Posted by: Gautam B. January 17, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
धन्यबाद नेपे गुरु! तर मलाई भने पुरानोचाहिँ किन-किन, कता-कता म भन्दा पर भएजस्तो लाग्यो। तर जे होस्, समय मिलाएर दुबैलाई परिमार्जन गर्नुपर्ला। पुरानोको टाउकोमा "केरियो" हुनुपर्ने, कोरियो लेखेछु। कि गलत केरियो तिम्रो ठेगाना!? न साँच्चै फेरियो तिम्रो ठेगाना!? दागै-दाग देख्छु फिर्ता चिठ्ठीमा कहाँ-कहाँ हेरियो तिम्रो ठेगाना! आगतसम्म तन्किने फाँट भएन बिगतमै बेरियो तिम्रो ठेगाना! मिल्छ कि मिल्दैन कुन्नि, "केरियो" लाई "लेखियो" को अर्थमा राखेको हो।
Read Full Discussion Thread for this article