Posted by: shirish June 1, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Could not resist to post this "under construction"

Need suggestion as always.


तिम्रो रहर पुर्याउनु कर्तब्य सम्झाई छाड्यौ आखीर !
नाङ्गो पाउले शिशामा नचाई छाड्यौ आखीर !

तृप्तीको नाराबाजी बिज्ञापन जस्तै गर्यौ
सडकमा ग्राहक जम्मा गराई छाड्यौ आखीर !

उत्कर्षको क्षणिक अनुभब हुनै लागेथ्यो
पतीत भएको प्रमाण देखाई छाड्यौ आखीर !

खुट्टा बांधेर तीब्र गति महसुस गरायौ
घुमेर बरिपरि रिङ्गता लगाई छाड्यौ आखीर !

तिमीलाई जिताई‌ भब्य खुशी मनाईयो
हार्नु स्वभाबिक ठान्न सिकाई छाड्यौ आखीर !

न बोल्नु प-यो न कुनै हाउभाउ देखाउनु
तिमी प्रतिको आशक्ति चाल पाई छाड्यौ आखीर !
Read Full Discussion Thread for this article