीड जम्मा बनाई छाड्यौ आखीर !

एक्लै नपिउने बाचा बचाउन साथ दिनै प-यो
म पिउदै नपिउनेलाई पिलाई छाड्यौ आखीर

परिस्थितिको फाईदा उठाउने पाठ सिकेछौ
मर्दैछ जरा त टुप्पाबाट पलाई छाड्यौ आखीर

to be continued..........
Read Full Discussion Thread for this article