Posted by: Nepe May 7, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीष, > Nepe guru thinks editings - reeditings are musts. नि:सन्देह । त्यसो त सबै विधाका रचनामा परिमार्जन वाञ्छनिय हो तर गजल भन्ने जिनिसमा भने त्यो अनिवार्य नै हुन्छ । भाव, अनुशासन र सौन्दर्य नभई नहुने यो जिनिसमा एकै कोराईमा परिपूर्ण हुने सम्भावना त लगातार दुईचोटी ज्याकपट पर्ने सम्भावना जत्तिकै होला भन्ने मान्छु । सप्पै थोक सकिए पनि गेयात्मकता वा सरसता प्रवर्धन हेतु शब्दहरुलाई ठाकठाक ठुकठुक ठोक्ने, खरोलाई मलुवा र मलुवालाई तिक्खरो बनाएर स्वाद जाँच्ने आदि इत्यादि कहिले नतुरिने काम हुन् । सन्तृप्त चाही नभनिहालम है शिरीषबाबु । यसो शाब्दिक ठोसाहरुलाई सिमन्टी-कागज (abrasive) ले दलेर चिल्लो पार्न बाँकी छ । अनि यो पछिल्लो गजल पनि मन पर्दैछ । खास गरेर रदिफ प्रयोगमा साहस (लामो रदिफ ख्यालख्याल कुरा होईन) र आग्रहजनक मीठास छ । शुभ परिमार्जन ! शुभ समापन ! Nepe
Read Full Discussion Thread for this article