Posted by: shirish March 17, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Recycled ghazal: ओत खोजेर हिड्दा तिम्रो घर, मन्दिर जस्तो लाग्यो ! तिमीले खेल्दै कोरेका ती रेखा, तक्दीर जस्तो लाग्यो ! नितान्त एक्लो महसुस भएन कुनै एकान्तमा तिम्रो उपस्थिती मेरो मनमा, तस्बीर जस्तो लाग्यो ! तरल सतह माथी हिडि रहेका पाईलाहरु बिश्वाशको आधारले होला, सुस्थीर जस्तो लाग्यो ! बिर्सेर मैले जब एकै क्षण भुलें तिमीलाई जमीन प्रक्रिति र समय नै, अस्थीर जस्तो लाग्यो ! उड्न खुल्ला आकाश नै उपहार दिएका हौ बाधिन आउं आउं लाग्ने माया, जन्जीर जस्तो लाग्यो !
Read Full Discussion Thread for this article